4

जनकराजलाई हराउँदै राजपाका कृष्ण चौधरी कैलाली १(क)मा विजयी

पूर्वसांसद् जनकराज चौधरीलाई हराउँदै राजपाका कृष्ण चौधरी कैलाली क्षेत्र नम्बर १ (क)मा विजयी भएका छन्। उनी  १२ हजार १८४ मत ल्याएर विजय भएका हुन्। कांग्रेसका उम्मेदवार जनकराजले चौधरीले ६६३९ मत ल्याए।

थारूवान

राजपा नेता राजकुमार लेखी पराजित भएका छन्। उनी एमालेका सत्य नारायण मण्डलसँग पराजित भएका हुन्। सप्तरी क्षेत्र नम्बर १क का उम्मेदवार लेखीले ९२५२ मत ल्याए। उनीभन्दा दुई हजार बढी मत ल्याएर मण्डल विजयी भए। मण्डलले ११३०२ मत ल्याए।

थारूवान

बारा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उमाकान्त चौधरी प्रतिनिधि सभामा निर्वाचित भएका छन्। उनले २४ हजार ४५० मत ल्याएर विजयी भएका हुन्। उनका निकट्तम प्रतिद्वन्द्वी एमालेका अच्युत मैनालीले २२ हजार ३० मत प्राप्त गरे।

थारूवान

चितवन ३ (ख) काे प्रदेशसभा निर्वाचनमा उठेका मामा भान्जामध्ये मतदाताहरूले मामालाई नै राेजेका छन् । बाम गठबन्धनका तर्फबाट माअाेवादीका उम्मेदवार रामलाल महतोले २५०६१ मत ल्याई ९११६ मतान्तर ल्याई विजयी भएका छन् । उनका निकतम प्रतिद्वन्दी नेपाली काँग्रेसका उम्मेदवार साजन महतोले १५९४५ मत ल्याएका छन् ।

थारूवान

कैलाली क्षेत्र नम्बर ३ मा माओवादीका उम्मेदवार गौरीशंकर चौधरी विजयी भएका छन्। उनले २४ हजार ८७९ मत ल्याएर विजयी भएका हुन्। उनका निकट्तम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजमनम चौधरीले २० हजार ४९४ मत ल्याए।

थारूवान

रुपन्देही क्षेत्र नम्बर ३(ख)मा एमाले उम्मेदवार तुल्सीप्रसाद चौधरी विजयी भएका छन्। उनले ६७०२ मत ल्याएर विजयी भएका हुन्। उनका निकट्तम प्रतिद्वन्द्वी कांग्रेसका हरिध्वज मल्लले ६२११ मत पाए।

थारूवान

प्रतिनिधिसभा सप्तरी क्षेत्र नं ३ मा नेपाली कांग्रेसलाई हराउँदै राष्ट्रिय जनता पार्टीका उम्मेदवार चन्द्रकान्त चौधरी विजयी भएका छन्। जिल्ला मुख्य निर्वाचन कार्यालयले मध्यरात सार्वजनिक गरेको मत परिणमअनुसार चौधरीले २२ हजार ५८४ मत ल्याएर विजयी भएका हुन्।

थारूवान

राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतो विजयी भएका छन् । बहुप्रतिक्षित मानिएको धनषा क्षेत्र नम्बर ३ मा कांग्रेस नेता बिमलेन्द्र निधिलाई हराउँदै महतो विजयी भएका हुन् ।

थारूवान

बर्दिया क्षेत्र नम्बर २ ख मा माओवादीको प्रदेशसभा उम्मेदवार दीपेश थारु विजयी भएका छन्।उनले २३६३२ मतसहित विजयी भएका हुन्। उनका निकट्तम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार नाचुराम थारुले १७९१२ मत पाए। यो बर्दियाको थारु गढ मानिन्छ।

थारूवान

थारुहरुले हेभिवेटको रुपमा हेरिरहेको सुनसरी क्षेत्र नम्बर ३ मा एमालेका भगवती चौधरीले अग्रता लिएकी छन्। उनी ३२५७० मतसहित अग्रस्थानमा छन्। कांग्रेसका उम्मेदवार विजय गच्छदार ३२५२  सय मत ल्याएका छन्। गच्छदार ४४ मतले पछाडि छन्। त्यस्तै प्रदेशतर्फ क्षेत्र ३(ख)मा कांग्रेसका अगम लाल चौधरी १३४०३ मतसहित अग्रस्थानमा छन्। त्यस्तै एमाले रामदेव यादवले १०८४९ मत...

थारूवान
1 19 20 21 22 23 75