देश

नेपालले ‌ओमानलाई हरायो, सन्दीप र करण बने नायक

सन्दीप लामिछाने र करन केसीले उत्कृष्ट बलिङको गरेपछि आईसीसी वर्ल्डकप लीग-२ मा नेपालले ओमानलाई ७ विकेटले पराजित गरेको छ । मस्कटको अल अमेरत रंगशालामा आइतबार भएको खेलमा १२२ रनको लक्ष्य पछ्याएको नेपालले १९ ‍औं ओभरमा लक्ष्य भेटेको हो ।

थारुवान संबाददाता

नेपाल आदिवासी जनजाति महासङ्घले भाषा आयोगले बुझाएको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ। महासङ्घले भाषा आयोगले २१ भदौ २०७८ मा प्रधानमन्त्रीसमक्ष पेश गरेको सातै प्रदेशमा सरकारी कामकाजको भाषाका आधारको निर्धारण तथा भाषासम्बन्धी सिफारिसप्रति आपत्ति जनाउँदै प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग गरेको हो।

थारुवान संबाददाता

एप्पल कम्पनीले आइफोन-१३ सार्वजनिक गरेको छ। क्यार्लिफोनियाबाट भर्चुअल कार्यक्रम गरेर एप्पलले मंगलबार अबेर राति आइफोन-१३ का चारवटा मोडल सार्वजनिक गरेको हो। पुरानो आइफोनको तुलनामा आइफोन-१३ निकै एड्भान्स रहेको एप्पलले दाबी गरेको छ।

थारुवान संबाददाता

पूर्व मन्त्री तथा अनुुसन्धानकर्ता डा. गोपाल दहितले अट्वारी पर्वलाई सबैको साझा पर्व बनाउनुपर्ने बताएका छन्। बर्दिया जिल्लाको राजापुर नगरपालिका वडा नम्बर २ जोतपुरमा भएको अट्वारी टिउह्वार (पर्व) को शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै डा. दहितले बताएका हुन्।

थारुवान संबाददाता

नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पपुवा न्यु गिनी(पीएनजी)लाई २ विकेटले पराजित गरेको छ। पीएनजीले दिएको १३५ रनको लक्ष्य नेपालले ६३ बल अगावै पूरा गरेको हो। ब्याट्सम्यान रोहित पौडेल र सोमपाल कामीको उत्कृष्ट साझेदारीले नेपालले जित निकालेको हो। ओपनरद्वय कुशव भुर्तेल र आसिफ शेखको साझेदारी राम्रो भए पनि त्यसपछि आएका अन्य...

थारुवान संबाददाता

दोस्रो मैत्रीपूर्ण खेलमा नेपल भारतसँग पराजित भएको छ। काठमाडौंको दशरथ रंगशालामा भएको खेलमा नेपाल भारतसँग २-१ गोलले पराजित भएको हो। पहिलो हाफ बराबरी भए पनि दोस्रो हाफमा भारतले अग्रता लिएको थियो। भारतका लागि पहिलो गोल फारुक चौधरीले ६२औं मिनेटमा गरेका थिए।

थारुवान संबाददाता

सांसद प्रदीप यादवले रेशम चौधरीलाई कानुनी प्रक्रियाबाटै जसपाले न्याय दिलाउने बताएका छन् । टिकापुर कैलाली घटना सम्झिँदै भने टिकापुर आन्दोलन मा नश्लीय राज्य शासन व्यवस्थाले चरम दमन गरेको र त्यो दमनविरुद्ध आवाज उठाउने थारुहरू माथि विभिन्न मुद्दा मा फसाउने षड्यन्त्र अन्तर्गत नै रेशम चौधरी जस्ता सच्चा आन्दोलनकारी तत्कालीन सरकारले...

थारुवान संबाददाता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी नफुटेर चोइटिएको मात्र दाबी गरेका छन्। शनिवार काठमाडौंमा आयोजित कार्यकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीबाट केही ‘बिग्रिएका मानिस’मात्र बाहिरिएकाले यसलाई पार्टी फुटेको भन्न नमिल्ने दाबी गरेका हुन्।

थारुवान संबाददाता

भारतले नेपालमा साँकृतिक सम्पदा र स्वास्थ्य परियोजना पुनर्निर्माणका लागि ४ अर्ब २० करोड रुपैयाँ अनुदान सहयोग गर्ने भएको छ। ललितपुर, नुवाकोट, रसुवा र धादिङ्ग जिल्लामा १४ वटा सांस्कृतिक सम्पदा परियोजना सञ्चालन गरिने छ।

थारुवान संबाददाता

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी परित्याग गरेका छन्। गौतमले एमालेको सबै पदबाट राजीनामा दिएका छन्। उनका स्वकीय सचिवमार्फत् कार्यालय सचिव शेरबहादुर तामाङलाई राजीनामा पत्र बुझाएका छन्।

थारुवान संबाददाता
1 67 68 69 70 71 78