2

नेपालको राजनीतिक आन्तरिक भएको भन्दै भारतीय राजदूतले टिप्पणी गर्न मानेनन्

नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले नेपालको राजनीतिप्रति कुनै टिप्पणी नगर्ने बताएका छन् । नेपालको राजनीतिक आन्तरिक मामिला भएको भन्दै उनले यसमा आफू बोल्न नमिल्ने बताए । बुधबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा राजदूत पुरीले भने, ‘नेपालको राजनीतिक विषयमा राजदूतले टिप्पणी गर्न मिल्दैन, म यसमा कुनै पनि टिप्पणी गर्दिनँ ।’

थारूवान

प्रधानमन्त्री पुष्पकमल दाहालले पदबाट राजीनामा दिएका छन् । बुधबार देशबासीका नाममा सम्बोधन गर्दै प्रचण्डले राजीनामाको घोषणा गरेका हुन् । आफूले सफल प्रधानमन्त्रीका रुपमा विदा लिन पाएको भन्दै उनले खुसी समेत व्यक्त गरे । 

थारूवान

मधेसमा स्थानीय तहको संख्या थप्ने सरकारी निर्णयबारे राष्ट्रिय जनता पार्टी (राजपा) मा विवाद देखिएको छ । स्थानीय तहको संख्या आफूले मागेजति नबढे पनि दोस्रो चरणको चुनावमा भाग लिनुपर्ने एकथरी नेताको अडान छ भने अर्काथरी यो निर्णय कार्यान्वयनमा आशंका गर्दै आन्दोलनमा जानुपर्ने जिकिर गरिरहेका छन् ।

थारूवान

खैरहनी नगरपालिकाको मेयरमा निर्वाचित लालमणी चौधरी, उपमेयर सुनिता थपलियासहित कार्यकर्ताहरुले खैरहनी माध्यमिक विद्यालयको परिसर सरसफाई गरेका छन् । निर्वाचनदेखी मतगणना सम्म विद्यालयमा भएको फोहोर थुप्रीएपछि मेयर लालमणी चौधरीले कार्यकर्ताहरुसंगै सरसफाई गरेका हुन् ।

थारूवान

सर्वोच्च अदालतले टीकापुरलगायतका घटनाका आरोपितको मुद्दा सरकारले फिर्ता लिने निर्णयविरुद्ध परेको रिटमाथि सुनुवाइ गर्दै कारण देखाऊ आदेश जारी गरेको छ। कामु प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजलासले सरकारले के कारणले मुद्दा फिर्ता लिने तयारी गरेको हो, कारण पेस गर्न सोमबार आदेश जारी गरेको हो।

थारूवान

चितवनको खैरहनी नगरपालिकामा मेयर-उपमेयरसहित नेकपा एमालेले बहुमत वडामा आफ्नो बर्चश्व कायम गरेको छ। मेयरमा नेकपा एमालेका पूर्वसभासद लालमणी चौधरी १० हजार ७१७ मत मत प्राप्त गरी बिजयी भएका छन्। उपप्रमुखमा पनि एमालेकै सुनिता थपलिया १० हजार ७५१ मतका साथ बिजयी भएकी छन्।

थारूवान

टीकपुर घटनालाई लिएर अहिले भइरहेको टीकाटीप्पणीप्रति थारु नागरिक समाज कैलालीले ध्यानाकर्षण जनाएको छ। संयोजक दिलबहादुर चौधरीद्वारा जारी विज्ञप्तीमा टीकापुरमा प्रहरीको ज्यान जानु र मधेस आन्दोलनमा ६० जना निर्दोष नागरिकको ज्यान जानु दुःखद भएको उल्लेख छ।

थारूवान

दिपेन्द्र झा। अदालतमा विचाराधिन मुद्दामा के बोलुँजस्तो लागेर टीकापुर घटनाको मुद्दा फिर्ता सन्दर्भमा सरकारले गरेको निर्णयपश्चात्त मौन बसेको थिएँ। फेरि आफैंले मुद्दाको एक पक्ष भएर बहस गरेकोले पनि केही नबोलौं भनी चुप्पी साँधेको थिएँ। त्यसमा पनि गत हप्तामात्रै कैलाली कारागारमा रहेका घर जग्गा लिलाम हुन थालेका लाहुराम चौधरी, बीरबहादुर...

थारूवान

सरकारले थरुहट आन्दोलन र मधेस आन्दोलनलाई राजनीतिक आन्दोलनको रुपमा स्वीकार गर्दै त्यसमा संलग्नहरुविरुद्ध लागेका मुद्दा फिर्ता लिने निर्णय गरेको छ। मुद्दा फिर्ता सम्बन्धी प्रस्ताव तयार गर्न कानुन मन्त्रालयलाई जिम्मेवारी दिइएको मन्त्री कार्कीले जानकारी दिए। यसअघिको कार्यविधिलाई संशोधन गरी मुद्दा फिर्ताको प्रक्रिया अगाडि बढाइने उनले जानकारी दिए। 

थारूवान

सरकारले टीकापुर घटनामा क्षति भएका परिवारलाई क्षतिपूर्ति दिने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रपरिषद् बैठकले २०७२ भदौ ७ र ८ गते थारु समुदायका ब्यक्तिहरुको जलाइएका घर, पसल, उद्योगको क्षतिपूर्ति दिने निर्णय गरेको भूमीसुधार तथा व्यवस्थामन्त्री गोपाल दहितले जानकारी दिए।

थारूवान
1 65 66 67 68 69 131