देश

एसिया कपमा नेपालले पाकिस्तानलाई हरायो

महिला यु-१९ एसिया कपमा नेपालले पाकिस्तानलाई ६ विकेटले हराएको छ। मलेसियाको क्वालालम्पुरस्थित बायुमास क्रिकेट ओभलमा नेपालले पाकिस्तानलाई ६ विकेटले हराएको हो। पाकिस्तानले दिएको १०५ रनको लक्ष्य नेपालले १९ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको हो।

थारूवान

नेपाल प्रिमियर लिग (एनपीएल)को लिग अन्तर्गतको अन्तिम खेलमा कर्णाली याक्सलाई ६ विकेटले हराउँदै सुदूरपश्चिमपश्चिम शीर्ष स्थान पक्का गरेको छ। सुदूरपश्चिमसँग पराजित भएपनि कर्णाली रनरेटमा शीर्ष ४ मा समेटिँदा प्लेअफ भने पक्का गरेको छ। यो जितसँगै क्‍वालिफार्यसमा सुदूरपश्चिमले जनकपुरसँग भेट्नेछ।

थारूवान

नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको आजको बैठकले राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँ घटाएको हो ।

थारूवान

काठमाडौं : नेपाल प्रिमियर लिगमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई हराउँदै प्लेअफमा पुगेको छ। टियु क्रिकेट मैदानमा पोखरालाई ५ रनले हराउँदै सुदूरपश्चिमले प्लेअफ स्थान सुरक्षित गरेको हो। सुदूरपश्चिमले दिएको १५४ रनको लक्ष्य पछ्याएको पोखरा १९.४ ओभरमा १४८ रन बनाउँदै अलआउट भएको हो।

थारूवान

नेपाल प्रिमियर लिगमा शनिबार चितवन राइनोजले जनकपुर बोल्ट्सलाई ३२ रनले पराजित गरेको छ। चितवनले १८१ रनको विजय लक्ष्य प्रस्तुत गरे पनि जनकपुर १८ ओभरमा १४८ रन बनाएर अलआउट भयो।

थारूवान

नेपाल प्रिमियर लिगमा काठमाडौं गुर्खाजले पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गरेको छ। टियु क्रिकेट मैदानमा पोखराले दिएको १३९ रनको लक्ष्य काठमाडौंले १४ ओभरमै पूरा गर्‍यो। जितसँगै काठमाडौंले प्लेअफ सम्भावना बलियो बनाएको छ भने पोखराका लागि प्लेअफ सम्भावना निकै झिनो बनेको छ।

थारूवान

काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत शुक्रबार भएको खेलमा कर्णाली याक्स र विराटनगर किंग्स विजयी भएका छन्। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा कर्णालीले लुम्बिनी लायन्स र विराटनगरले चितवन राइनोजलाई पराजित गरेको हो।

थारूवान

जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिगको प्लेअफमा पुगेको छ। काठमाडौं गोर्खाजलाई ५ विकेटले हराउँदै जनकपुर प्लेअफमा पुगेको हो। जनकपुर प्लेअफ पुग्ने पहिलो टिम बनेको हो। टियु क्रिकेट मैदानमा काठमाडौंले दिएको १०२ रनको लक्ष्य पछ्याएको जनकपुरले १५.५ ओभरमा १०४ रन बनाउँदै गुर्खाजलाई ५ विकेटले जितेको हो। जनकपुरका लागि जेम्स निशामले सर्वाधिक...

थारूवान

कमला-कञ्चनपुर सडकखण्डमा चाइना रेलवे नं २ इन्जिनियरिङ ग्रुप कम्पनीले अवैधरूपमा नदी उत्खनन गरेको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ। राम रतन सिंह, आँचल कुमारीलगायतले नेपाल सरकार र चाइना रेलवे-२ इन्जिनियरिङ कम्पनीविरुद्ध मुद्दा दायर गरेको हो। पूर्व-पश्चिम राजमार्गअन्तर्गत धनुषाको कमलादेखि सप्तरीको कञ्चनरुपसम्म चार लेनको सडक स्तरोन्नति र विस्तार...

थारूवान

नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सले लुम्बिनी लायन्सलाई १० विकेटले हराएको छ। टियु क्रिकेट मैदानमा टस जितेको लुम्बिनीले २० ओभरमा ५ विकेट गुमाउँदै १७० रन बनाएको थियो। १७१ रनको लक्ष्य पछ्याएको पोखराले १६.५ ओभरमा बिना कुनै विकेट गुमाई लक्ष्य पूरा गरेको छ।

थारूवान
1 11 12 13 14 15 75