3

ठुन्यांर ठुन्यांर लोसिनाको ठुम्का

गायक रोशन रत्गैया र समिक्षा चौधरीले ‘ठुन्यांर ठुन्यांर’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक गरेका छन्। चम्पन साँस्कृतिक समूहको ब्यानरमा निर्माण भएको भिडियोमा नबिन दहित र लोसिना लामिछाने अभिनय गरेका छन्।  भिडियोलाई दीपक चौधरी र दीपक ´दीप`ले निर्देशन गरेका हुन्। गीतलाई फिरु चौधरीले शब्द र संगीत भरेका हुन्। 

थारूवान

नेपाल पत्रकार महासंघको बाँके अधिवेशनमा ठाकुरसिंह थारु भारी मतले अध्यक्षमा विजयी भएका छन्। कान्तिपुर दैनिकमा कार्यरत थारु प्रगतिशील संयुक्त प्यानलको सहयोगमा विजयी भएका हुन्।

थारूवान

कारी महतो/चितवन। थारु कल्याणकारिणी सभा (थाकस) रत्ननगर समितिको रु ५५ लाख बजेटमा भवन बन्ने भएको छ। भवन निर्माणका लागि प्रमुख तीन दलका प्रतिनिधिहरुको समुपस्थितिमा आज भएको एक भेलाबाट ११ सदस्यीय भवन निर्माण समिति गठन भएको छ। माओवादी केन्द्रका जिल्ला सदस्य तथा थारु राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय सदस्य दर्शन चौधरीको...

थारूवान

रोजगारीको सिलसिलामा मलेसियामा रहेका थारु यूवाहरुले टीकापुर घटनाका राजबन्दी परिवारहरुलाई आर्थिक सहयोग गरेका छन्। मलेसियास्थित प्रवासी थारु सेवा समाजमा आवद्ध थारु यूवाहरुले पीडित परिवारका बालबालिकाहरुको पठनपाठनको लागि आर्थिक सहयोग गरेका हुन्।

थारूवान

सीएन थारु। २०७४ साल वैशाख ३१ गते नेपाल सरकारले स्थानीय तहको निर्वाचन तोकेकै दिन संघीय लिम्बुवान पार्टीको केन्द्रीय समितिको पूर्ण वैठकले समानान्तर सरकारको कार्यदिशा पारित गर्न पुगे । यो संयोग हो कि रणनीतिक प्रतिस्पर्धा ठम्याउन गाह्रौं भयो तर नेपाल सरकारको तयारी यतिवेला निर्वाचन सम्पन्न गर्न भए पनि संघीय लिम्बुवान...

थारूवान

कृष्णराज सर्वाहरी/काठमाडौं। धीरेन्द्र प्रेमर्षि मैथिली भाषाका अभियन्ता हुन् । जनआन्दोलन ६२/६३ पछि भाषिक आन्दोलनमा होमिएका उनी प्राथमिक विद्यालयमा मैथिली भाषा प्रवद्र्धनमा लागिपरे । प्रज्ञा प्रतिष्ठानका प्राज्ञसमेत रहेका उनी मातृभाषाको पढाइ नहुनुमा पुस्तक नै अभाव रहेको प्रमुख कारण देख्छन् । भन्छन्, ‘मैथिली भाषा उत्प्रेरक कार्यदलले ०६६/६७ मा सर्वे गर्दा कक्षा १ देखि ५...

थारूवान

थारु पत्रकार संघ नेपालको  सुनसरीका शाखाका पदाधिकारीहरु नेपाल पत्रकार महासंघको १०‍औं अधिवेशनबाट प्रादेशिक र केन्द्रीय पार्सदमा विजयी भएका छन्। शाखाका अध्यक्ष कुलदीप चौधरी, निशान चौधरी, सुकदेव चौधरी, गवन चौधरी प्रादेशिक पार्सदमा विजयी भएका छन्। त्यस्तै सुनिल चौधरी जिल्ला सदस्य र ममता चौधरी केन्द्रीय पार्सदमा विजयी भएका हुन्। 

थारूवान

सरकारले आगामी वैशाख ३१ गते आइतबार एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने भएको छ। मन्त्रिपरिषद्को बैठकले लामो समयदेखि हुन नसकेको स्थानीय तहको निर्वाचन गराउने मिति तय गरेको हो । निर्वाचनका लागि अर्थ मन्त्रालयले रु १० अर्ब २९ करोड ६३ लाख ७६ हजार ७७५ रकम उपलब्ध गराउने निर्णयसमेत गरेको सरकारका प्रवक्ता...

थारूवान

भूवैज्ञानिकको माग पूरा भयो भने अब भूगोल र सामान्य ज्ञानका पुस्तकमा आठौं महादेशका रुपमा जिल्यान्डियाले प्रवेश पाउनेछ। वैज्ञानिकले दक्षिण पश्चिम प्रशान्त महासागरभित्र अधिकांश भाग डुबेको अवस्थामा रहेको जिल्यान्डियालाई महादेशको मान्यता दिनुपर्ने माग गरेका छन्। जिल्यान्डिया नौलो ठाउँ भने होइन। यसको सबैभन्दा अग्लो पहाड पानीमाथि छ र त्यो न्युजिल्यान्ड देशका रुपमा...

थारूवान

रौतहट सुपर डान्स प्रतियोगितामा मासुम चौधरी छनौट भएका छन्। उनी टप १५ भित्र पर्न सफल भएका हुन्। उनले आफूलाई जिताउन सबैसँग भोट गरेर सहयोग गरिदिन आग्रह गरेका छन्। उनलाई भोट गर्नका लागि मोबाइलको म्यासेज बक्समा गएर RSD MSUM टाइप गरेर 34243 मा पठाउपर्ने हुन्छ।

थारूवान
1 76 77 78 79 80 119