थारु आन्दोलन सशक्त बनाउन थारु महिलाको राष्ट्रिय भेला जारी, बन्दसत्र सुरु
काठमाडौं- सिराहाको लहानमा जारी थारु महिला सभाको राष्ट्रिय भेलाको उद्घाटनसत्र सम्पन्न भएको छ। उद्घाटन सत्र सकिएलगत्तै बन्द सत्र सुरु भएको छ। बन्दसत्रमा देशभरिको १५ जिल्लाबाट महिलाहरुको प्रतिनिधित्व रहेको सभाका हरि देवीले जानकारी दिइन्।
थारु कल्याणकारिणीसभाका केन्द्रीय संरक्षक अमृत खाँको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटनसत्रमा वक्ताहरुले थारुको आन्दोलनलाई सशक्त र प्रभावकारी बनाउनुपर्ने बताए। उद्घाट सत्रमा थारु कल्याणकारिणीसभाका पूर्वमहामन्त्री राजकुमार लेखीले थारु आन्दोलन प्रभावकारी बनाउन महिलाहरु संगठित हुनुपर्ने बताए। ‘थारुको माग सम्बोधन नहुँदासम्म आन्दोलन रोकिँदैन, आन्दोलन झन कडारुपमा अगाडि बढ्छ,’ लेखीले भने।








Facebook Comment