माग सम्बोधन नभएपछि संघर्ष समितिको आन्दोलन लम्बियो
थरुहट/थारुवान संयुक्त संघर्ष समितिले तराईमा गर्दै आएको बन्दको कार्यक्रम भदौ ४ सम्मलाई निरन्तरता दिने भएको छ। यसअघि साउन ३२ गतेसम्म बन्द गर्ने निर्णय गरेपनि सरकारले थारुहरुको माग अझै समुबोधन नगरेको भन्दै बन्दलाई निरन्तरता दिने निर्णय गरेको हो। चार शीर्ष दलका शीर्ष नेताले आफूखुसी प्रदेशको सीमांकन गरेको भन्दै समिति गत २७ गतेदेखि आन्दोलित बनेको हो।
समितिले तराईका विभिन्न जिल्लामा मसाल जुलुस् र फासीको फन्दा जलाउनुको साथै बाइक र्याली र आमसभा आयोजना गर्दै आएको छ।

Facebook Comment