छबिन नारायण चौधरी नेतृत्वको टोलीले बेलायतको बीबीसी कप खेल्दै
बेलायतमा आयोजना हुने पहिलो बीबी कपमा छबिन नारायण चौधरी नेतृत्वको टोली सहभागी हुने भएको छ। अप्रिल ४ देखि लन्डनको फेल्थममा आयोजना हुने प्रतियोगितामा १६ टोली सहभागी हुँदैछ।
छबिनको कप्तानीमा १२ सदस्यी टोली घोषणासमेत गरिएको छ। थारू कल्याणकारिणी सभा युके च्याप्टरले छबिनको नेतृत्वमा फुटबल प्रतियोगिता खेल्दै आएको छ।
टोलीमा समीर चौधरी र सिदार्थ चौधरी, विशाल चौधरी, कोमल चौधरी र साजन चौधरी, कुलमनी चौधरी, भीम चौधरी, प्रविन चौधरी, रिसब चौधरीलगायत छन्। यसअघि यो टोलीले एनआरएनए कपमा सहभागी भएको थियो।
Facebook Comment