3
जुनजस्तै चम्किदै गायक रोशन रत्गैँया
सन्तोष दहित/दाङ। ‘हुने विरुवाको चिल्लो पात’ भने झैँ रोशन रत्गैँया पनि हुने विरुवाको चिल्लो पातमध्ये एक हुन् । छोटो समयमा आम दर्शक र श्रोताहरुको मन जीत्न सफल भएका युवा गायक रोशन रत्गैँया अहिले आम मानिसहरुको मन मनमा बसिसकेका छन् ।
थारूवानथारु अधिकारकर्मी सुरेन्द्र चौधरीले थारुहरुले नागरिकता फिर्ता अभियान चलाउनुपर्ने बताएका छन्। थारु पत्रकार संघ नेपालले बिहीबार आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले राज्यले गरिरहेको विभेदविरुद्ध अब थारुहरुले नागरिकता फिर्ता गर्ने अभियान चलाउनुपर्ने र सीमापारि गएर शिविरमा बस्नुपर्ने उल्लेख गरेका हुन्।
थारूवानथारु विद्यार्थी समाजले यस वर्ष एसइइमा उत्कृष्ट नतिजा ल्याएका थारु विद्यार्थीहरुलाई सम्मान गरेको छ। केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद चौधरीको सभापतित्वमा भएको कार्यक्रममा १ सय १७ जना विद्यार्थीहरु सम्मानित भएका थिए। तीमध्ये सबैभन्दा धेरै नम्बर ल्याएक चार जनालाई नगदसहित सम्मान गरिएको अध्यक्ष चौधरीले जानकारी दिए।
थारूवानसहदेव चौधरी।काठमाडौं। पूर्वका थारु समुदायले भदौ महिनाको पहिलो आइतबार ‘रैब पर्व’ मनाउँदैछन्।तिथि अनुसार भदौ महिनाको १ गते आइतवारलाई थारु भाषामा ‘रैबदिन’ वा रैब पर्व भन्ने गरिन्छ। उक्त दिन घरमा दही,दूध, चिउरा,चिनी, जेरी,फलफुल लगायत गुलियो खानेकुराहरु खाएर मनाउने गरिन्छ। तर नुन, तेल, माछा, मासु खान मनाही गरिएको हुन्छ।
थारूवानअनुराग महतो/युएई। नवलपुर, मध्यविन्दु- २, नन्दपुरका दुर्गा महतो थारु नेपाल राष्ट्रिय भलिबल टिमबाट शुक्रबार एसियन गेम्स खेल्न इन्डोनेसिया जाँदैछन्। २० राष्ट्र सहभागी एसियाडमा नेपाल सम्मिलित समूहमा दक्षिण कोरिया र चाइनिज तपेइ रहेका छन्। समूह ‘डी’ मा रहेको नेपालले पहिलो खेल भदौ ६ गते चाइनिज तपेइसँग र दोस्रो खेल भदौ ८...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश