थारू समाचार

थाकस युएईले माघी मनाउँदै, राज कुश्मी र अन्जु कश्मीले बेजोड प्रस्तुती दिने

थारू कल्याणकारिणी सभा (थाकस) युएईले यस वर्ष पनि माघी मनाउने भएको छ। “थारू कला संस्कृति हाम्रो पहिचान, यसलाई संरक्षण र प्रवर्द्धन गर्ने हाम्रो अभियान” नारासहित थाकस युएईले ११औं वार्षिक भेला तथा तिला सकरा, खिचरा, खिचरी, खिचडी, माघ, माघी नाम दिएर कार्यक्रम गर्न लागेको हो।

थारूवान

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले बालबालिकालाई विद्यालय शिक्षापछिको समयमा खेलकुदमा लगाउन आग्रह गरेका छन्। बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

थारूवान

मोटरसाइकल दुर्घटना परी वडा प्रहरी कार्यालय लमही, दाङमा कार्यरत प्रहरी जवान गणेश चौधरीको मृत्यु भएको छ।

थारूवान

पार्टीको नेतृत्व विवादले नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशम चौधरी टाढिएको महिनौं वितिसकेको छ। विवाद अदालतसम्म पुगेपछि श्रीमान श्रीमतीसमेत रहेका उनीहरूबीच लामो समय वार्तालाप पनि नभएको निकटस्थहरू बताउँछन्।

थारूवान

नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सिकलसेल एनिमियाका सबै बिरामीलाई निशुल्क औषधी र स्तरीय उपचारको व्यवस्था सरकारले गर्ने बताएका छन्।

थारूवान

तराई-मधेश आधारित राजनीति गर्ने दलहरूबीच विभिन्न राजनीतिक बुँदामा सहकार्यका लागि ‘लुज फोरम’ गठन हुने भएको छ । हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी, नेपालले त्यसका लागि वार्ता टोली नै गठन गरिसकेको छ ।

थारूवान

नेकपा माओवादी केन्द्रले लेखा समिति सभापतिको राजीनामा मागेको छ । सोमबार सिंहदरबारमा बसेको लेखा समिति सभापतिको बैठकमा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले सभापति ऋषिकेश पोखरेलको राजीनामा मागेका हुन्।

थारूवान

लुम्बिनी प्रदेशबाट बर्दिया र बाँके जिल्लालाई कर्णाली प्रदेशमा गाभ्ने विषयले ठूलो बहस सिर्जना गरेको छ। बर्दिया र बाँकेमा बस्ने थारू जनप्रतिनिधिहरूले यस विषमा खुलेर विरोध गर्न थालेका छन्। पार्टीका ठूला नेतहरूले भित्रभित्रै बर्दिया र बाँकेलाई कार्णालीमा गाभ्ने कसरत गरिरहेको उनीहरूको आरोप छ।

थारूवान

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्रीसमेत रहेका रवि लामिछानलाई हिरासतमा दिइएको सुविधाप्रति धेरैले प्रश्न गरेका छन्। कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेको तस्बिर सार्वजनिक भएपछि उनलाई दिइएको सुविधाप्रति नागरिक उन्मुक्ति पार्टीकी अध्यक्षसमेत रहेकी रञ्जिता श्रेष्ठले प्रश्न गरेकी छन्।

थारूवान

विगतको वर्षमा झैँ चालू वर्षमा पनि कैलालीको धनगढी उपमहानगरपालिका-१६ स्थित भादा गाउँमा थारु होमस्टे महोत्सव आयोजना हुने भएको छ। थारु होमस्टे गाउँ भादाको प्रचारप्रसार एवम् प्रवर्द्धन गर्ने उद्देश्यका साथ पुस १७ देखि २१ गतेसम्म महोत्सव आयोजना हुने भएको हो।

थारूवान
1 52 53 54 55 56 228