2

वीरगञ्जका लालबाबु राउत बन्ने भए प्रदेश २ को मुख्यमन्त्री

संघीय समाजवादी फोरमका वरिष्ठ उपाध्यक्ष मोहम्मद लालबाबु राउत प्रदेश २ को मुख्यमन्त्री बन्ने लगभग निश्चित भएको छ । जनकपुरमा आइतबार करिब पाँच घन्टा चलेको फोरमको बैठकले राउतलाई संसदीय दलको नेता बनाउने निर्णय गरेको छ ।

थारूवान

देशमा संविधान सभाको माध्यमबाट नेपालको संविधान (२०७२) जारी भयो । संविधानको प्रावधान अनुरुप स्थानीय, प्रादेशिक र संघीय गरि ३ तहको राज्य संरचना हुने व्यवस्था बन्यो । संविधानमा उल्लेखित प्रावधान बमोजिम स्थानीय तह प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भइसकेको छ ।

थारूवान

सुनसरीको रामधुनी नगरपालिकामा थारु भाषालाई कामकाजीको भाषामा लागू गर्न थारु मिडिया सोसाइटीलगायत थारु सम्बद्ध संघ संस्थाले माग गरेका छन् । आज १० दिने रेडियो उदघोषण तथा पत्रकारिता तालिमलाई उदघाटन गर्दै रामधुनी नगरपालिकामा थारु भाषा लागू यस्तो माग गरेको हो ।

थारूवान

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच प्रदेश सरकार र प्रदेश व्यवस्थापिकाको नेतृत्व बाँडफाँडका विषयमा सहमति भएको छ ।एमालेको संसदीय दलको कार्यालयमा पार्टी एकता संयोजन समितिद्वारा गठित कार्यदलको आज बसेको बैठकले दुई पार्टीबीच प्रदेशको मुख्यमन्त्री र प्रदेश सभामुख पदको साझा उम्मेदवारी दिने सहमति गरी संयोजन समितिसमक्ष सुझाव पेश गरेको हो...

थारूवान

विमला चौधरी/नेपालगञ्ज। बाम गठबन्धनका थारु अगुवा नेता तथा कार्यकर्ताहरुले राष्ट्रिय सभाको लागि बाँकेबाट थारु उम्मेदवारको सुनिश्चिताको माग गरेका छन् । बाम गठबन्धन थारु अगुवा कार्यकर्ता, बाँकेले आइतबार नेपालञ्जमा संयुक्त पत्रकार सम्मेलन गरेर यस्तो माग गरेका हुन् ।

थारूवान

अबको पाँच वर्षभित्र खैरहनी नगरपालिका भित्रका सम्पूर्ण कृषकहरुको अर्थिक उन्नतिका लागि खैरहनी नगरपालिकाले कृषिमा प्राविधिकरण र व्यावसायिकीकरण गर्नका लागि नयाँ नयाँ कार्यक्रमहरु ल्याउने कुरा खैरहनी नगरपालिकाका मेयर लालमणि चौधरीले बताए ।

थारूवान

लखन चौधरी/धनगढी। प्रदेश नं. ७ का प्रदेश सांसदहरुले आज (आइतवार) शपथ ग्रहण लिएका छन् । प्रदेश प्रमुख मोहनराज मल्लले ज्येष्ट सांसद दिब्यश्वरी शाहलाई सपथ ग्रहण गराएपछि बाँकी सांसदहरुलाई सांसद शाहले शपथ ग्रहण गराएकी हुन् ।

थारूवान

छविलाल कोपिला। बाबाकी सगर गैनु हाँ, मुरिया लहाने सखि ए हो, सेंडुर छुटल पानीघाट, सखि ए हो ! ……. केही दिन यता थारू वस्तीहरुमा यी र यस्तै गीतहरु सुनिन थालेका छन् । यो मघौटा गीत हो । माघी पर्वमा मघौटा, ढमार र ढुम्रु बिशेष गीतको रुपमा लिइन्छ । माथिको...

थारूवान

२०७२ असोज ३ गते लोकतान्त्रिक गणतन्त्र नेपालको पहिलो संविधान जारी हुँदै थियो । संविधानको मस्यौदा आएसँगै थारू समुदाय भने त्यसको विरोधमा आन्दोलनमा होमिएका थिए । असोज ३ गते संविधान जारी हुँदै गर्दा आन्दोलित थारूहरू विभाजित भए । संविधानमा हस्ताक्षरै नगर्ने भनिएका कतिपय थारू नेताहरू सुटुक्क हस्ताक्षर गरे, कोही थारू...

थारूवान

उपत्यकामा बसोवास गर्ने थारू समुदायले यस वर्ष पनि थारू माघी महोत्सव २०७४ काठमाडौँको टुँडिखेलमा भव्यतासाथ मनाउने तयारी गरेका छन् । महोत्सवको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने आयोजकले जनाएको छ। थारू कल्याणकारिणीसभा (थाकस) केन्द्रीय कमिटीको नेतृत्वमा यस वर्ष माघी महोत्सव एकै ठाउँमा हुने आयोजकले बताएको छ।

थारूवान
1 35 36 37 38 39 131