समाचार
अरु पार्टीको चुनाव चिन्हबाट उम्मेदवार बन्नुअघि आबद्ध पार्टीबाट राजीनामा दिनुपर्ने
अरु पार्टीको चुनाव चिन्हबाट चुनाव लड्न नपाउने भएको छ। निर्वाचन आयोगले अरु पार्टीको चुनाव चिन्हबाट उम्मेदवार बन्नुअघि आबद्ध रहेको पार्टीबाट राजीनामा दिनुपर्ने व्यवस्था प्रस्ताव गरेको छ। आयोगको सोमबार बसेको बैठकले त्यस्तो व्यवस्था गरेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कुनै एक राजनीतिक दलको...
थारूवानकुनै पनि तहको निर्वाचनमा पराजित उम्मेदवार अर्को तहको निर्वाचनमा उम्मेदवार बन्न नपाइने भएको छ। निर्वाचन आयोगको सोमबार बसेको बैठकले त्यस्ता पराजित उम्मेदवार पदको कार्यकाल पूरा नभएसम्म उम्मेदवार बन्न नपाइने व्यवस्था प्रस्ताव गरेको हो। उक्त व्यवस्था लागू भएपछि स्थानीय तह निर्वाचनमा पराजित उम्मेदवार प्रदेश र संघीय निर्वाचनमा उम्मेदवार बन्न पाउने...
थारूवानआशिष चौधरीको निर्णायक गोलप्रेरित नेपालले साफ च्याम्पियनसिपअन्तर्गत समूह चरणको अन्तिम खेलमा पाकिस्तानलाई १–० को नतिजामा पराजित गरेको छ। भारतको बेङ्गलुरुस्थित श्री कान्तिरभा रंगशालामा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा पाकिस्तानमाथि आक्रामक बनेको नेपालका लागि आशिषले १० मिनेट बाँकी रहँदा गरेको एक मात्र गोल निर्णायक बन्यो।...
थारुवान संबाददातापूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षीस्थित सडक खण्डमा आज सडक दुर्घटनामा परेर बाबुछोरीको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शिवसताक्षी-९ भालुखोलास्थित राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आइरहेको प्र १-०२-००१क ३८७९ नं को ट्रक र विपरीत दिशाबाट गइरहेको प्र १-०१-००च ७४८२ नंको कार एकापसमा ठक्कर खाँदा कार चालक मोरङको उर्लाबारी-६ का ४५...
थारुवान संबाददाताजनता समाजवादी पार्टी (जसपा) नेपालको आज बसेको केन्द्रीय समितिको बैठकले पार्टीका पाँच जना केन्द्रीय सदस्यलाई पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको छ। आजको बैठकले विसं २०७९ मङ्सिरमा सम्पन्न भएको निर्वाचनमा अन्तर्घात गर्ने पार्टीका केन्द्रीय सदस्य दीपेन्द्र नेम्वाङ, देउकुमार नेम्वाङ, महेन्द्र चौधरी, मनोरञ्जन गोइत र धर्मेन्द्र मरवैतालाई पार्टी सदस्यबाट निष्काशन गर्ने...
थारुवान संबाददाताचट्याङ लागेर सोमबार दंगीशरण गाउँपालिकामा दुई जनाको मृत्यु भएको छ। खेतमा काम गरिरहेका बेला अपराह्न चट्याङ पर्दा दंगीशरण-३ का ३७ वर्षीय रामनारायण चौधरी र दंगीशरण-६ का ३२ वर्षीय समीर केसीको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर वलीले बताए। चट्याङ लागेर सख्त घाइते भएका दुवै जनाको राप्ती प्रादेशिक अस्पताल...
थारुवान संबाददाताजेठी श्रीमती हुँदाहुँदै दोस्रो विवाह गर्न खोज्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। गौरा दह प्रहरीले इटहरी-१९ सुनसरीका साजन चौधरीलाई बिहीबार विवाह मण्डपबाटै पक्राउ गरेको हो। गौरा दह-२ झापाकी एक युवतीसँग विवाह गरी अन्माउने बेलामा प्रहरी पुगेको थियो। जेठी श्रीमतीको उजुरीको आधारमा चौधरीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। पक्राउ...
थारुवान संबाददाता
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश