सरकारले करिब ६७ करोडको धान खरिद गर्ने, मन्त्री चौधरीले गर्दैछिन् तयारी
सरकारले चालु आर्थिक वर्षमा करिब ६७ करोड रूपैयाँको धान खरिद गर्ने भएको छ। कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीको पहलमा मन्त्रालयले वैज्ञानिक ढंगबाट निर्धारण गरेको धानको न्यूनतम सर्मथन मूल्यमा ६७ करोड ५० लाख रुपैयाँ रकम बराबारको धान खरिद गर्ने भएको हो।
धानको न्यूनतम समर्थन मूल्यमा १५ हजार मेट्रिक टन धान खरिद गर्ने योजना बनाएको छ। कृषि मन्त्री चौधरीले धान खरिद गर्ने निकाय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत पर्ने भएकाले मन्त्री चौधरीले समन्वय गरेर सो धान खरिद पक्रिया अधि बढाउन आग्रह गरिन्।
आर्थिक वर्ष २०८३/८४ का लागि वर्षे धान बालीको न्यूनतम समर्थन मोटा धानको प्रति क्वीन्टल ३ हजार ६६० र मध्यम धानको प्रति क्वीन्टल ३ हजार ८६० रुपैयाँ तोकिएको छ। यो मूल्य कार्यान्वयनका लागि मन्त्री चौधरी सम्बन्धित निकायसँग समन्वय गरिरहेकी छन्।
धान खरिद प्रक्रिया दसैँ र तिहारको बीचमा सुरु गर्ने योजना रहेको उद्योग मन्त्रालयको योजना छ। धान खदिका लागि मन्त्री चौधरी नियमित समन्वय गरि रहनुभएको छ। सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा धान खरिद प्रक्रिया अघि बढाउँदा किसानले आफ्नो उत्पादनको उचित मूल्य पाउने र बजारमा मूल्यसम्बन्धी अनिश्चितता कम हुने मन्त्री चौधरीको अपेक्षा छ।
Facebook Comment