2

दुई नम्बर प्रदेशको निर्वाचन स्थगित, १, ५ र ७ मा असार १४ मै हुने

सरकारले दुई नम्बर प्रदेशको चुनाव स्थगित गर्ने भएको छ। सत्तारुढ दल र राजपाबीच बिहिबार सिंहदरबारमा भएको छलफलपछि दुई नम्बर प्रदेशमा आगामी १४ गते हुने निर्वाचन स्थगित भएको हो।

थारूवान

संविधान संसोधन नगरी चुनाव गराउन खोजेको भन्दै बन्द आव्हान गरिरहेको राष्ट्रिय जनता पार्टीको आन्दोलनमा विजय गच्छदारको नेपाल फोरम लोकतान्त्रिक पार्टीले पनि समर्थन गर्ने भएको छ ।

थारूवान

राम दहित/धनगढी। नेपाल लोकतान्त्रिक फोरम पार्टीको कैलालीको सबै नगर/गाउँपालिकामा टिकट वितरणमा विवाद भएको छ। केन्द्रले एकलौटि आफू निकट व्यक्तिलाई टिकट वितरण गरेको भन्दै असन्तुष्ट कार्यकर्ता मंगलबार पार्टी कार्यालयमा तीन घण्टा तालाबन्दी गरि धर्नामा बसेका थिए।

थारूवान

सरकारले चाहेमा गोलाबारुद्धका विचमा पनि चुनाव गराउन सक्ने संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले बताएका छन् । चुनाव वाहिस्कार भन्दै केही कार्यकर्ता उतार्दैमा चुनाव नरोकिने उनको टिप्पणी छ । मंगलबार विराटनगरस्थित आफ्नै निवासमा अनलाइनखबरसँग कुराकानी गर्दै फोरम अध्यक्ष यादवले जनता चुनावको पक्षमा रहेको बताए । साथै जनताको मताधिकार...

थारूवान

आसन्न दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र)ले कैलाली जिल्लाका गाउँपालिका तथा नगरपालिकाको प्रमुख पदमा सबैभन्दा बढी थारु उम्मेदवार चयन गरेको छ । कैलाली जिल्लाका १३ वटा स्थानीय तहमध्ये छ तहको प्रमुख पदमा थारु उम्मेदवार बनाएको माओवादी केन्द्रले कैलालीले जनाएको छ ।

थारूवान

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले आम हड्तालसहितका आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । आइतबार बसेको राजपाको बैठकले दोस्रो चरणको स्थानीय चुनावमा सहभागी नहुने भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । असार १४ गते निर्धारित चुनावलाई लक्षित गर्दै राजपाले १० गतेदेखि अनिश्चितकालीन आमहड्ताल गर्ने निर्णय गरेको छ । उम्मेद्वारहरूकाे मनोनय...

थारूवान

उपप्रधानमन्त्री एवं स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले राष्ट्रिय जनता पार्टी चुनावमा सहभागी हुने सुनिश्चित भएको खण्डमा २ नम्बर प्रदेशमा तेस्रो चरणमा चुनाव गर्न सकिने बताएका छन् । आइतबार बिराटनगर विमानस्थलमा पत्रकारुहरुसँग कुरा गर्दै उपप्रधानमन्त्री गच्छदारले तेस्रो चरणमा चुनाव गर्न सकिने संकेत गरेका हुन् । तर, यसका लागि सर्वोच्च अदालतको अनुमति आवश्यक...

थारूवान

नागेन्द्र चौधरी/बारा। बारा नागरिक समाजका अध्यक्ष सुखप्रसाद चौधरीको ७५ वर्षको उमेरमा निधन भएको छ। उनको कलैयास्थित आफ्नै निवासमा निधन भएको हो।

थारूवान

नेपाल लोकतान्त्रिक फोरमका सांसद एवं पूर्व भूमिसुाधर तथा व्यवस्थामन्त्री डा. गोपाल दहितले चार वर्षमा हुन नसकेको काम आफूले दस दिनमा गरेर देखाएको बताएका छन् ।

थारूवान

लखन चौधरी/धनगढी। दोस्रो चरणको स्थानीय तह निर्वाचनमा कैलालको ११ स्थानीय तहको प्रमुख पदमा १९ भन्दा बढी थारु उम्मेदवारले प्रतिस्पर्धा गर्ने भएका छन्। जिल्लाको १३ स्थानीय तहमध्ये ११ वटा स्थानीय तहको प्रमुखमा विभिन्न राजनीतिक दलबाट उम्मेदवारी पाएका थारुहरुले प्रतिस्पर्धा गर्ने भएका हुन्। कतिपय तहमा थारु उम्मेदवारबीच पनि प्रतिस्पर्धा हुने देखिएको...

थारूवान
1 62 63 64 65 66 131