समाचार

माधव नेपालको पार्टीको नाम फेरियो, अब नेकपा एकीकृत समाजवादी

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको पार्टीको नाम फेरिएको छ। अब पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी अर्थात् नेकपा एकीकृत समाजवादी हुने नेता नागेन्द्र चौधरीले जानकारी दिए।

थारुवान संबाददाता

महन्थ ठाकुर पक्षले पनि पार्टीको नाम परिर्वतन गरेको छ । पार्टीको नाम लोकतान्त्रिक समाजवादी पार्टी राखिएको नेता केशव झाले जानकारी दिए । सरकारले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्‍याएर पार्टी फुटाउन सक्ने अध्यादेश ल्याएपछि ठाकुर पक्षले जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक) दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको...

थारुवान संबाददाता

वैदेशिक रोजगारीको शिलशिलामा कुवेत पुगेकी द्रौपती चौधरीको शव अलपत्र परेको छ। आर्थिक अभाव हुँदा करिब दुई हप्तादेखि अलपत्र परेको मोरङकी चौधरीको शव नेपाल पठाउन गैरआवसीय नेपाली संघ (एनआरएनए) कुवेतले आर्थिक संकलन सुरु गरेको छ।

थारुवान संबाददाता

जसपाका निलम्बित सांसद रेशम चौधरी अन्ततः तटस्थता तोडेका छन्। जसपाको आधिकारिक हेडकाउन्टमा उनी तटस्थ बसेका थिए। तर उपेन्द्र यादव नेतृत्वको जसपाले रेशम चौधरीलाई पनि कार्यकारिणी सदस्यमा राखेको थियो।

थारुवान संबाददाता

महन्थ ठाकुरले निर्वाचन आयोगमा नयाँ पार्टी दर्ताका लागि निवेदन दिएका छन्। ठाकुर अध्यक्ष रहने गरी बुधबार आयोगमा जनता समाजवादी पार्टी नेपाल लोकतान्त्रिक दर्ता गरिएको छ। उक्त पार्टीले चुनाव चिन्ह साइकल राखेको छ।

थारुवान संबाददाता

निर्वाचन आयोगमा तटस्थ बसेका जसपाका निलम्बित सांसद रेशम चौधरीले आज अन्तिम निर्णय गर्नुपर्ने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले दल विभाजनसम्बन्धी अध्यादेश जारी गरेलगत्तै महन्थ ठाकुर समूहले जनता समाजवादी पार्टी (लोकतान्त्रिक) नामक नयाँ दल दर्ता गर्ने भएको छ। जसको पूर्ण तयारीमसते भइसकेको छ।

थारुवान संबाददाता

महन्थ ठाकुर समूहले नयाँ दल दर्ता गर्ने भएको छ। राष्ट्रपतिबाट दल विभाजन सम्बन्धी अध्यदेश जारी हुनेवितिकै नयाँ दल दर्ताका लागि महन्थ समूह आजै निर्वाचन आयोग जाने भएको छ। नयाँ दल गठनका लागि यतिबेला बबरमहलस्थित पार्टी कार्यालयमा छलफल चलिरहेको उनी निकट एक नेताले जानकारी दिए।

थारुवान संबाददाता

दुई हप्ताअघि मृत अवस्थामा भेटिएकी कृशला चौधरीको हत्यामा संलग्न भएको आरोपमा दुई युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार गत साउन १९ गते मृत भेटिएकी त्रियुगा नगरपालिका–६ मोहनपुरकी १७ वर्षीया कृशला चौधरीको हत्यामा संलग्न सप्तरीका दुई जना युवक पक्राउ परेका हुन्।

थारूवान

सरकारले २० प्रतिशत केन्द्रीय सदस्य वा सांसदहरूले चाहेमा दल विभाजन गर्न सक्ने गरी राजनीतिक दलसम्बन्धि अध्यादेश ल्याउने निर्णय गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो नेतृत्वको सरकारको बुहमत टिकाइराख्न थोरै संख्यामा पनि दल विभाजन गर्न सक्ने प्रावधान सहितको अध्यादेश जारी गर्ने निर्णय मन्त्रिपरिषद्‍बाट गराएका हुन्।

थारुवान संबाददाता

प्रा. डा. दानराज रेग्मी, भाषाविज्ञान केन्द्रीय विभाग, त्रिवि भाषा मानवीय र सामाजिक वस्तु हो । मानिसले मात्र भाषाका माध्यमले विचार आदानप्रदान गर्दछन् । भाषालाई जातीय पहिचानको मेरुदण्ड, संस्कृति र सभ्यताको सम्वाहक मानिन्छ । संरचनावादीले भाषालाई स्वरूप (form) र प्रकार्यवादीले केवल प्रकार्य (function)को रूपमा परिभाषित गरेको पाइन्छ । नवप्रकार्यवादीहरूले भने...

प्रा. डा. दानराज रेग्मी, भाषाविज्ञान केन्द्रीय विभाग, त्रिवि