समाचार

एमबीबीएस प्रवेश परीक्षामा नाम निकाल्न सफल थारु विद्यार्थीहरु सम्मानित

थारु विद्यार्थी समाजले चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षा (एमबीबीएस)मा नाम निकाल्न सफल भएका थारु विद्यार्थीहरुलाई सम्मान गरेको छ। थारु विद्यार्थी समाजलेराजधानीमा एक कार्यक्रम आयोजना गरी ६७ नमबरमा नाम निकाल्न सफल सुनसरीका निश्चल चौधरी, रुपन्देहीका अभिषेक चौधरी (८४ नम्बर) र बिक्की चौधरी र जिल्ला नखुलेका नरेन्द्र प्रसाद चौधरीलाई...

थारुवान संबाददाता

काठमाडौंको कीर्तिपुर नगरपालिका खसी बजारमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। गएराति बा ७३ प ६०१२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर सडक छेउमा पल्टिदा चालक कन्चनपुर बेलौरी नगरपालिकाका ३२ वर्षीय दयाराम चौधरीको मृत्यु भएको हो।

थारुवान संबाददाता

राजापुर नगरपालिकावडा नं. २ जोतपुर गाउँको बरघर चोकमा थारु समुदायले गुरिया कार्यक्रम गरेका छन्। थारु समुदायले मनाउँदै आएको यो पर्व कतिपय गाउँहरुमा गुरियाको नाममा मिठो मसिनो खाने मात्र काम हुँदै गरेकोमा यस वर्ष विधिपुर्वक सम्पन्न गरिएको जनाइएको छ।

थारूवान

दिलबहादुर चोधरी कुनै पनि जातजातिले मनाउने चाडपर्व, ब्रत, उपबास, तर त्यौहार उनीहरुको धर्म, इतिहास, कथा, कहानीसँग जोडिएको हुन्छ । अथवा पहिले यस्तो थियो, त्यसैले अहिले पनि मानिसहरु यसो गरिरहेका छन् । फलानो युगदेखि, भगवान, देव देवीले यसो गर्दा, फलाना राजाको पालामा यसो हुँदा मानिसहरु यस्तो चलन अपनाएका हुन् आदि...

दिलबहादुर चोधरी

लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीको रुपमा माओवादी केन्द्रका कुलप्रसाद केसी नियुक्त भएका छन्। प्रदेश सभाका ४ दलबीचको गठबन्धनका तर्फबाट प्रदेश प्रमुखसामु पेश भएको दाबीअनुसार केसी मुख्यमन्त्री नियुक्त भएका हुन्।

थारुवान संबाददाता

प्रदेश दुईको लोक सेवा आयोगले पाँचौं र चौथो तहअन्तर्गत पदको बढुवाको सूचना निकालेको छ। जसमा थारु महिलाहरुको कोटा छुट्याएको छ। प्रदेश लोक सेवा आयोगले पहिलोपटक थारु महिलाको लागि कोटा छुट्याएको हो। आयोगले पाँचौ तहअन्तर्गत सामान्य प्रशासनमा एक जना थारु महिला, रेन्जर, वन, जनरल फरेस्ट्रीतर्फ एक जना थारु महिलालाई कोटा...

थारुवान संबाददाता

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल राजीनामा दिएका छन् । प्रदेश सभामा आफूविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल र निर्णय गर्न बोलाइएको विशेष अधिवेशन सुरू हुनु अगावै उनले राजीनामा दिएका हुन् । सरकारका प्रवक्ता वैजनाथ चौधरीले मुख्यमन्त्री पोखरेलले पदबाट राजीनामा दिएको पुष्टि गरे ।

थारुवान संबाददाता

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त भएका छन्। घिसिङलाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नियुक्त गरेको हो। २०७७ भदौमा आफ्नो ४ वर्षे कार्यकाल पूरा गरेर विदा भएका घिसिङलाई सरकारले पुनः प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको छ।

थारुवान संबाददाता

त्रियुगा नगरपालिका–६ मोहनपुरकी १६ वर्षीया किशोरी क्रिष्टिला चौधरीको हत्यामा संलग्न रहेको आशङ्कामा जिल्ला प्रहरी कार्यालय उदयपुरले तीन जनालाई पक्राउ गरेको छ। यही साउन १३ गतेदेखि बेपत्ता भएकी क्रिष्टिलाको १९ गते मोहनपुरको राजदेवी सामुदायिक वनमा विभत्स अवस्थामा शव फेला परेको प्रहरीले बताएको छ।

थारुवान संबाददाता

थरुहट थारुवान राष्ट्रिय मोर्चाले काठमाडौंमा वृहत् अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको छ। टीकापुर थरुहट थारुवान विद्रोहको ६ वर्ष पुगेको भन्दै मोर्चाले अन्तर्क्रिया गरेको हो। ७ भदौ २०७२ मा कैलालीको टीकापुर घटेको घटनालाई थारुहरुले विद्रोहको रुपमा लिँदै आएको छ।

थारुवान संबाददाता