समाचार

दिलीप स्मृति प्रतिष्ठानद्वारा पुरस्कार छनौट समिति गठन, ३० गते तयारी भेला हुने

दिलीप स्मृति प्रतिष्ठानले तीन सदस्यीय पुरस्कार छनौट समिति गठन गरेको छ। पत्रकार कृष्ण मल्लको संयोजकत्वमा गठित समितिमा अधिवक्ता बाबुराम राई र राजेन्द्र चौधरी सदस्य रहेका छन्।

थारुवान संबाददाता

असोज २०, चितोनिया र ललपुरिया थारु समुदायले आज यमोसा पर्व मनाइरहेका छन् । आज सबेरै दाभी (सिरु) काटेर मुठा पारी घरको मूल ढोका अगाडि पितृ स्थापना (पहुनी बेठोइ) गरिन्छ । पहुनीलाई विभिन्न थरीका फूलहरुले सिंगारिन्छ । घाम नलागोस् भनी छाता वा छतिया ओढाइन्छ ।

कारी महतो

कारी महतो चितवन र नवलपुरका थारु समुदायले मनाउने यमोसा पर्व यस वर्ष चितवनको विभिन्न थारु संघसंस्थाहरुले सामूहिक रुपमा मनाउने भएका छन् । थारु कल्याणकारिणी सभा चितवन, थारु पत्रकार संघ चितवन, थारु महिला सभा चितवन, थारु बुद्धिजीवी सभा, थारु युवा सभा, थारु कलाकार सभा, थारु विद्यार्थी समाज लगायत संघसंस्थाहरुले सामूहिक...

कारी महतो

नेपाल आदिवासी जनजाति महासंघका पूर्व अध्यक्ष राजकुमार लेखी नेकपा एमालेमा प्रवेश गरेका छन्। ललितपुरको गोदावरीमा जारी पार्टीको विधान महाधिवेशनको अन्तिम दिन एमाले अध्यक्ष केपी शर्मा ओलीले लेखीसहितका ५५ जनालाई पार्टी प्रवेश गराएका हुन्।

थारुवान संबाददाता

थारु कल्याणकारिणी सभाले युएईले जितिया विशेष कार्यक्रम आयोजना गरेको छ। गत शुक्रबार डटकट (दर खाने) कार्यक्रम भब्यताका साथ सम्पन्न भएको कार्यक्रम संयोजक लालबहादुर चौधरी र भागरथी कुमार भगतले जानकारी दिएका छन्।

थारुवान संबाददाता

पूर्व-पश्चिम् राजमार्ग अन्तर्गत चन्द्रनिगाहपुरमा भारतीय नम्बरको ट्रकको ठक्करबाट एक युवकको ज्यान गएको छ । गएराति भएको दुर्घटनामा चन्द्रपुर नपा २ जुडिवेलाका सोनालाल चौधरीको ज्यान गएको हो ।

थारुवान संबाददाता

नेपालले माल्दिभ्समा जारी १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबलमा विजयी सुरुआत गरेको छ। मालेमा शुक्रबार राति भएको खेलमा साविक विजेता तथा आयोजक माल्दिभ्सलाई १-० गोल अन्तरले पराजित गर्दै सुखद सुरुआत गरेको हो।

थारुवान संबाददाता

अमेरिकामा बस्ने थारुहरुले जितिया पर्व मनाएका छन्। सिकागोल्यान्ड थारु सोसाइटीको आयोजनामा बिहीबार साँझ जितिया पर्व मनाइएको हो। जितिया पर्वसँगै सिकागोल्यान्ड थारु सोसाइटीको वार्षिक साधारणसभा समेत गरिएको छ।

थारुवान संबाददाता

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टीकापुर घटनन थारु समुदायमाथि भएको उत्पीडन र शोषणविरुद्धको विद्रोह भएको बताएका छन्। पार्टी कार्यालय पेरिसडाँडामा आयोजित थारु राष्ट्रिय मुक्ति मोर्चाको पूर्ण केन्द्रीय समितिको बैठकमा उनले यस्तो बताएका हुन्।

थारुवान संबाददाता

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता राजकुमार लेखीले पार्टीबाट राजीनामा दिएका छन्। उनले प्रेस लोकतान्त्रिक समाजवादीका नेता राजेन्द्र महतोलाई बिहीबार बिहान राजीनामा बुझाएका हुन्।

थारुवान संबाददाता