ओलीलाई प्रधानमन्त्री बनाउन थारुका देउतालाई रेशम चौधरीको भाकल

रेशम चौधरीले आफ्नो पुस्तक ‘टिकापुर घटनाको चिरफार’मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउन भगवानलाई रक्सी चढाएको खुलाएका छन्। Continue reading “ओलीलाई प्रधानमन्त्री बनाउन थारुका देउतालाई रेशम चौधरीको भाकल”

निर्वाचित वडाध्यक्ष विजयकुमार थारूको शरीरमा गोली

बारबर्दिया नगरपालिका ११ का वडाअध्यक्ष विजयकुमार थारू १४ वर्षदेखि शरीरमा गोली बोकेर बसिरहेका छन् । ३६ वर्षीय थारूको अप्रेसन गर्न चिकित्सकीय प्रयास असफल भएपछि शरीरमा गोली बोकेरै हिँडडुल गर्न बाध्य भएका हुन् । उनको पेट, कलेजो, खुट्टा र पाखुरामा चार गोली छन् । Continue reading “निर्वाचित वडाध्यक्ष विजयकुमार थारूको शरीरमा गोली”

‘हरेराम महतो बचाऊ अभियान’मा सहयोग संकलन हुँदै

कारी महतो/चितवन।
साउदी अरेबियामा अचानक दुवै मिर्गौला फेल भई हाल काठमाडौंमा उपचार गराईरहेका खैरहनी नगरपालिका वडा नं. १ का ३५ वर्षीय अति विपन्न युवा हरेराम महतोलाई आर्थिक सहयोग संकलन गर्ने उद्देश्यले सञ्चालन भएको हरेराम महतो बचाऊ अभियान २०७४ मार्फत् देश विदेशबाट सहयोग आउने क्रम जारी रहेको छ । साउदीको कम्पनीले कुनै सहयोग नगरेपछि आफैले टिकट काटी हरेराम महतो नेपाल फर्किएका हुन् । उनको पारिवारिक सम्पत्तीको नाममा पाँच धुर घडेरीमा बनेको सानो घर मात्र छ । Continue reading “‘हरेराम महतो बचाऊ अभियान’मा सहयोग संकलन हुँदै”

समानुपातिक प्रतिनिधित्वको समूहमा थारूको संख्या थपिँदै

प्रतिनिधिसभा तथा प्रदेशसभामा समानुपातिक निर्वाचनका लागि पेस गरिने बन्दसूचीको ‘क्लस्टर’ मा थारू र मुस्लिम समुदाय थप्ने प्रस्ताव गरिएको छ । यसअघिको दुईवटा संविधानसभा निर्वाचनमा उक्त दुईवटै समुदायलाई मधेसी प्रतिनिधित्वभित्र राखिएको थियो । सरकारले व्यवस्थापिका संसद्मा पेस गरेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनसम्बन्धी छुट्टाछुट्टै विधेयकमा समावेशी सिद्धान्तबमोजिम बन्दसूची तयार गर्नुपर्ने प्रस्ताव छ । विधेयकमा समानुपातिकतर्फको बन्दसूचीको नामावलीमा जनसंख्याका आधारमा दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारू, मुस्लिम र पिछडिएको क्षेत्रसमेतको प्रतिनिधित्व हुनुपर्ने भनिएको छ । Continue reading “समानुपातिक प्रतिनिधित्वको समूहमा थारूको संख्या थपिँदै”

होमस्टे चलाउँदै कपिलवस्तुकी थारु किशोरी

१६ वर्षे सरिता थरुनी सिँगारेको कलश हातमा समातेर उभिन्छिन् । १५ वर्षे सुनिता थरुनी टाउकोमा सजाएको ढकिया लिएर उभिन्छिन् । अर्की १७ वर्षे महाराजी थरुनी फूल, माला र रातो टीका लिएर बसेकी हुन्छिन् । पाहुना आउनेबित्तिकै फूल दिन्छन्, माला लगाइदिन्छन् र टीकाले निधार सिँगार्छन् । अनि लिएर जान्छन् होमस्टेतिर । Continue reading “होमस्टे चलाउँदै कपिलवस्तुकी थारु किशोरी”

