2
कांग्रेसले प्रदेशसभा समानुपातिकमा छान्याे सात जना थारू सांसद
नेपाली कांग्रेसले प्रदेशसभा समानुपातिकतर्फको ७२ जना सांसद् छनौट गरेको छ। जसमा थारु समुदायका ६ जना परेका छन्। मोरङबाट विद्यानन्द चौधरी, सुनसरीबाट नवोदिताकुमारी चौधरी र टेकचन्द्र विश्वास, पर्साबाट आशियादेवी थरूनी, रुपन्देहीबाट पुष्पा थरुनी, बर्दियाबाट भुवनेश्वर चौधरी र कञ्चनपुरबाट शयामलाल राना छन् ।
थारूवानसुनसरी–३ को प्रतिनिधिसभा सदस्य चुनावको मतपेटिका मतपत्रसहित सम्पूर्ण कागजात पेश गर्न सर्वोच्च अदालतले आदेश दिएको छ। वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी एमाले नेतृ भगवती चौधरीले दायर गरेको रिट निवेदनमाथि शुक्रबार संवैधानिक इजलासले सुनुवाई गर्दै मतपत्र, मतपेटिका र अरू कागजता पेश गर्न आदेश दिएको हो।
थारूवानराष्ट्रिय जनता पार्टीका उपाध्यक्ष वृषेशचन्द्र लालले कैलालीको टीकापुर क्षेत्र नम्बर १ बाट निर्वाचन सांसद रेशमलाल चौधरीलाई तत्काल विजेताको प्रमाणपत्र प्रदान नगरे आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । प्रचार–प्रसार समिति टीकापुर क्षेत्र नम्बर १ कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष लालले यस्तो चेतावनी दिएका हुन् ।
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश