समाचार

मेटमणि चौधरी र लक्ष्मी चौधरीको स्पष्टीकरणमा के छ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फ्लोर क्रस गर्ने एमालेका मेटमणि चौधरी र लक्ष्मी चौधरीसहित २२ सांसदलाई स्पष्टीकरण पत्र पठाएका छन्। ५ साउनको मिति राखेर पठाइएको पत्रमा फ्लोर क्रस गरेर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको बारे केही उल्लेख गरिएको छैन।

थारूवान

श्री निवास चौधरी र अन्नु चौधरीको स्वर रहेको चोरी चोरी से बोलको गीतको म्युजिक भिडियो छायाँकन गरिएको छ। सेबिल इन्टरटेन्मेन्टले निर्माण गरेको भिडियोलाई ललितपुरको विभिन्न क्षेत्रमा छायाँकन गरिएको छ। भिडियोको सम्पादन गर्ने काम भइरहेको निर्माण पक्षले जनाएको छ। भिडियोमा मन लागेनबाट चर्चामा आएका नरेश चौधरीले अभिनय गरेका छन्। उनको...

थारूवान

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सांसदहरुलाई नेकपा एमालेले २४ घण्टे स्पष्टीकरण सोध्ने भएको छ । सोमबार ललितपुरको च्यासलमा बसेको केन्द्रीय कमिटीको बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको एक नेताले जानकारी दिए ।

थारूवान

नेकपा एमालेका २२जना सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन् । तीमध्ये ८ जना केपी ओली पक्षका छन् । बरिष्ठ नेता माधवकुमार नेपालसहित १४ जनाले विश्वासको मत दिँदा नेपाल पक्षका १० जना सांसद भने मतदान बहिस्कार गरेर हिडेका छन् ।

थारुवान संबाददाता

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएका छन्। आइतबार प्रतिनिधि सभामा विश्वासको मतको प्रस्ताव राखेका देउवाको पक्षमा १६५ मत आएको छ। विपक्षमा ८३ मत आएको छ भने मत दिन्न भन्नेमा एक मत परेको सभामुख अग्निप्रसाद सापकोटाले बताए।

थारूवान

भारत सरकारले नेपाललाई कोभिड–१९ रोकथामको लागि १५० आईसीयु बेड उपहार स्वरुप प्रदान गरेको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले कानून मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई आईसीयू बेड हस्तान्तरण गरेका हुन् ।

थारूवान

आज कमैया मुक्ति घोषणा भएको २१ वर्ष भएछ । यो २१ वर्ष बीचमा देशमा धेरै परिवर्तन भए । मुख्य कुरा गणतन्त्र आयो, नयाँ समावेसी संविधान बन्यो । देशले नयाँ उचाई लिएको छ । कमैया मुक्ति एक महान घटना थियो ।

शान्ता चौधरी

काठमाडौ‍ंस्थित भारतीय दूतावासले भारतमा विभिन्न विषयमा उच्च शिक्षा तहमा अध्ययन गर्नका लागि छात्रवृत्तिसम्बन्धी सूचना प्रकाशित गरेको छ। अण्डरग्र्याजुयट तहमा अध्ययनका लागि विभिन्न विषयमा दरखास्त माग गरिएको छ। हेर्नुस् विज्ञापन 

थारूवान

बालुवाटार जग्गा प्रकरणमा अख्तियारको मुद्दा खेपेका पूर्व उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार १० लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् । विशेष अदालतले आज थुनछेक बहसपछि गच्छदारलाई १० लाख रुपैयाँ धरौटी बुझाउन आदेश दिएको अदालतका प्रवक्ता पुष्पराज पाण्डेयले बताए ।

थारूवान

गायक संजय चौधरीले थारु पोएट्री एन्ड टेल्स अफ थारु सेरिज अर्थात् थारु कविता र कथा शृंखलाको सुरुवात गरेका छन्। उनले आफ्नो युट्युब च्यानल संजय चौधरीमार्फत् भर्चुअल शृंखलाको सुरुवात गरेका हुन्।

थारूवान