तत्कालीन माओवादीलाई सहयोग गरेको आरोपमा ०५८ चैत २६ गते सेनाले उनका दाजु रामदासको हत्या गर्यो । यो घटनाले लामो समय परिवारलाई पिरोल्यो । दुई वर्षपछि ०६० फागुन ८ गते पति काशीरामको पनि सेनाबाटै हत्या भयो । त्यसपछिका दिन कृष्णकुस्मी थारूका निकै कष्टकर बने । Continue reading “ठाकुरबाबाका उपप्रमुख कृष्णकुस्मी थारू, जसले द्वन्द्वकालमा पति र दाजु गुमाए”
Author: admin
भजनी नगर प्रमुखको प्रतिबद्धता : गुरुयोजनासहित काम गर्छौं
भजनी नगरपालिकाका नगरप्रमुख शेरबहादुर चौधरीले सीमान्तकृत वर्ग समुदायको हकअधिकार र सेवा सुविधाका लागि गुरुयोजनासहित काम गर्ने बताएका छन् । आइबातर भजनीमा भएको एक कार्यक्रममा नगरप्रमुख चौधरीले सीमान्तकृत समुदायको खाद्य, भूमिअधिकार र सामाजिक न्यायका सवालमा आफू सधैं सजग रहेको बताए । Continue reading “भजनी नगर प्रमुखको प्रतिबद्धता : गुरुयोजनासहित काम गर्छौं”
एमालेलाई थारुहरुको राम्रो साथ, कैलाली र दाङमा बहुमत
दुई चरणमा निर्वाचन सम्पन्न भएका तराईका ११ जिल्लामध्ये ७ जिल्लामा एमाले पहिलो दल बनेको छ । यीमध्ये दुई जिल्लामा एमालेले बहुमत सीट जितेको छ । तराईका जिल्लाहरुमा राम्रो मत परिणाम आएको भन्दै एमाले नेताहरु सन्तुष्ट देखिएका छन् । तर, पार्टी अध्यक्ष केपी ओलीकै गृहजिल्ला झापामा बहुमत सीट जित्न नसकेपछि एमाले नेतामा असन्तोष देखिएको छ । एमाले अध्यक्ष ओलीले आइतबार झापामा आयोजित कार्यक्रममा बोल्दै आफ्नो गृहजिल्लाको चुनावी नतिजाप्रति असन्तोष व्यक्त गरे । Continue reading “एमालेलाई थारुहरुको राम्रो साथ, कैलाली र दाङमा बहुमत”
भागिरामको भाग्य : कमैया, रिक्सा चालक हुँदै वडा अध्यक्ष
धनगढी उपमहानगरपालीका वडा नम्वर ६ नेपाली कांग्रेसको गढ मानिन्छ । सोही वडाका स्थानीय बासीन्दा नृप वहादुर वड मेयरमा निर्वाचित पनि भए। तर उनकै वडामा नेकपा माओवादी केन्द्रबाट अध्यक्षमा विजयी भएका भागीराम चौधरीको पृष्ठभूमि फर्केर हेर्दा निकै कहाली लाग्दो छ। वडा अध्यक्ष सम्मको यात्रा तय गर्दा भागीरामले दर्जनौ पटक हण्डर खाए भने सामान्यभन्दा पनि अति सामान्य भएर जीविका चलाए। Continue reading “भागिरामको भाग्य : कमैया, रिक्सा चालक हुँदै वडा अध्यक्ष”
अरुण आर्यन चौधरीले कैद गरे ‘छातीको दिल’
अष्ट्रेलियामा फोटोग्राफी गर्दै आएका अरुण आर्यन चौधरीको डेब्यु म्युजिक भिडियो सार्वजनिक भएको छ। किरण भण्डारीको ‘छातीको दिल’ बोलको गीतमार्फत् उनले भिडियोग्राफीमा डेब्यु गरेका हुन्। Continue reading “अरुण आर्यन चौधरीले कैद गरे ‘छातीको दिल’”
चट्याङ लागेर बर्दियामा शुक्ला थारुको मृत्यु
बार बर्दिया नगरपालिका वडा नम्बर-८ औरी बस्ने एक जनाको चट्याङ लागेर ज्यान गएको छ। आइतबार बिहान साढे ७ बजे खेतमा काम गरिरहेको बेला एक्कासी परेको चट्याङले ४३ वर्षीय शुक्ला थारुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका एसपि भरत वहादुर वोहराले जानकारी दिए। Continue reading “चट्याङ लागेर बर्दियामा शुक्ला थारुको मृत्यु”
थारु लोककथा: बेङ्टुर्या रानी
प्रस्तुती : प्रणव आकाश
एकादेशमा एउटी राजकुमारी थिइन्। निकै सुन्दरी उनको नाम थियो- बेङ्टुर्या रानी।
