समाचार

सुदूरपश्चिम सरकार सत्तापक्षकै घेराबन्दीमा

सत्तापक्षकै सांसदहरुको विरोधका बाबजुद सुदूरपश्चिम प्रदेशको बजेटमाथिको छलफल सुरु भएको छ। मंगलबार सुरु भएको छलफलमा सत्तापक्षकै प्रदेश सभा सदस्यहरूले बजेटको विरोध गरे। उनीहरूले बजेट मन्त्रीमुखी भएको, सांसदको भूमिका शून्य पारिएको र मन्त्रीका निर्वाचन क्षेत्रमुखी गरिएको आरोप लगाए। सुदूरपश्चिम सरकारले असार १ गते सदनमा प्रस्तुत गरेको बजेटमाथि २६ दिनपछि बल्ल...

थारूवान

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रमुख प्रतिपक्षी दलहरूप्रति आक्रामक बनेका छन्। आफ्नै अभिव्यक्तिबाट विवादित बनेपछि जवाफ दिन संसदको रोस्टममा उभिएका उनले प्रमुख प्रतिपक्षी दलले संसदीय अभ्यास मिचेको आरोप लगाए। प्रश्न गर्ने तर स्पष्टीकरणको मौकासमेत नदिने प्रतिपक्षी दलको व्यवहारप्रति उनी संशकित बने। भारतीय नागरिक प्रितम सिंहको किताब विमोचनका क्रममा दाहालले आफूलाई प्रधानमन्त्री...

थारूवान

प्रमुख प्रतिपक्षी नेकपा एमालेले मधेस प्रदेशसभा बैठक अवरुद्ध गरेको छ। मधेस सरकारका अर्थ मन्त्री संजय कुमार यादवले मनोमानी ढंगबाट करोडौं रुपैयाँ रकमान्तर गरेको भन्दै एमालेले प्रदेशसभा बैठक अवरुद्ध गरेको हो। आर्थिक वर्षको अन्तिम समयमा के कति कारणले बजेट रकमान्तर गरेको भन्ने जवाफ माग गर्दै एमाले शनिबार बैठक सुरु हुनेबित्तिकै...

थारुवान संबाददाता

समाजवादी मोर्चाको बैठकले आलोपालो अध्यक्षता गर्ने निर्णय गरेको छ। आलोकनगरस्थित नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयमा बसेको बैठकले ६-६ महिना आलोपालो नेतृत्व गर्ने सहमति जुटेको एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले जानकारी दिए।

थारूवान

नेपालको विभिन्न भूभागबाट अष्ट्रेलिया आई विभिन्न पेसा ब्यवसाय र अध्यान अध्यापनमा रहेका थारू समुदायबीच साझा चौतारीको रूपमा स्थापित थारू सोसाइटी अफ सिड्नी अष्ट्रेलियाको अधिवेशन ८ जुलाईका दिन सिड्नीको इन्द्रेणी फंक्सन सेन्टर रकडेलमा सम्पन्न भएको छ। अधिवेशनले वर्तमान अध्यक्ष दीपनारायण चौधरीलाई पुनः अध्यक्षमा चयन गर्दै र निवर्तमान कार्यसमितिलाई थोरैमात्र थपघट...

थारुवान संबाददाता

दैलेखमा भारत सरकारको सहयोग निर्मित चार वटा सामुदायिक विकास परियोजनाको उद्घाटन भएको छ। भारतीय राजदूतावासको विकास साझेदारी प्रभागका द्वितीय सचिव प्रशान्त कुमार सोना र जिल्ला समन्वय समिति दैलेखका प्रमुख नमराज शाहीले संयुक्तरूपमा उद्घाटन गरेका हुन्। नेपाल-भारत विकास सहकार्यअन्तर्गत भारत सरकारको १० करोड ८६ लाख आर्थिक सहयोगमा दैलेखमा निर्माण गरिएका...

थारूवान

अभिनेत्री, मोडल तथा नागरिक उन्मुक्ति पार्टीकी नेतृ एलिजा गौतमले सक्रिय राजनीति त्यागेको घोषणा गरेकी छन्। देश र जनताको सेवा गर्ने भन्दै पाँच महिनाअघि राजनीतिमा जोडिएकी उनले बिहीबार फेसबुकमा स्टाटस लेख्दै सक्रिय राजनीतिबाट विश्राम लिएको घोषणा गरेकी हुन्। यद्यपि उनले नागरिक उन्मुक्ति पार्टीबाट राजीनामा दिएको हो वा होइनबारे केही खुलाएकी...

थारुवान संबाददाता

सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेताहरू भारत भ्रमणमा जाने भएका छन्। भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा माओवादीका शीर्ष नेताहरू भारत भ्रमणमा जाने भएका हुन्।

थारूवान

माध्यामिक शिक्षा परीक्षा (एसईई) नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डले बिहीबार २०७९ सालमा लिइएको एसईई परीक्षाको नतिजा सार्वजनिक गरेको हो। परीक्षामा २२ हजार ४७५ जना विद्यार्थीले ३.६० देखि ४.० जीपीए ल्याएको बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले जानकारी दिए। ०.८ देखि १.२ सम्म जीपीए ल्याउने २ हजार दुई सय विद्यार्थी...

थारुवान संबाददाता

लुम्बिनी प्रदेश सरकारले प्रदेशसभामा प्रस्तुत गरेको बजेटका विषयमा असहमत प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) र सरकारबीच सहमति भएको छ । बजेटउपर असहमति जनाएर लगातार सदन अवरुद्ध गर्दै आएको प्रमुख प्रतिपक्षी दल एमालेले प्रदेशसभाको मंगलबार बसेको दोस्रो बैठकमा पनि विरोध जनाएको थियो । बहिष्कारपछि गए राति दुवै पक्षबीच वार्ता भएको...

थारूवान