8

प्रणव अाकाशकाे निर्देशन रहेकाे जितगढी किल्ला सडक नाटक समापन

बुटवलका विभिन्न स्थानमा एक सातादेखि जारी ‘जितगढी किल्ला’ नामक सडक नाटक आज समापन भएको छ। बुटवलमा रहेको जितगढी किल्ला संरक्षण र सम्बर्द्धन गर्न भन्दै ऐतिहासिक जितगढी किल्ला बचाउ अभियानले यहाँका दीपनगर, देवीनगर, कालिकानगर, जेसिसचोक, जितगढी, अस्पताललाइन, ट्राफिकचोकलगायत क्षेत्रमा सडक नाटक प्रस्तुत गरी समापन गरेको हो।

थारूवान

चितवन- दुवै मृगौला फेल भएका एक विद्यार्थी लडाई सहनी अर्थात् जीवन सहनीलाई उनको पूर्ण स्वास्थ्य लाभको कामना गर्दै खैरहनी नगरपालिका वडा नं. १ का वडाअध्यक्ष भूँमि प्रसाद कँडेलले विद्यालयमै उपस्थित भई व्यक्तिगत रुपमा रु २० हजार आर्थिक सहयोग गरेका छन् ।

थारूवान

संघीय गणतन्त्र नेपालको पहिलो महिला राष्ट्रपतिका रुपमा दोस्रो कार्यकालका लागि पनि निर्वाचित भई वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई पुनः शीतल निवासको प्रवेशको ढोका खुलेको छ।

थारूवान

कैलालीको घोडाघोडी नगरपालिका प्रमुख ममताप्रसाद चौधरीमाथि सोमबार राति गोली र खुकुरी प्रहार गरेको आशंकामा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

थारूवान

कैलालीको घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीमाथि खुकुरी प्रहार भएको छ । सोमबार बेलुकी आफ्नै घरमा बसिरहेका चौधरीमाथि अज्ञात समूहले खुकुरी प्रहार गरेको प्रदेश ७ का प्रहरी प्रमुख एआइजी माधव नेपालले जानकारी दिएका छन् । चौधरीको टाउकोमा खुकुरी प्रहार भएको छ ।

थारूवान

यूएस बंगलाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ४९ पुगेको प्रहरीले पुष्टि गरेको छ । ढाकाबाट काठमाडौं आएको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको थियो ।

थारूवान

प्रतिनिधिसभा सदस्यमा कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित रेशमलाल चौधरीसहित टीकापुर घटनामा जेलबन्दी रहेका थारुहरुको रिहाई माग गर्दै थरुहट/थारुवान संयुक्त संघर्ष समितिले राजधानीमा मसाल जुलुस प्रदर्शन गर्ने भएको छ।

थारूवान

किशोरी मृत्युको छानबिन माग गर्दै आफन्त र स्थानीयवासीले आइतबार विराटनगरमा विरोध प्रदर्शन गरेका छन् । कटहरी गाउँपालिका–१ की १७ वर्षीया आइसा चौधरीका आफन्तले प्रदर्शन गरेका हुन् ।

थारूवान

थारु सुमदायका विद्यार्थीहरुलाई लोकसेवा प्रति आकर्षण बढाउनका लागि जंग्रार साहित्यिक बखेरी, नेपालको आयोजनामा धनगढीको छात्रबासमा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ । सो कार्यक्रममा लोकसेवाको तयारी गर्दै गरेका र यसबारे जान्न उत्सुक भएका थारु विद्यार्थीहरुलाई लक्षित गरिएको थियो ।

थारूवान

राष्ट्रपतिको निर्वाचन फागुन २९ गते हुने भएको छ । निर्वाचन आयोगको बिहीबार बसेको बैठकले राष्ट्रपतिको निर्वाचनको मिति तोकेको हो । आयोगले निर्वाचनको कार्यक्रम समेत तय गरेको छ । जसअनुसार २३ गते उम्मेदवारी दर्ताको समय तोकिएको छ ।

थारूवान
1 8 9 10 11 12 43