सप्तरी मोर्चाद्वारा नौ बुँदै मागको घोषणा
संयुक्त मधेसी मोर्चाको आज सप्तरीको भारदहमा सम्पन एक भेलाले नौ बुँदै माग राखेको छ। बैठकले उच्चस्तरीय स्वतन्त्र निकायबाट छानबिनको माग गर्दै हत्या गर्ने दोषी प्रहरीमाथि कारबाहीको माग गरेका छन्।
सप्तरी मोर्चाको संयोजक दिनेश यादवले जारी गरेको विज्ञप्तीमा स्थानीय मृतक राजीव राउतलाई शहिद घोषणा गर्नुपर्ने, गोलि चलाउने र आदेश दिने दोषी प्रहरीलाई कर्तब्य ज्यान मुद्दा दर्ता गरी कारबाही हुनुपर्ने, सप्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी वीरेन्द्र यादव र प्रहरी उपरीक्षक शिशिरकुमार कर्माचार्यलाई अविलम्व निलम्वन गर्नुपर्ने, राउतको परिवारलाई तत्काल रु बीस लाख क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने साथै निजको परिवारलाई जीवन पर्यन्तको भरण पोषणको ग्यारेन्टी हुनुपर्ने तथा घाइते आन्दोलनकारीको अविलम्ब निःशुल्क उपचारको व्यवस्था मिलाउनु पर्ने, मृतक राउतको छोरा छोरीलाई उच्चशिक्षासम्म शिक्षा दिनुपने र रोजगारीको ब्यवस्था मिलाउनुपर्ने लगायतका मधेसी मोर्चाले माग गरेका छन्। रासस

Facebook Comment