रेशम चौधरीको बयान : यसकारण प्रचण्ड भेट्न म दिल्ली पुगेँ

प्रहरीले टीकापुर घटनाका मुख्य अभियुक्त भनिएका टीकापुर निवासी रेशम चौधरीले ‘टीकापुर घटनाको चिरफार’ पुस्तक बजारमा ल्याएका छन्। उनले टीकापुरको परिवेश, त्यहाँको राजनीतिक-समाजिक उतारचढाव र २०७२ भदौ ७ गतेको घटनाबारे उनले किताबमा लेखेका छन्। Continue reading “रेशम चौधरीको बयान : यसकारण प्रचण्ड भेट्न म दिल्ली पुगेँ”

एमाले नेता चढेको जीप दुर्घना हुँदा सिरहाका ललिता चौधरीको मृत्यु, पूर्वसांसद चौधरी घाइते

एमाले नेताहरु चढेको जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। ९ जना घाइते भएका छन्। ढल्केवर सडकखण्डमा स्कुल बससँग उक्त जिप ठोकिएको प्रहरीले जनाएको छ। Continue reading “एमाले नेता चढेको जीप दुर्घना हुँदा सिरहाका ललिता चौधरीको मृत्यु, पूर्वसांसद चौधरी घाइते”

पश्चिमा थारू बस्तीमा हरडहुवा-हरधोबाको रौनक

लखन चौधरी/धनगढी।
धान रोपाई सकिए संगै पश्चिम नेपालको थारू वस्तीमा हरडहुवा एंव हरधोवाको रौनक बढेको छ। धान रोपाई सकिएको खुसयालीमा मनाइने पर्व हरडहुवा तथा हरधोवाको रौनक सुरु भएको हो। Continue reading “पश्चिमा थारू बस्तीमा हरडहुवा-हरधोबाको रौनक”

थारू गाउँमा सिकलसेलको महामारी फैलिँदै, रगत परीक्षण गर्नेको भीड

पश्चिम तराईका थारू समुदायमा सिकलसेल एनिमियाको महामारी फैलिँदै गएपछि यसका पीडितको पहिचान गर्न बालबालिकादेखि वृद्धहरूको रगत जाँच गर्न थालिएको छ । समयमै रोगीको पहिचान भए उपचार गरेर जीवन जोगाउन सक्ने भन्दै रगत संकलन गर्न थालिएको हो । जिल्ला जनस्वास्थ्यले रगत नि:शुल्क जाँच गरिरहेको छ ।

एनिमियाको लक्षण देखिएका र नदेखिएका थारू समुदायका सबैको रगत संकलन भइरहेको छ । उक्त रोगका बिरामीको शरीर, हाडजोर्नी दुख्ने, पटकपटक जन्डिस, रक्त अल्पता र निमोनियाको समस्या देखिने चिकित्सक बताउँछन् । सिकलसेलको पहिचान हुन नसक्दा अधिकांश पीडितले बाथ, युरिकएसिड, हाडजोर्नी र नसा रोगको औषधि सेवन गर्न बाध्य छन् ।

उक्त रोग लागेका बिरामीको चिकित्सकको प्रत्यक्ष निगरानीमा उपचार गर्नुपर्छ । रोगबारे जानकारी नहुँदा पत्ता नलागी थुप्रैले ज्यान गुमाइसकेका छन् । सरकारले एनिमियालाई महामारीका रूपमा स्वीकार गरी थारू समुदायका लागि विशेष कार्यक्रम ल्याएपछि जिल्ला जनस्वास्थ्यले गाउँमै पुगेर स्वास्थ्य जाँचसँगै रगत संकलन गर्न थालेको हो । मंगलबार बाँकेको बैजनाथ गाउँपालिका टिटिहिरियाका २ सय १० भन्दा बढीको रगत संकलन गरिएको छ । सोमबार राप्ती सोनारी गाउँपालिकाको बैजापुरका २ सय ४६ को रगत लिइएको थियो । थारू बहुल थप क्षेत्रमा एनिमिया परीक्षणका लागि रगत संकलन भइरहेको स्वास्थ्यले जनाएको छ ।

