कुन थारु प्रतिनिधिले कहाँबाट विजय हासिल गरे ? सूची हेर्नुस्

स्थानीय तहको दोस्रो चरणनको चुनावमा हालसम्म २३ तहमा थारुहरु निर्वाचित भएका छन्। त्यस्तै ३४ स्थानीय तहमा थारुहरु उपमेयर/उपप्रमुखमा निर्वाचित भएका छन्।

सबैभन्दा बढी एमाले, कांग्रेस र माओवादीले ६-६ र माओवादीले ५ तहमा विजय हासिल गरेको छ। Continue reading “कुन थारु प्रतिनिधिले कहाँबाट विजय हासिल गरे ? सूची हेर्नुस्”

पूर्वकमान्डर लाजुराम चौधरीको योजना : ग्रिन भिलेजदेखि स्मार्ट सिटीसम्म

लखन चौधरी/धनगढी- कैलालीको कैलारी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष लाजुराम चौधरी ‘अंकित’ले कार्यतालिका बनाएर गाउँपालिकाको विकास गर्ने बताएका छन्। Continue reading “पूर्वकमान्डर लाजुराम चौधरीको योजना : ग्रिन भिलेजदेखि स्मार्ट सिटीसम्म”

मोरङको बुढीगंगामा जितेसँगै गच्छदार पार्टीको सिट ६ पुग्यो

मोरङको बुढीगंगा गाउँपालिकामा नेपाली कांग्रेसलाई हराउँदै लोकतान्त्रिक फोरम विजयी भएको छ। अन्तिम मत परिणाम अनुसार लोकतान्त्रिक फोरमका बालचन्द्र माझीले ५३२७ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जितनारायण थापामगरले ४५३७ मत ल्याएक छन्। Continue reading “मोरङको बुढीगंगामा जितेसँगै गच्छदार पार्टीको सिट ६ पुग्यो”

रेडियोको समाचार वाचकदेखि देशकै ठूलो उपमहानगरको मेयरसम्म यात्रा

नरुलाल चौधरीलाई एमालेले घोराही उपहानगरपालिकाको मेयरमा उम्मेदवार बनाएपछि थारु अध्येता तथा बौद्धिक नेता महेश चौधरीले लेखेका थिए– एमालेले थारुको मनको कुरा बुझ्यो । नरुलाल अब एमालेका मात्र उम्मेदवार रहेनन्, दाङ देउखुरीका भूमिपुत्र थारुले मनमनै निर्णय गरिसकेका छन् । Continue reading “रेडियोको समाचार वाचकदेखि देशकै ठूलो उपमहानगरको मेयरसम्म यात्रा”

लोकतान्त्रिक फोरम भजनीमा पनि पराजित, माओवादीका शेरबहादुर चौधरी बने मेयर

कैलालीको भजनी नगरपालिकामा माओवादी केन्द्रले मेयर र उपमेयर दुवै पदमा जित हात पारेको छ। माओवादी केन्द्रका शेरबहादुर चौधरीले लोकतान्त्रिक फोरमका केवल चौधरीलाई २०३ मतले हराएका छन्। शेरबहादुरले ५ हजार २२८ र केवलले ५ हजार २५ मत पाए।

त्यस्तै उपमेयरमा समेत माओवादी केन्द्रकै छाया देवकोटाले ५ हजार ८ मतले विजय हात पारिन्। उनले लोकतान्त्रिक फोरमकै उम्मेदवारलाई हराइन्। वडा अध्यक्षमा समेत माओवादी केन्द्रकै बहुमत रहेको छ। उसले २, ४, ८ र ९ गरी चार वडामा जितेको छ। त्यस्तै एमालेले २, लोकतान्त्रिक फोरमले २ र काँग्रेसले १ वडामा जितेको छ।

उपमेयर भएकी छु, समाजका सबैलाई न्याय दिलाउनेछु : शिवकुमारी चौधरी

शिवकुमारी थारूकी आमा गाउँका अरु महिला जस्तै गृहिणी थिइन्। खेतबारी धेरै थिएन, बुवा किराना पसल चलाउँथे। थारू गाउँमा धेरै छोरी घरधन्दा र चुलोचौकामा काममै लाग्थे। Continue reading “उपमेयर भएकी छु, समाजका सबैलाई न्याय दिलाउनेछु : शिवकुमारी चौधरी”

रामधुनीका थारुले छाने थारु प्रतिनिधि, मेयरमा जयप्रकाश उपमेयरमा सविना चौधरी निर्वाचित

पश्चिम कैलालीको टीकापुरमा एमालेले अप्रत्यासित जित हासलि गरेपछि समाजिक सञ्जालमा थारुहरुबीच चर्को बहस भइरहेका बेला सुनसरी रामधुनीका थारुहरुले चम्तकार गरेर देखाएका छन्। उनीहरुले छानेरै थारु उम्मेदवारलाई मेयर उपमेयर जिताएका छन्। Continue reading “रामधुनीका थारुले छाने थारु प्रतिनिधि, मेयरमा जयप्रकाश उपमेयरमा सविना चौधरी निर्वाचित”

रुपन्देहीको सम्मरीमाईमा नेपाल लोकतान्त्रिक फोरमको जित

रुपन्देहीको सम्मरीमाई गाउँपालिकामा फोरम लोकतान्त्रिकले जितेको छ । फोरम लोकतान्त्रिकका जितेन्द्रनाथ शुक्लाले ३०६६ मतसहित विजय हासिल गरेका हुन् । Continue reading “रुपन्देहीको सम्मरीमाईमा नेपाल लोकतान्त्रिक फोरमको जित”

काठमाडौंदेखि धनगढी जाने बस दुर्घटना, बर्दियाकी राजकुमार थारुसहित तीनको मृत्यु

आज बिहान सबेरै पौने तीन बजे पृथ्वीराजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ३ चुम्लिङटारमा यात्रु बस दुर्घटना हुँदा तीनजनाको ज्यान गएको छ। दुर्घटनामा पाँचजना घाइते भएको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ। काठमाडौंबाट धनगढी जाँदै गरेको ना६ख २४६८ नम्बरको बस आफैँ अनियन्त्रित भएर सडक छेउको नालामा पल्टेको प्रहरीले जनाएको छ। Continue reading “काठमाडौंदेखि धनगढी जाने बस दुर्घटना, बर्दियाकी राजकुमार थारुसहित तीनको मृत्यु”

सेलिब्रेटी उम्मेदवार शिवकुमारी चौधरी उपमेयरमा निर्वाचित

कपिलवस्तुको शिवराज नगरपालिकाको मेयरमा एमाले उम्मेदवार नेत्रराज अधिकारी विजयी भएका छन् । कुल गणना भएको २४ हजार ६ सय ३५ मतमध्ये ६ हजार १ सय ५५ मत पक्षमा पारेर अधिकारी मेयर बनेका हुन् । उनका प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमका कृष्णकुमार चौधरी ४ हजार ७ सय ४२ मत ल्याएर पराजित भए । Continue reading “सेलिब्रेटी उम्मेदवार शिवकुमारी चौधरी उपमेयरमा निर्वाचित”