थारू समाचार
थारूहरू चढेको मिनी बस दुर्घटना, दुई जनाको मृत्यु, १२ घाइते
दाङको लमही नगरपालिका वडा नम्बर ९ मा मिनी बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। लमहीको च्याउ खोला भन्ने स्थानमा सोमबार बिहान ६ बजे लु१ज ४२९८ नम्बरको विङ्गर मिनी बस दुर्घटना भएको हो।
थारूवानपश्चिम नवलपरासीको सुस्तामा गत बिहीबार साँझ गोली प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। सुस्ता गाउँपालिका-२ मुसहर टोल बस्ने २३ वर्षीय रोहन महतोको गोली हानी हत्या गरेको आरोपमा प्रहरीले सुस्ता-२ महलबारी बस्ने २२ वर्षीय विशाल मुसहर, २१ वर्षीय मोहन थारू र १८ वर्षीय साहिल थारूलाई...
थारूवानचितवनस्थित बाराही जंगल लजकी नेचर गाइड एलिना चौधरी प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड `टिओएफ टाइगर्स लज नेचुरिलष्ट´बाट सम्मानित भएकी छन्। परम्परागत रूपमा पुरुषहरूको प्रभुत्व रहेको जंगली जीवजन्तुको संरक्षण, दिगो पर्यटन र महिलाहरूको सशक्तीकरणमा पुर्याएको अद्वितीय योगदानको कदर गर्दै एलिनालाई अवार्ड प्रदान गरिएको हो।
थारूवानतिब्बत मामिलामा नेपालको परराष्ट्र नीति सधैं कमजोर हुने गरेको छ। चिनियाँ दबाब कारण नेपाल तिब्बत मामिलामा सधैं कमजोर बन्ने गरेको कूटनीतिक विशेषज्ञहरू दाबी गर्छन्। दलाई लामालाई कमजोर पार्ने चिनियाँ नीतिमा नेपाल चुकिरहेको उनीहरू बताउँछन्। यसपटक फेरि यस मामिलामा नेपालको परराष्ट्र नीति कमजोर देखिएको छ। चीनले ११औं पञ्चेम लामाको रूपमा...
थारूवानयुवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले थारु क्लस्टरसहितको निजामती विधेयक नबन्दा थारु समुदायमाथि अन्याय भइरहेको बताए। प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलमा सहभागी हुँदै मन्त्री चौधरीले यस्तो बताएका हुन्। उनले संविधान जारी भइसकेको ९ वर्षसम्म...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश