कैलालीको बर्दगोरीयामा बलिराम चौधरी र कैलारीमा लाजुराम चौधरी निर्वाचित

कैलालीको बर्दगोरीया गाउँपालिकाको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी केन्द्रले विजय हासिल गरेको छ। सम्पन्न मतगणना अनुसार नेपाली कांग्रेसका बलिराम चौधरीले ३ हजार ७ सय ४१ मत ल्याएर अध्यक्षमा विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कर्णबहादुर कुँवरले ३ हजार ५ सय ४७ मत ल्याए। Continue reading “कैलालीको बर्दगोरीयामा बलिराम चौधरी र कैलारीमा लाजुराम चौधरी निर्वाचित”

अन्ततः टीकापुरमा एमाले विजयी, लोकतान्त्रिक फोरम तेस्रो

टीकापुर- टीकापुर नगरपालिकाको मेयरमा एमाले र उपमेयरमा कांग्रेसले जितेको छ। मेयरका उम्मेदवार तपेन्द्र रावलले ५ हजार ९५९ मत प्राप्त गरी विजयी भएका छन। उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रका ललित थापा शिवले ५ हजार ६१० मत प्राप्त गरे। लोकतान्त्रिक फोरमका लौटन चौधरीले ५ हजार ५३४ र काँग्रेसका जंगबहादुर साउँदले ५ हजार ५१४ मत पाए। Continue reading “अन्ततः टीकापुरमा एमाले विजयी, लोकतान्त्रिक फोरम तेस्रो”

थारुहरुको गढ बर्दियाको राजापुरमा माओवादीका शिवप्रसाद चौधरी बने मेयर

राजापुर नगरपालिकामा माओवादी केन्द्र मेयर र उपमेयर दुवै पदमा विजयी भएको छ। नेपाली कांग्रेसलाई पछि पार्दै माओवादी केन्द्रका शिवप्रसाद चौधरी मेयरमा ९ हजार ४ सय ९७ र उपमेयरमा मनकला चौधरीले ९ हजार २ सय १९ मत प्राप्त गरी विजयी भएका छन्। Continue reading “थारुहरुको गढ बर्दियाको राजापुरमा माओवादीका शिवप्रसाद चौधरी बने मेयर”

अहिलेसम्म १४ तहमा थारु उम्मेदवार निर्वाचित, सबैभन्दा धेरै कांग्रेसबाट

स्थानीय तहको दोस्रो चरणको चुनावमा पछिल्लो मतपरिणामअनुसार १४ वटा तहमा थारु उम्मेदवारहरु मेयर/प्रमुखमा निर्वाचित भएका छन्। त्यस्तै १३ वटा तहमा थारु उम्मेदवारहरु उपमेयर/उपप्रमुखमा निर्वाचित भएका छन्।
Continue reading “अहिलेसम्म १४ तहमा थारु उम्मेदवार निर्वाचित, सबैभन्दा धेरै कांग्रेसबाट”

लोकतान्त्रिक फोरमको हातबाट फुत्किँदै टीकापुर, माओवादी र एमालेको कडा टक्कर

कैलालीको टीकापुर नगरपालिकाको मतगणना रोचक बन्दै गएको छ। मतगणनाको सुरूदेखि अग्रता लिएको नेपाल लोकतान्त्रिक फोरम तेस्रो स्थानमा पुगेको छ भने माओवादी केन्द्रले अग्रता लिएको छ। Continue reading “लोकतान्त्रिक फोरमको हातबाट फुत्किँदै टीकापुर, माओवादी र एमालेको कडा टक्कर”

जानकी गाउँपालिकाका निर्वाचित अध्यक्ष प्रदीप चौधरीको प्रमुख एजेन्डा सीमांकन

लखन चौधरी/धनगढी।

कैलालीको जानकी गाउँपालिकामा नेपाल लोकतान्त्रिक फोरमबाट अध्यक्षमा निर्वाचित प्रदीप चौधरीले आफ्नो पहिलो एजेण्डा राज्यको सीमांकनको लागि दबाब सिर्जना गर्नु रहेको बताएका छन्। Continue reading “जानकी गाउँपालिकाका निर्वाचित अध्यक्ष प्रदीप चौधरीको प्रमुख एजेन्डा सीमांकन”

नरुलाल चौधरी देशकै ठूलो उपमहानगर घोराहीको मेयरमा निर्वाचित

दाङको घोराही उपमहानगरपालिका जितेर नेकपा एमालेले दोस्रो चरणमा चुनाव भएका सात उपमहानगरपालिकामा बिजयी सुरुवात गरेको छ । दाङमा निकै कमजोर मानिएको एमालेले देशकै सबैभन्दा ठूलो उपमहानगरको मेयर र उपमेयर दुवैमा फराकिलो अन्तरले विजय हासिल गरेको हो । Continue reading “नरुलाल चौधरी देशकै ठूलो उपमहानगर घोराहीको मेयरमा निर्वाचित”

कैलालीको गौरीगंगामा भीमबहादुर र अञ्चला चौधरी विजयी

कैलालीको गौरीगांगा नगरपालिकाका एमालेले जितेको छ । एमालेका भीमबहादुर देउवा ५८९१ मत ल्याएर मेयरमा निर्वाचित भए । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका देवीदत्त कँडेले ५८३० मत ल्याए । जम्मा ६१ मतान्तरले एमालले जितेको हो । कांग्रेसका दिनेश जोशीले ५२९२ मत ल्याए । Continue reading “कैलालीको गौरीगंगामा भीमबहादुर र अञ्चला चौधरी विजयी”

रुपन्देहीको मायादेवीमा ध्रुव नारायण चौधरी विजयी

रुपन्देहीको मायादेवी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा कांग्रेस विजयी भएको छ । गापाको अध्यक्षमा ध्रुव नारायण चौधरीले २८१६ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार रामअधारे अहिरेले २२५३ मत प्राप्त गरेका छन् । Continue reading “रुपन्देहीको मायादेवीमा ध्रुव नारायण चौधरी विजयी”

सुनसरीको दुई तहमा लोकतान्त्रिक फोरम, दुहबीमा वेद गच्छदार र बुर्जुमा रघुनन्दन चौधरी विजयी

सुनसरीको दुहवी नगरपालिकाको मेयरमा नेपाल लोकतान्त्रिक फोरम विजयी भएको छ। लोकतान्त्रिक फोरमका वेद गच्छदार ७ हजार ४२० मत ल्याएर विजयी भएका हुन्। उपमेयरमा फोरम लोकतान्त्रिककै सुनीता दाहाल साह ६ हजार ६८३ मत ल्याएर विजयी भएकी छन्। Continue reading “सुनसरीको दुई तहमा लोकतान्त्रिक फोरम, दुहबीमा वेद गच्छदार र बुर्जुमा रघुनन्दन चौधरी विजयी”