देश

उच्च शिक्षा अध्ययनका लागि भारतीय दूतावासले खुलायो छात्रवृत्ति

काठमाडौ‍ंस्थित भारतीय दूतावासले भारतमा विभिन्न विषयमा उच्च शिक्षा तहमा अध्ययन गर्नका लागि छात्रवृत्तिसम्बन्धी सूचना प्रकाशित गरेको छ। अण्डरग्र्याजुयट तहमा अध्ययनका लागि विभिन्न विषयमा दरखास्त माग गरिएको छ। हेर्नुस् विज्ञापन 

थारूवान

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ लिएका छन्। मंगलबार साँझ शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीसामु देउवाले पद तथा गोपनीयताको शपथ लिएका हुन्। सर्वोच्च अदालतको फैसलापछि राष्ट्रपति भण्डारीले मंगलबार दिउँसो देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्। राष्ट्रपति भण्डारीले प्रधानमन्त्री नियुक्तिमा संविधानको धारा उल्लेख नगरेको भनी देउवाले...

थारूवान

जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय कार्यकारिणी सदस्य राजकुमार लेखीले सर्वोच्च अदालतको फैसला लोकतान्त्रिक व्यवस्थाको उपहास भएको बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत् सर्वोच्च अदालतको फैसलाले नेपालको राजनीति झनै अन्योलपूर्ण बनाउने दाबी गरे।

थारुवान संबाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमै पहिलोपटक अदालतले प्रधानमन्त्री बनाउने र हटाउने काम भएको टिप्पणी गरेका छन्। मंगलबार देशवासीमा नाममा सम्बोधन गर्दै उनले यो नै विश्वमा अनुकरणिय भएछ भने विडम्वना नै भन्नुपर्ने टिप्पणी गरे। ओलीले देशका लागि विकास र सार्वभौमिकताको कुरा उठाएका कारण नेकपा (एमाले)को सरकार ढालिएको दाबी गरे।

थारूवान

सर्वोच्च अदालतले संसद विघटनसम्बन्धी मुद्दामा फैसला सुनाउँदै नेपाली कांग्रेसका सभापति शेरबादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ । सर्वोच्चको संवैधानिक इजलासले आज १४६ सांसदले दायर गरेको मुद्दामा फैसला गर्दै संसद विघटन बदर र देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएको हो ।

थारूवान

सत्तारुढ नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच १०बुँदे सहमति भएको छ। यो सहमतिलाई भोलि बोलाइएको स्थायी कमिटीको बैठकले अनुमोदन गर्ने नेताहरुले बताएका छन्।

थारूवान

समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीचको एकता खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। तत्कालीन राष्ट्रिय जनता पार्टीका उपाध्यक्ष राजकुमार थापाले पार्टी एकता प्रारम्भदेखि नै त्रुटिपूर्ण, कपटपूर्ण र मौजुदा संविधान ऐन, कानुन विपरीत भएकोले उक्त एकीकरण उत्प्रेषणको आदेशले बदर गर्न माग गरेका छन्।

थारूवान

निर्वाचन आयागले नेकपा माओवादी केन्द्र खारेज गर्नुपर्ने मागसहित दर्ता भएको निवेदन नै खारेज गरिदिएको छ। माओवादीबाट एमाले प्रवेश गरेका नेताहरुले माओवादी केन्द्र अवैधानिक रहेको भन्दै असार २३ गते निवेदन दिएका थिए।

थारूवान

दाङको राप्ती नदीमा निर्मित नेपालकै दोस्रो लामो पुलको ‘एप्रोच’मा बाढीले क्षति पुर्‍याएपछि यातायात ठप्प बनेको छ। अविरल वर्षातपछि आएको बाढीका कारण पुलको ‘एप्रोच’मा क्षति पुगेपछि यातायातका साधन सञ्चालनमा आउन नसकेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए।

थारूवान

जनता समाजवादी पार्टी (जसपा) नेपालको वैधानिकताको विवाद अन्ततः कानुनअनुसार अगाडि बढ्ने भएको छ। निर्वाचन आयोगले छलफलका लागि मंगलबार दुवै पक्षलाई डाकेको थियो। निर्वाचन आयोगमा निवेदकको पक्षबाट उपेन्द्र यादव, महेन्द्र राय, राजेन्द्र श्रेष्ठ, प्रकाश अधिकारी र मृगेन्द्र सिंह उपस्थित थिए।

थारूवान
1 68 69 70 71 72 75