थारु कलाकारहरु सम्मानित, थारुउड स्थापना गर्नुपर्ने जोड

सिरहाको देवीदहमा थारु कलाकारहरु सम्मानित भएका छन्। रिकेश म्युजिक प्रालिलले आयोजना गरेको सम्मान कार्यक्रममा अभिनेता परशुराम चौधरी र थारु गीतकार भगवति चौधरीलगायत थारु कलाकारहरु सम्मानित भएका हुन्। कार्यक्रममा थारु कलाकारहरुले विभिन्न थारु संस्कृति झल्किने नृत्य/गीत प्रस्तुत गरेका थिए।

कार्यक्रममा थारू संगीतका अगुवा मिरदङ्गिया दीनानाथ चौधरी, हार्मोनिया माष्टर गोपाल चौधरी र गायिका दिल कुमारी चौधरीले आफ्नो प्रस्तुती दिएका थिए।
कार्यक्रममा थरु नेता राजकुमार लेखीले थारु गीत संगीताले विश्वमै इतिहास रचेको बताए। अब थारु कलाकारहरुले पनि राजनीतिक अधिकार सुनश्चित गर्न आन्दोलनमा होमिन पर्ने बताए।

कार्यक्रमका वक्ताहरुले अब थारुउड स्थापना हुनुपर्नेमा जोड दिए। थारु फिल्म तथा गीत संगीतलाई विकास गर्न थारुउडको स्थापना हुनुपर्ने वक्ताहरुले जोड दिएका थिए। 

Facebook Comment