जनस्वास्थ्य कार्यालय, बाँकेका निरीक्षक रामबहादुर चन्दले सिकलसेल लागेकाको समयमै पहिचान हुन सके उपचार सम्भव भएको बताए । उनले त्यसका लागि सरकारले नि:शुल्क औषधि व्यवस्था मिलाएको जानकारी दिए । ‘रोगको पहिचान हुन नसक्दा थुप्रै बिरामी उपचारबाट वञ्चित छन् । त्यसैले जाँचका लागि रगत संकलन गरिरहेका छौँ,’ उनले भने, ‘रगत जाँचपछि पोजेटिभ भेटिएकाको नि:शुल्क उपचार व्यवस्था मिलाउँछौँ ।’ रोग पहिचा भए सम्बन्धित स्वास्थ्य चौकीबाटै औषधि पाउने व्यवस्था मिलाइएको छ ।

भेरी अञ्चल अस्पतालमा हालसम्म करिब ५ सयभन्दा बढी सिकलसेलका बिरामी फेला परिसकेका छन् । तीमध्ये अझै पनि डेढ सय बिरामी अञ्चल अस्पतालको सम्पर्कमा छन् । सिकलसेलबाट पीडित बिरामी दैनिक फेला पर्न थालेपछि रगत जाँचमा बढी जोड दिइएको हो । नेपाल सरकार स्वास्थ्य अनुसन्धान परिषद्सँग त्रिभुवन विश्वविद्यालय ट्रफ अनुसन्धान प्रयोगशालाको अनुसन्धानमा पश्चिम नेपालका अविवाहित थारू समुदायका महिलाको डीएनए परीक्षण गर्दा १८ प्रतिशतमा सिकलसेल हेटेरोजाइगोस ट्रेट पाइएको जनाएको छ ।

उक्त अनुसन्धानले ३ लाखभन्दा बढी थारू समुदायका व्यक्तिमा सिकलसेल रोगको गुण पाइएको र समयमै डीएनए परीक्षण गरी जेनेटिक परामर्शको व्यवस्था नगर्ने हो भने मुलुकले ठूलो क्षति बेहोर्नुपर्ने चेतावनी दिएको छ । सरकारले सिकलसेल एनिमिया पीडितलाई १ लाखसम्मको उपचार गर्ने घोषणा गरेको छ । त्यसका लागि परिचयपत्र जारी गरेको छ । रूपन्देही पश्चिमका दाङ, बर्दिया, कञ्चनपुर र कैलालीमा पुस्तौंदेखि एकै स्थानमा बस्दै आएका थारू समुदायमा उक्त रोगको संक्रमण देखिएको चिकित्सकले बताए । उक्त रोग पुस्तान्तरण हुँदै गएपछि महामारी मानिएको हो ।

अस्पतालमा मेसिन बिग्रियो
नेपालगन्जस्थित भेरी अञ्चल अस्पतालको सिकलसेल एनिमिया जाँच गर्ने मेसिन बिग्रिएको छ । सिकलसेल पुष्टि गर्ने (हिमोग्लोबिन इलेक्ट्रोफोरेसी) उपकरण सञ्चालनमा आएको केही समयमै बिग्रिएको हो । मेसिन बिग्रिएपछि रगत जाँचका लागि अन्यत्र पठाउनुपर्ने बाध्यता आएको डा. राजन पाण्डेले बताए । पश्चिम तराईमा सिकलसेलको महामारी देखिन थालेपछि गत वर्षदेखि अञ्चल अस्पतालमा ल्याब टेक्निसियन इन्सपेक्टर खटाई मेसिन जडान गरिएको छ ।

ठाकुर सिंह थारु/बाँके।कान्तिपुर दैनिक

थारु विद्यार्थीको सम्मेलन भन्दै बामदेवको नक्कली स्वर निकालेर बीस लाख मागेपछि…

‘मेरो नाम बेचेर, नक्कली स्वर निकालेर पैसा उठाउनेलाई कारबाही गरिपाऊँ भनेर जति कराउँदा पनि कारबाही भएन । स्वर नक्कली, काम नक्कली, कारबाही नक्कली ’ यो के चाला हो ?’ Continue reading “थारु विद्यार्थीको सम्मेलन भन्दै बामदेवको नक्कली स्वर निकालेर बीस लाख मागेपछि…”