समाचार

सामाजिक सञ्जाल प्रयोगकर्ताले गर्न नमिल्ने यी हुन् १९ क्रियाकलाप

मन्त्रिपरिषद्को बिहीबारको बैठकले सामाजिक सञ्जाल संचालन निर्देशिका, २०८० पारित गरेको छ। सामाजिक संजालहरू फेसबुक, एक्स (विगतमा ट्विटर), टिकटक, युट्यूब, इन्स्टाग्रामलगायतमा राखिने सामग्री विकृत भएको भन्दै प्रश्न उठेपछि सरकारले निर्देशिका ल्याएको हो। निर्देशिकाले नेपालमा संचालन हुने सामाजिक सञ्जाल दर्ता गर्नुपर्ने अनिवार्य व्यवस्था गरेको छ भने सामाजिक सञ्जाल प्रयोगकर्ताले के गर्न...

थारूवान

टीकापुर घटनामा संलग्नहरुलाई गैरकानूनी रुपमा कैद मिनाहा गरी रिहा गरिएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । घटनामा मारिएकाका आफन्तहरुले टिकापुर घटनामा संलग्न भएको आरोपमा दोषी ठहर भएका हरिनारायण चौधरी, वीरबहादुर चौधरी र प्रदिप चौधरीको कैद मिनाहा गर्ने सरकारको सिफारिस र राष्ट्रपतिको निर्णय उल्ट्याउनुपर्ने माग गरी सर्वोच्च...

थारूवान

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीको आममाफीविरुद्धको रिटको पेसी आगामी पौष १६ गतेका लागि तोकिएको छ । न्यायाधीश अभावका कारण चौधरीको बिहीबारको पेशीमा स्थगितमा परेको थियो । सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलका अनुसार रिट निवेदनको समूह नै स्थगितमा परेपछि रेशमविरुद्धको मुद्दा पनि स्थगितमा परेको जानकारी दिएका थिए । गोला...

थारूवान

भारतले भूकम्प प्रभावित क्षेत्रका लागि तेस्रो चरणको राहत सामग्री हस्तान्तरण गरेको छ। जाजरकोट र रुकुम पश्चिम भूकम्प पीडितका लागि भारत सरकारले १२ टनभन्दा बढी राहत सामग्री सहयोग गरेको हो। नेपालस्थित भारतीय दूतावासका अनुसार उक्त राहत सामग्रीमा कम्बल, स्लीपिङ ब्याग, त्रिपाल र अत्यावश्यक चिकित्सा सामग्री छन्। भारती प्रधानमन्त्री नरेन्द्र मोदीले...

थारूवान

नागरिक उन्मुक्ति पार्टीका संस्थापक एवं पूर्वसांसद रेशम चौधरीको कैद माफी मिनाहा गर्ने निर्णयविरुद्ध परेको रिटनिवेदनको सुनुवाइ स्थगित भएको छ। निवेदन सुनुवाइका लागि विहीबार पालो तोकिएकोमा सर्वोच्च अदालत प्रशासनबाटै सुनुवाइ स्थगित भएको हो। सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलका अनुसार रिट निवेदनको समूह नै स्थगितमा परेपछि रेशमविरुद्धको मुद्दा पनि स्थगितमा परेको...

थारूवान

प्रधानमन्त्री पुष्पकमल दाहालले क्रिकेट रंगशाला निर्माणको कामलाई तीव्रता दिन क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरी काम अगाडि बढाइने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार ट्वान्टी-२० विश्वकपमा छनोट भएको उपलक्ष्यमा सम्मान तथा अघिल्ला प्रतियोगिताहरूमा घोषणा गरिएको पुरस्कार रकम वितरण कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले क्रिकेटमा नेपालको निकै राम्रो सम्भावना...

थारूवान

भारतीय राजदूतावासले भारत सरकारको अनुदान सहयोगमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा निर्मित मंगलादेवी प्रसूति केन्द्र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका प्रतिनिधिलाई हस्तान्तरण गरेको छ। नेपालमा सञ्चालित उच्च प्रभाव सामुदायिक विकास परियोजनाको सफल कार्यान्वयनको २० वर्ष पुगेको उपलक्ष्यमा अर्थमन्त्री डा. प्रकाशशरण महत, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री श्रीमती अनितादेवी तथा नेपालका...

थारूवान

आफ्नै प्रदेशसहितका नागरिकहरू भूकम्पले त्राहीत्राही भएका बेला लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी भने विदेश भ्रमणमा निस्किएका छन्। भूकम्पले नागरिकहरूको ज्यान गइरहेको सूचना आइरहँदा मुख्यमन्त्रीले मन्त्रिपरिषद्बाट भ्रमण स्वीकृत गराएर अमेरिकाको भ्रमणमा निस्किएका हुन्।

थारूवान

नेपाल क्रिकेट संघ (क्यान) ले हङकङमा हुने चार देश सम्मिलित महिला टी ट्वान्टी सिरिजका लागि आज २२ सदस्यीय नेपाली महिला टोलीको घोषणा गरेको छ। यही कात्तिक २९ देखि मङ्सिर ३ गतेसम्म हङकङमा आयोजना हुने उक्त प्रतियोगितामा आयोजक हङकङसहित नेपाल, संयुक्त अरब इमिरेट्स (युएई) र मलेसिया छन्। छनोट हुने नेपाली...

थारूवान

शुक्लाफाँटा नगरपालिका-८ बेलडाँडीका कविराज चौधरीको परिवार गए राति मस्त निद्रामा थियो। त्यत्तिकैमा घर हल्लिएको चाल पाए। उठेर हेर्दा जङ्गली हात्तीको बथानले घर हिर्काउँदै थियो। अचानक हात्तीले घरमा आक्रमण गर्न थालेपछि चौधरीको परिवार के गरौँ भन्ने अलमलमा पर्‍यो।

थारूवान