प्रवासमा थारू

दुबईमा यसरी मनाइयो जितिया पर्व

थारु कल्याणकारिणी सभा युएईले शनिबार दुबईमा जितिया पर्व मनाएको छ। दुबईको अलकुद्रा पार्कमा जितिया पर्व मनाइएको कार्यक्रम संयोजक रामानन्द चौधरीले जानकारी दिए। ‘थारु, कला, संस्कृति हाम्रो पहिचान, उसलाई संरक्षण र प्रवर्द्धन गर्ने हाम्रो अभियान, नारासहित थाकस युएईले जितिया मनाएको हो दुबईमा रहेका थारु समुदायबीच एकता र थारु चाडपर्वलाई अन्तर्राष्ट्रिय...

थारूवान

थारु कल्याणकारिणी सभा कतार च्याप्टरको आयोजनामा शुक्रबार दोहामा जितिया पर्व मनाइएको छ। दोहाको प्लाजा ग्राण्डमलस्थित वेलफ्यर रेस्टुरेन्टमा जितिया पर्व मनाइएको हो। जातीय पहिचानको संरक्षण, प्रवर्द्धन र शैक्षिक, आर्थिक र सामाजिक उत्थानको नारासहित थाकस कतार च्याप्टररले जितिया मनाएको हो। कतारमा रहेका थारु समुदायबीच एकता र थारु चाडपर्वलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन...

थारूवान

थारु कल्याणकारिणी सभा युएईले शनिबार दुबईमा जितिया कार्यक्रम आयोजना गर्ने भएको छ। थाकस युएईका अध्यक्ष भागरथी कुमार भगतले दुबईको अलकुद्रा पार्कमा जितिया कार्यक्रम आयोजना हुने बताए। कार्यक्रम राति १० बजे सुरु हुने आयोजकले बताएको छ।

थारूवान

थारु कल्याणकारिणी सभा कतार च्याप्टरले भोलि शुक्रबार दोहामा जितिया कार्यक्रम आयोजना गर्ने भएको छ। च्याप्टरका अध्यक्ष श्यामलाल चौधरीले दोहाको प्लाजा ग्राण्डमलस्थित वेलफ्यर रेस्टुरेन्टमा जितिया कार्यक्रम आयोजना हुने बताए। कार्यक्रम विहान ११ बजे सुरु हुने आयोजकले बताएको छ।

थारूवान

बाँकेका थारु महिलाले उत्पादन गरेका हस्तकलाका सामग्री विदेश निर्यात हुने गरेका छन्। नेपालगञ्जमा सङ्गठितरुपमा उत्पादन हुने थारु महिलाका हस्तकलाका सामग्री डेनमार्क, अमेरिका, जापान, थाइल्यान्डलगायतका मुलुकमा निर्यात गर्दै आएको नेपालगञ्जस्थित पञ्चशील हस्तकला केन्द्रका अध्यक्ष निरु चौधरीले जानकारी दिइन्।

थारूवान

चम्पन सांस्कृतिक समूहले अमेरिकामा अस्टिम्की पर्व मनाएको छ। अमेरिकाको टेक्सासस्थित इर्भिङमा अस्टिम्की पर्व मनाइएको हो। थारू समुदायको पर्वलाई अन्तर्राष्ट्रिय रूपमा प्रवर्द्धन गर्न अस्टिम्की मनाइएको चम्पन सांस्कृतिक समूहका प्रमुख कोरियोग्राफर दीपक दिपले जानकारी दिए।

थारूवान

सम्पूर्णमा हार्दिक नमस्कार ! म जयप्रकाश चौधरी । नेपालको दाङ जिल्लाको राप्ती गाउँपालिका-५, सिसनियानिवासी । विगत चार बर्ष देखि म अमेरिकाको ओक्लोहामा राज्यमा श्रीमती र छोराछोरीसँग बस्दै आएको छु । नेपालको दुर्गम क्षेत्रमा बस्दै आएको मजस्तो व्यक्तिलाई अमेरिका आउने मौका मिल्यो र छोराछोरीको भविष्य मेरोभन्दा अलि राम्रो होला भन्ने...

थारूवान

नेपालको विभिन्न भूभागबाट अष्ट्रेलिया आई विभिन्न पेसा ब्यवसाय र अध्यान अध्यापनमा रहेका थारू समुदायबीच साझा चौतारीको रूपमा स्थापित थारू सोसाइटी अफ सिड्नी अष्ट्रेलियाको अधिवेशन ८ जुलाईका दिन सिड्नीको इन्द्रेणी फंक्सन सेन्टर रकडेलमा सम्पन्न भएको छ। अधिवेशनले वर्तमान अध्यक्ष दीपनारायण चौधरीलाई पुनः अध्यक्षमा चयन गर्दै र निवर्तमान कार्यसमितिलाई थोरैमात्र थपघट...

थारुवान संबाददाता

थारू कल्याणकारिणी सभा कतार च्याप्टरले माघी महोत्सव मनाएको छ। जनवरी २० शुक्रबारका दिन थाकस कतार च्याप्टरले माघी महोत्सव मनाएको हो। महोत्सवमा कतारमा रहेका थारूहरूको भब्य उपस्थिति रहेको थियो। थाकस च्याप्टरका सभापति श्यामलाल चौधरीका अनुसार कार्यक्रममा पाँच सय बढी सहभागी थिए।

थारुवान संबाददाता

थारू कल्याणकारिणी सभा युएईले माघी महोत्सव मनाएको छ। आइतबार क्लब एभरेस्ट बरदुबईमा कार्यक्रम आयोजना भएको हो। कार्यक्रममा नेपाली दूतावासका द्वितीय सचिव तिलबहादुर सुनार प्रमुख अतिथि रहेका थिए। उनले थारू समुदायको माघी महोत्सवले प्रवासमा पनि नेपाली पहिचानलाई प्रवर्द्धन गरेको बताए। उनले यस्ता कार्यक्रमले नेपाली संस्कृतिलाई विदेशमा चिनाउन मद्धत गर्ने बताए।

थारुवान संबाददाता