बुबालाई कुटपिट गरी हत्या गर्ने छोरा राजेन्द्र थारू पक्राउ

बर्दियामा हत्या आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राजापुर नगरपालिका–३, सेन्द्राका राजेन्द्र थारू छन् ।

आफ्नै बुवा ५० वर्षीय कालुराम थारूको हत्या गरेको उनीमाथि आरोप छ । आइतबार (कात्तिक ८) राति उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

राजेन्द्रले कुटपिट गर्दा कालुराम गम्भीर घाइते भएका भन्ने सूचना पाएपछि खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । कुटपिटबाट घाइते कालुरामको उपचारका क्रममा बाँकेको नेपालगन्जस्थित सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेसमा सोमबार (कात्तिक ९) बिहान मृत्यु भएको प्रहरीले जनाएको छ




Leave a Reply

Your email address will not be published. Required fields are marked *