2

सप्तरी क्रिकेट संघमा शैलेशकुमार चौधरी चयन

सप्तरी क्रिकेट संघको अध्यक्षमा शैलेशकुमार चौधरीलाई पुनः चयन गरेको छ । संघको राजविराजमा बुधबार सम्पन्न तेस्रो साधारणसभाले उपाध्यक्षमा सचिन्द्र यादव, सचिवमा आयुष श्रेष्ठ र कोषाध्यक्षमा राधेश्याम यादवलाई चयन गरिएको छ । उनीहरु यसअघि पनि सोहि पदमा कार्यरत थिए ।

थारूवान

निर्वाचन आयोगले आगामी मंसिर १० गते पहिलो चरणमा ३२ जिल्लामा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मनोनयन दर्ता कार्यक्रम राजनीतिक दल र उम्मेदवारको निकै उत्साहजनक सहभागितामा भएको जनाएको छ ।

थारूवान

उपप्रधानमन्त्री विजयकुमार गच्छदारले नेपाल लोकतान्त्रिक फोरम र कांग्रेस मधेशी, थारु र जनजातिको विषय सम्बोधन गर्ने समान विचारधारा बोकेका पार्टी भएकाले एकीकरण भएको बताए ।

थारूवान

टीकापुर घटना अभियोगमा कैदी बनाइएका थरुहट नेता लक्ष्मण थारु राष्ट्रिय जनता पार्टी नेपालमा प्रवेश गरेका छन्। चौधरीलाई राजपा अध्यक्ष मण्डलका राजेन्द्र महतोले पार्टी प्रवेश गराएका थिए। फोरम लोकतान्त्रिकबाट धोका पाएर राजपा प्रवेश गरेको बताएपनि लक्ष्मण थारुले यसअघि नै जुलबाटै चिठी लेखेर विजय कुमार गच्छदार नेतृत्वको पार्टीबाट राजीनामा दिएका थिए।

थारूवान

नयाँ शक्तिका नेता सुरेन्द्र चौधरीले साधारण सदस्यसमेत नरहनेगरी राजीनामा दिएका छन्। उनले नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईलाई राजीनामा बुझाएका छन्। उनले विगत दुई वर्षमा पार्टीको विभिन्न विभागमा बसेर काम गरेको भन्दै ती सबै जिम्मेवारीबाट आजैदेखि छाड्दै राजीनामापत्र बुझाएको उल्लेख गरेका छन्। आउने दिन परिवारका साथ विताउनेसमेत उनले राजीनामा पत्रमा...

थारूवान

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका महासचिव राजकुमार लेखी सप्तरी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाको चुनावमा लड्ने भएका छन्। पार्टीले थारु नेता लेखीलाई प्रतिनिधि सभाको टिकट सुनिश्चित गरेको लेखीले थारुवानलाई बताए। राजनीतिक करियर सुरु गरेको ३४ वर्षपछि लेखीले पहिलोपटक संसदीय चुनावमा भिड्न लागेका हुन्।

थारूवान

रुक्मिणी चौधरी। संविधान जारी भयो त्यो राम्रो हो तर चार वर्षको अवधिमा म आफूले आफूलाई शन्तुष्ट बनाउन सकिन । संसदमा बोल्न खोज्यो ३ मिनेट भन्दा समय पाइदैन । बोल्दा बोल्दै लाइन काटिन्छ ।

थारूवान

प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आचारसंहिता विपरित राप्रपाका नेताहरुलाई मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेका छन् । देउवाले राप्रपाका चार मन्त्री र चार राज्यमन्त्री थप्दै मन्त्रिपरिषद विस्तार गर्न राष्ट्रपति कार्यालयमा सिफारिस पठाएका छन् ।

थारूवान

लामो समयसम्म थरुहटरथारुवान् आन्दोलन हाँक्दै आएको नेपाल लोकतान्त्रिक फोरमले कैलाली निर्वाचन क्षेत्र नं ४ का लागि प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवार छनोट गरेको छ ।

थारूवान

फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले नेपाली कांग्रेससँग पार्टी एकीकरण गर्न पार्टीभित्र छलफल थालेका छन् । फोरम लोकतान्त्रिकका अधिकांश केन्द्रीय नेताहरूले चुनावअघि नै कांग्रेससँग एकीकरण गर्न अध्यक्ष गच्छदारलाई सल्लाह दिएका छन् । केही नेताले भने चुनावमा तालमेल मात्र गर्न सल्लाह दिएको स्रोतको भनाइ छ ।

थारूवान
1 46 47 48 49 50 131