दरबारमा उनको दाजु र भाउजू मात्र थिए। दाजुले खुब माया गर्थे। उनलाई तर भाउजूले भने देख्यो कि गाली गर्न थाल्थिन्। टुहुरी नन्दलाई खुब सताउँथिन्। यो कुरा दाजुलार्इ राम्रोसँग थाहा भए पनि श्रीमतीको अगाडि केही बोल्न सक्दैनथे।
कृष्णजन्माष्टमीमा सबै सखीहरु कृष्णजीको व्रत बस्नका लागि नयाँ नयाँ कपडाहरु सिलाउन थाल्छन्। राजकुमारीसँग सिलाउनका लागि नयाँ कपडा हुँदैन। उनी रुँदै भन्न थाल्छिन्, ‘भाउजूले माया गरेको भए मैले पनि भाउजूसँग माग्थेँ होला।’ Continue reading “थारु लोककथा: बेङ्टुर्या रानी”
थरुहट कैलालीको धनगढीमा कांग्रेस विजयी
प्रदेश नम्बर ७ को एकमात्र धनगढी उपमहानगरपालिकाको मयेरमा नेपाली काग्रेसका नृप वड विजयी भएका छन् भने उपमेयरमा नेपाली कांग्रेसका सुशीला मिश्र भट्ट विजयी भएका छन्। Continue reading “थरुहट कैलालीको धनगढीमा कांग्रेस विजयी”
एमाले बन्यो थारुहरुको पहिलो शक्ति, गच्छदार चौथो
दोस्रो तहको स्थानीय निर्वाचनमा नेकपा एमाले थारुहरुको पहिलो पार्टी बनेको छ। थारु अगुवाहरुले पहिचानविरोध पार्टी भनेर गाली गरिरहेका बेला एमालेले थारु समुदायको पनि पहिलो पार्टी बनेर देखाएको छ। Continue reading “एमाले बन्यो थारुहरुको पहिलो शक्ति, गच्छदार चौथो”
इटहरीः थारूकै पहिचान, थारू नै मेयर !
नेकपा एमालेले बिराटनगरलार्इ १ नम्बर प्रदेशको राजधानी बनाउने बताइरहेका बेला सोही पार्टीबाट इटहरीको मेयरमा निर्वाचित द्वारिकलाल चौधरीले भने इटहरीलार्इ नै प्रदेशको राजधानी बनाउन पहल गर्ने प्रतिवद्धता जनाएका छन् ।
पूर्वको व्यापारिक एवं भौगोलिक केन्द्रविन्दुको रुपमा रहेको इटहरीलाई प्रदेश नम्वर १ को राजधानी बनाउन पूर्णरुपमा पहल गर्ने नवनिर्वाचित मेयर चौधरीले बताए ।
इटहरीलाई १ नम्बर प्रदेशको राजधानी बनाउन उपयुक्त भएको भन्दै उनले यसमा आफू दृढ रहेको प्रतिक्रिया दिए । प्रदेशको राजधानी प्रदेश सभाले टुङ्गो लगाउने भए पनि इटहरीलाई राजधानी बनाउन आफ्नो मुख्य भुमिका रहने उनको भनाइ छ ।
इटहरी उपमहानगर पूर्वको सबैभन्दा उदाउँदो शहर भएका कारण इटहरीमै प्रदेशको राजधानी हुनुपर्ने उनले बताए । इटहरीलाई प्रदेशको राजधानी बनाउन मेरो पहल रहन्छ, उनले भने । मेयरमा निर्वाचित भएसँगै चौधरीले आफ्नो घोषणापत्रमा भएका सम्पूर्ण कुरा पूरा गर्ने बाचा गरे ।
यसैवीच नेकपा एमालेले इटहरीमा शुक्रबार विजय जुलुस निकालेको छ । ठाउँठाउँमा सभाहरू आयोजना गरिएका छन् ।
इटहरीः थारूकै पहिचान, थारू नै मेयर !
लोकोक्ति अनुसार राणा शासन कालमा यो ठाउँमा अपराधीलाई सजायँ दिने र्इंटा र काठ मिलाएर बनाएको’तुरूङ’ निर्माण गरिएको थियो । यहाँका आदिवासी थारुहरुको भाषामा र्इंटालाई ‘इट’ र काठबाट बनेको तुरूङलाई ‘हरि’भनिन्छ । यसरी ‘इट’ र ‘हरि’ मिलेर ‘इटहरी’ नाम रहन गएको यहाँका बुढापाकाको भनाइ छ ।
संयोग कस्तो परेको छ भने थारू भाषाकै नामबाट बनेको इटहरीले अहिले सोही समुदायबाट मेयर पाएको छ ।
इटहरी गाउँ विकास समितिबाट ०५३ साल मसिर ११ गते नगरपालिका घोषणा भएको इटहरी अहिले पूर्वको सबैभन्दा उत्कृष्ट उपमहानगरपालिकामा उक्लिएको छ ।
अनलाइनखबरबाट