2

मेरो सम्झनामा प्रभु नारायण चौधरी

राम सागर चौधरी। स्वर्गीय कमरेड प्रभु नारायण चौधरीका बारेमा कमै पढन सुन्न पाइन्छ । यसपटक स्व. प्रभु नारायण चौधरी प्रतिष्ठानले थारु युवा लगायत अरुलाई पनि सम्मान गरेको समाचार पढ्न पाउँदा खुसी लाग्यो । लामो अन्तराल पछि सम्झेका रहेछन् । कमरेड मनमोहन, कामरेड पुष्पलाल, कामरेड मदन भणडारी जतिकै उहाँको कम्युनिष्ट...

थारूवान

प्रदेश नम्बर २ का तीन उपमहानगरपालिकामध्ये पहिलो नतिजा एमालेको पक्षमा गएको छ । बाराको जितपुरसिमरा उपमहानगरपालिकाको मेयर र उपमेयर दुवै पदमा एमालेका उम्मेदवार विजयी भएका हुन् ।

थारूवान

२२ वर्ष नपुग्दै अर्चना चौधरी पर्साको पर्सागढी नगरपालिकाको उपमेयरमा निर्वाचित भएकी छन् । २०५२ साल पुष ५ गते जन्मिएकी अर्चना उपमेयरमा निर्वाचित हुँदा २१ वर्ष ९ महिना १ दिनको पुगीन् । उनी हरिखेतान बहुमुखी क्याम्पस व्यवस्थापन संकायमा दोस्रो वर्षमा अध्यनरत छिन् ।

थारूवान

जिल्लाको सुरुङ्गा नगरपालिकामा कांग्रेसले जितेको छ। कांग्रेसका मुक्तिनाथ चौधरी मेयरमा र कांग्रेसकै बिन्दा पासवान उपमेयरमा निर्वाचित भएका हुन्। मेयरमा चौधरीले ५२७९ मत पाए भने उनका निकटतम प्रतिष्पर्धी एमालेका रामनारायण चौधरी ५०७९ मतमा रोकिए।

थारूवान

बाराको विश्रामपुर गाउँपालिकामा फोरम लोकतान्त्रिक विजयी भएको छ । फोरम लोकतान्त्रिकका अमिरीपाल ३६३६ मत ल्याएर अध्यक्षमा विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उमेद्वार रुल्थकार अलिले १५१२ मत ल्याए ।

थारूवान

प्रेस काउन्सिल नेपालको ४८ औं वार्षिकोत्सवको अवसरमा विभिन्न क्षेत्रका पत्रकारहरुलाई सम्मानित गरेको छ। राष्ट्रपति भवन शितल निवासमा शुक्रबार आयोजित विशेष कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट थारु पत्रकारसहित अन्य पत्रकार पुरस्कृत र सम्मानित भए।

थारूवान

रौतहटको चन्द्रपुर नगरपालिकामा नेपाली कांग्रेसका रामचन्द्र चौधरी विजयी भएका छन् । चौधरीले ९७८० मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्न्दी नेकपा एमालेका उद्धव रेग्मीले ८८३१ मत ल्याएका छन् । चन्द्रपुर नगरपालिकामा उप-मेयरमा भने एमालेकी रामरती चौधरी विजयी भएकी छिन् । उनले ९९१६ मत ल्याएकी छिन् ।

थारूवान

व्यवस्थापिका–संसद्ले संविधानको मर्मअनुसार समावेशी तथा समानुपातिक सिद्धान्तलाई कार्यान्वयन गर्ने सम्बन्धमा स्थापना गर्न लागिएको दुई महत्वपूर्ण आयोग गठनसम्बन्धी विधेयक सर्वसम्मतिले पारित गरेको छ । संसद्ले ‘थारू आयोग विधेयक, २०७४’ र ‘मुस्लिम आयोग विधेयक, २०७४’ लाई मंगलबार सर्वसम्मतिले पारित गरेको हो। यसअघि सांसदको कोरम नपुग्दा यी विधेयक पारित हुन सकेको थिएन।...

थारूवान

कारी महतो/चितवन। १ असोज । चाडपर्व अगावै राहत वितरण गर्नका लागि आफूले काम गर्दै आएको बेल्जीयमको अफिसबाट राजिनामा दिएर बीना महतो नेपाल आइन् । यदि एक महिनापछि नेपाल आएको भए अफिसले प्लेन टिकट सहित केहि महिना विदा दिन्थ्यो । तर राहत वितरण गर्न ढिलो हुने भएकोले राजिनामा दिएर आफ्नै...

थारूवान

स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहमा उल्लासपूर्ण मतदान भएको छ। प्रदेश नं २ मा १ महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १३६ वटा स्थानीय तहमा यो निर्वाचन भएको हो।

थारूवान
1 49 50 51 52 53 131