थारू समाचार
विरोध थेग्न नसकेपछि मधेस सरकारले फिर्ता लियो भाषा विधेयक
मधेस प्रदेश सरकारले प्रदेश सभामा प्रस्तुत गरेको भाषा विधेयक शुक्रबार फिर्ता लिएको छ। मधेसमा विधेयकको तीव्र विरोध भएपछि सरकारले शुक्रबारको प्रदेशसभाको बैठकमा विधेयक फिर्ता लिने प्रस्ताव प्रस्तुत गरेको थियो।
थारूवानचीनमा बढ्दो लैङ्गिक असन्तुलन र तीव्र गतिमा बढ्दो जनसंख्याले एसियाली देशहरू, विशेष गरी गरिब छिमेकीहरूबाट दुलही बेचबिखनको समस्यालाई बढाएको छ। यो अब दक्षिण पूर्वी एसियामा सीमित छैन तर चिनियाँ तस्करहरूले नेपाल, पाकिस्तान र बंगलादेश जस्ता दक्षिण एसियाली राष्ट्रहरूलाई लक्षित गर्न थालेका छन्। उत्तर कोरिया विवाह र यौन दासत्वको लागि...
थारूवानमधेस प्रदेश सरकारले थारू भाषालाई सरकारी कामकाजी भाषामा नसमेटेको भन्दै थारू सम्बद्ध संघसंस्थाले आपत्ति जनाएका छन्। थारूहरूको छाता संगठन थारु कल्याणकारिणी सभाले बिहीबार विज्ञप्ति जारी गरेर विधेयकप्रति आपत्ति जनाए। सभापति प्रेमीलाल चौधरी र महासचिव मिनराज चौधरीले विज्ञप्ति जारी गरेर विधेयकप्रति थारु कल्याणकारिणी सभाको घोर आपत्तिसहित गम्भिर ध्यानाकर्षण भएको जनाएका...
थारूवानथारू कल्याणकारिणी सभाले मधेस प्रदेश सरकारको कामकाजी भाषामा थारू भाषालाई नसमेटेको भन्दै आपत्ति जनाएको छ। यस सम्बन्धमा मधेस प्रदेश सरकारका शिक्षा मन्त्री रानीकुमारी तिवारीले बुधबार सदनमा विधेयक पेस गरेकी थिइन्। विधेयकमा मैथिली, भोजपुरी, बज्जिकालगायत भाषालाई समेटे पनि थारू भाषालाई समेटिएको छैन।
थारूवाननेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वजनिकरूपमै नागरिक उन्मुक्ति विपक्षी गठबन्धनमा सहभागी हुने खुलासा गरे। नयाँ बानेश्वरमा आयोजित विपक्षी गठबन्धनको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले संयुक्त वक्तव्यमा ‘७ दलको हस्ताक्षर रहेको र यसमा नागरिक उन्मुक्तिको पनि समर्थन रहेको’ बताए।
थारूवाननागरिक उन्मुक्ति पार्टीका नेता एवं पर्यटन राज्यमन्त्री अरुण चौधरीको मुद्दा खारेज भएको छ। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीहरू सपना मल्ल प्रधान, कुमार रेग्मी,हरिप्रसाद फुयाल र डा.मनोजकुमार शर्मा सम्मिलित संवैधानिक इजलासले बुधबार पर्यटन राज्यमन्त्रीसमेत रहेका चौधरीविरुद्धको मुद्दा खारेज गरेको हो।
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश