मोटरसाइकल दुर्घटनामा प्रविन चौधरीको मृत्यु, निशु र करिना चौधरी घाइते
दाङमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। थप दुई जना घाइते भएका छन्। दुर्घटनामा परि मोटरसाइकल चालक राप्ती गाउँपालिका-६ भगवानपुरका ३१ वर्षीय प्रविन चौधरीको मृत्यु भएको छ। गम्भीर घाइते चौधरीलाई भालुवाङ पुर्याउँदा चिकित्सकले चेकजाँच पछि मृत घोषणा गरेका थिए।
मोटरसाइकलमा सवार राप्ती-३ मसुरियाकी १६ वर्षीया निशु चौधरी र सोही ठाउँकै अन्दाजी १९ बर्षीया करिना चौधरी घाइते छन्। उनीहरुको अवस्था पनि गम्भीर छ।
घाइते दुवै जनालाई भालुवाङबाट थप उपचारका लागि बुटवलस्थित लुम्बिनी सिटी हस्पिटलमा लगिएको छ। इलाका प्रहरी कार्यालय भालुवाङका अनुसार उनीहरु साथीको जन्मदिन मनाएर घर तर्फ फर्किदै गर्दा ट्रकले उनीहरु सवार मोटरसाइकललाई ओभरटेक गर्ने क्रममा पछाडिबाट ठक्कर दिएको थियो।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत राप्ती गाउँपालिका-३ बाघ ढड्डीमा सोमबार बिाहन साढे १ बजेतिर पुर्वबाट पश्चिम जाँदै गरेको लु १ ख ९२४८ नम्बरको ट्रकले र विपरीत दिशा तर्फ जाँदै गरेको प्र ३-०२०१० प ६९२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। ट्रक चालक नवलपरासी पश्चिमको रामग्राम नगरपालिका-११ का ३४ श वर्षीय राजेन्द्र चौधरी इप्रका भालुवाङको नियन्त्रणमा छन्।
Facebook Comment