रञ्जिताको अर्को एक्सन- घनश्यामको जिम्मेवारी खोसेर कैलाशलाई बनाइयो दलका नेता

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीको जिम्मेवारी खोसेकी छन्। सभामुख भीमबहादुर भण्डारीलाई पत्र लेखेर उनले घनश्यामको जिम्मेवारी खोसेकी हुन्।

पार्टीको निर्देशन पालना नगरेको भन्दै उनले घनश्यामलाई हटाएर कैलाश चौधरीलाई दलको नेताको जिम्मेवारी तोकेकी हुन्। कैलाश रञ्जिता पक्षकी सांसद हुन् भने घनश्याम रेशम चौधरी पक्षका हुन्।

अध्यक्ष श्रेष्ठले संसदीय दलको विधान तयार नभएको केन्द्रीय समितिको चैत २५ गते बसेको निर्णयअनुसार संसदीय दलको हैसियतमा काम गर्ने निर्णय भएको जानकारी समेत गराएकी छन्।

यसअघि उनले रेशम पक्षका समानुपातिक सांसद इन्दिरा गिरीको जिम्मेवारी खोसेकी थिइन्। प्रदेश सचिवालयले सोमबारमात्रै गिरी पदमुक्त भएको सूचना टास गरेको थियो।




One thought on “रञ्जिताको अर्को एक्सन- घनश्यामको जिम्मेवारी खोसेर कैलाशलाई बनाइयो दलका नेता

  1. रन्जिताको एक्सन्को रिएक्सन 84 मा थाहा पाउछिन यिनले ।

Leave a Reply to श्याम कुमार चौधरी Cancel reply

Your email address will not be published. Required fields are marked *