समाचार

इन्दोर पुगेर प्रधानमन्त्री प्रचण्डद्वारा फोहोर व्यवस्थापन केन्द्रको अवलोकन

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज भारतको मध्यप्रदेशको इन्दोरमा रहेको फोहोर व्यवस्थापन केन्द्रका अवलोकन गरेका छन्।

थारूवान

नेपालमा थारूको जनसंख्या १८ लाख ७ हजार १२४ कायम भएको छ। तथ्यांक विभागले शुक्रबार विज्ञप्ति प्रकाशन गर्दै थारूको जनसंख्या ६.२ प्रतिशत रहेको जनाएको छ।

थारुवान संबाददाता

नेकपा एमालेले राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गर्नु असंवैधानिक रहेको बताएको छ। शुक्रबार बसेको सचिवालउ बैठकले नागरिकता विधेयक प्रमाणीकरणप्रति आपत्ति जनाउँदै गलत नजीर स्थापित गरेको बताएको छ।

थारुवान संबाददाता

सर्वप्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उनको प्रतिनिधि मण्डललाई भारतमा हार्दिक स्वागत गर्न चाहन्छु। मलाई याद छ, ९ वर्षअघि सन् २०१४ मा कार्यभार सम्हालेको तीन महिनाभित्र नेपालको पहिलो भ्रमण गरेको थिएँ। त्यतिबेला मैले नेपाल-भारत सम्बन्धका लागि एउटा ‘हिट फर्मुला (एचआईटी)’ दिएको थिएँ। हाइवेज, आइवेज र ट्रान्सवेज।

प्रधानमन्त्री नरेन्द्र मोदी

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय एयरलाइन्स कम्पनीलाई भैरहवा र पोखरामा उडान गर्न आह्वान गरेका छन्। नयाँ दिल्लीमा नेपाल र भारतका व्यापारीहरूको संयुक्त भेलालाई सम्बोधन गर्दै उनले अन्तर्राष्ट्रिय उडानका लागि भैरहवा र पोखरामा पूर्वाधार तयार भइसकेकाले भारतका विभिन्न सहरबाट उडान भर्न आह्वान गरे।

थारुवान संबाददाता

चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्यहाँका राष्ट्रपति द्रौपति मुर्मूसँग शिष्टाचार भेटवार्ता गरेका छन्। उनले राष्ट्रपति भवनमा मूर्मूसँग शिष्टाचार भेटवार्ता गरेका हुन्।

थारुवान संबाददाता

नेपाल र भारतबीच सात वटा मुख्य सम्झौता भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको क्रममा बिहीबार द्वीपक्षीय सम्झौता भएको हो । बिहान भएको प्रतिनिधिमण्डलस्तरीय वार्तापछि पत्रकार सम्मेलन मार्फत् सहमति सार्वजनिक भएको हो ।

थारुवान संबाददाता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय समकक्षी नरेन्द्र मोदीलाई पशुपतिनाथको चन्दन, प्रसाद र रुद्राक्षको माला उपहार दिने भएका छन्। चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्रीले आज समकक्षी मोदीलाई भेट्ने कार्यक्रम छ। त्यसक्रममा उनले पशुपतिको मूल मूर्ति (पञ्चमुखी)मा अर्पण गरिएको नेत्र, रुद्राक्षको माला, फूल र नैवेद्य उपहार दिनेछन्।

थारुवान संबाददाता

प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री दाहालले प्रतिनिधि मण्डलसहित समकक्षी मोदीको कार्यालय हैदराबाद हाउसमा भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गरेका हुन्।

थारुवान संबाददाता

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महात्मा गान्धीको समाधिस्थलमा पुष्पगुच्छा अर्पण गरेका छन्। बिहीबार भारतीय समकक्षी नरेन्द्र दामोदरदास मोदीसँग भेटवार्ता गर्नुअघि प्रचण्डले महात्मा गान्धीको समाधीस्थल राजघाट पुगेर श्रद्धाञ्जलि अर्पण गरेका हुन्।

थारुवान संबाददाता