उदयपुरको त्रियुगामा बलदेव चौधरी र देवी चौधरी निर्वाचित

उदयपुरको त्रियुगा नगरपालिकामा एमाले विजयी भएको छ । एमालेका बलदेव चौधरी ११ हजार ३ सय ६८ मत ल्याएर विजयी भए । कांग्रेसका वसन्त बस्नेतले ११ हजार २ सय ९५ मत पाए । Continue reading “उदयपुरको त्रियुगामा बलदेव चौधरी र देवी चौधरी निर्वाचित”

इटहरी उपमहानगरपालिकाको मेयरमा द्वारिकालाल चौधरी विजयी

इटहरी उपमहानगरपालिकामा एमालेमा द्धारिकलाल चौधरी मेयर र उपमेयरमा लक्ष्मी गौतम विजयी भएका छन्। आज बिहान ५ बजे सकिएको मतगणना अनुसार चौधरीले २२ हजार ६८९ मत ल्याएर विजयी भएका हुन्। गौतमले २१ हजार ८४२ मत ल्याएर बिजयी भइन्। Continue reading “इटहरी उपमहानगरपालिकाको मेयरमा द्वारिकालाल चौधरी विजयी”

एनआरएन स्पेनको क्षेत्रीय समिति पाइसभास्को बिल्बाउको अध्यक्षमा चौधरी

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनको क्षेत्रीय समिति पाईसभास्को बिल्बाउको अध्यक्षमा महानारायण चौधरी बिजयी भएका छन्। नयाँ नेतृत्वका लागि भएको निर्बाचनमा पूर्ण प्रसाद राईलाई ९ मतले पराजित गर्दै चौधरी विजयी भएका हुन्। अध्यक्ष पदका लागि भएको निर्बाचनमा चौधरीले ९० मत तथा राईले ८१ मत प्राप्त गरेका थिए। Continue reading “एनआरएन स्पेनको क्षेत्रीय समिति पाइसभास्को बिल्बाउको अध्यक्षमा चौधरी”

कञ्चनपुरको पहिलो सदमुकाम बेलौरीमा पोतिलाल चौधरी विजयी

अबिनास चौधरी
कञ्चनपुरको पहिलो सरदमुकाम बेलौरी नगरपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ। बुधबार राति सम्पन्न मतगणनाअनुसार बेलौरी नगरपालिकाको प्रमुख पदमा नेकपा माओवादी केन्द्रका पोतिलाल चौधरी विजयी भएका छन्। चौधरीले आफ्ना निकटम प्रतिद्वन्दी एमालेका पल्लवराज भट्टलाई ३५७ मतको अन्तरले हराउँदै मेयरमा निर्वाचित भएका हुन्। चौधरीले ६ हजार ७६४ र भट्टले ६ हजार ४०७ मत ल्याएका थिए। उप मेयरमा भने एमालेका चित्रा चौधरी विजयी भएका छन्। Continue reading “कञ्चनपुरको पहिलो सदमुकाम बेलौरीमा पोतिलाल चौधरी विजयी”

भौँरा फिल्मको गीतले युट्युबमा रेकर्ड बनाउँदै

थारु गीतहरुको म्युजिक भिडियो बिरलै बन्ने गर्थ्यो। तर अहिले यसमा क्रमिक सुधार आउँदै गरेको छ। गीत रेकर्डिङ गर्नेले म्युजिक भिडियो बनाउने ट्रेन्ड पनि फस्टाएको छ। तर युट्युबमा ती गीतहरुले राम्रो भ्युअर्स पाउन सकेको छैन। प्रवर्द्धनको कमीले पनि ती गीतहरुले राम्रो भ्युअर्स पाउन नसकेको हो। Continue reading “भौँरा फिल्मको गीतले युट्युबमा रेकर्ड बनाउँदै”

यी हुन् कृष्णनगरकी उपमेयर विजेता रमिताकुमारी राना थारु

कन्चनपुरको कृष्णपुर नगरपालिकामा नेकपा एमालेले बिजय हासिलल गरेको छ । कृष्णपुरको मेयरमा एमालेका कर्णबहादुर हमाल ६ हजार ७०६ मतका साथ बिजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका जोगराम चौधरीले ५ हजार ७५४ मत प्राप्त गरेका छन्। Continue reading “यी हुन् कृष्णनगरकी उपमेयर विजेता रमिताकुमारी राना थारु”

#टीकापुर : थारुहरुले दासत्व स्वीकारेकै हो ? [विचार]

इन्दु थारु।

२०७२ भदौ ७ गते हुन गएको दुर्घटनालाई नियन्त्रण गर्नका लागि राज्यले टीकापुरमा कफ्र्यु आदेश जारी गरेको थियो । काफ््र्युकाबीच भदौ ८ गते टीकापुरका थारुहरुका घर, व्यवसाय छानीछानी आगजनी गरी नष्ट गरेका थिए विरोधीहरुले । उक्त घटनाले टीकापुरका थारुहरु त पीडित भए नै, त्यसको पीडा आम थारुले महसुस गरेका थिए । उनीहरुका लागि रोएका थिए । आज टीकापुरले फेरि थारुहरुलाई निरास बनाएको छ । थारुहरुकै निर्णायक भोट रहेको टीकापुरमा थारुहरुले आफ्नो मालिक छान्न जानेनन् भन्ने कुराले थारुहरुमा निरासासँगै आक्रोश पनि थपेको छ । Continue reading “#टीकापुर : थारुहरुले दासत्व स्वीकारेकै हो ? [विचार]”

एमाले बन्यो कैलालीमा प्रमुख शक्ति, घोडाघोडीमा ममता प्रसाद चौधरी विजयी

कैलालीको घोडाघोडी नगरपालिकामा नेकपा एमाले विजयी भएको छ। बुधबार विहान सम्पन्न मत गणना अनुसार घोडाघोडीमा मेयर र उपमेयर दुबै एमालेले जितेको छ । एमालेका ममताप्रसाद चौधरी ८ हजार १६४ मत ल्याएर विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका लक्ष्मण थारुले ७ हजार २३७ मत पाए । उपमेयरमा एमालेकी प्रेमकुमारी थापा ७ हजार २३४ मतका साथ विजयी भएकी छन् । Continue reading “एमाले बन्यो कैलालीमा प्रमुख शक्ति, घोडाघोडीमा ममता प्रसाद चौधरी विजयी”

कपिलबस्तुको बाणगंगामा मंगलप्रसाद थारु विजयी

कपिलबस्तुको बाणगंगा नगरपालिकाको मेयरमा कांग्रेसका मंगलप्रसाद थारु विजयी भएका छन्। उनले १५ हजार ७३८ मत प्राप्त गरे। उपमेयरमा भने एमाले विजयी भएको छ। Continue reading “कपिलबस्तुको बाणगंगामा मंगलप्रसाद थारु विजयी”

रुपन्देहीको सियारीमा अयोध्या थारु विजयी

रुपन्देहीको सियारी गाउँपालिका एमालेले जितेको छ । एमालेका उम्मेदवार अयोध्या थारूले ६ हजार ५२ मत प्राप्त गरेर गाउँपालिका अध्यक्षमा विजय हासिल गरेको प्रमुख निर्वाचन अधिकृत कृष्णप्रसाद भण्डारीले जानकारी दिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका थानेश्वर घिमिरेले पाँच हजार ४०० मत प्राप्त गरेका छन् । Continue reading “रुपन्देहीको सियारीमा अयोध्या थारु विजयी”