एमालेको केन्द्रिय सदस्य तथा उदयपुर इन्चार्ज समेत रहेका बलदेव चौधरी आफ्नो जितप्रति निश्चिन्त छन् । कम्युनिष्टको किल्ला ठान्ने गरेको यस क्षेत्रमा अन्य पार्टीले कुनै उलटपुलट ल्याउन सक्छन, सक्दैनन् भन्ने त भविष्यले बताउनेछ । तर, उनी चुनावी दौडमा निकै सक्रिय छन् । बलदेव चौधरी एक पर्यावाची शब्द जस्तै सवैको जनजिव्रोमा झुण्डिएको छ । चाहे त्यो बुढा पाका होस्, चाहे त्यो तन्देरी किन नहोस्। Continue reading “हेभिवेट थारु उम्मेदवार बलदेव चौधरी भन्छन्- ‘७५ प्रतिशत मतदाता चिनजानकै’”
Author: admin
घोराही उपमहानगरका मेयर उम्मेदवार नरुलाल चौधरीका चुनाबी एजेन्डा
म ३०/३४ वर्षदेखि एमालेको राजनीतिमा सक्रिय छु । दाङको राजनीतिक क्षेत्रका साथै यहाँको सामाजिक क्षेत्रमा पनि सक्रिय रहँदै आएको छु । ०४० सालदेखि एमालेको विद्यार्थी संगठनमा आबद्ध हुँदै वडा कमिटि, गाउँ कमिटि, इलाका, क्षेत्र लगायत सबै कमिटिमा बस्दै आएँ । Continue reading “घोराही उपमहानगरका मेयर उम्मेदवार नरुलाल चौधरीका चुनाबी एजेन्डा”
पूर्वकमलरीहरु नेतृत्व लिने कसरतमा
राजापुर नगरपालिका ४, संघर्षनगरकी कृष्णीकुमारी थारू पूर्वकमलरी हुन् । उनी ६ वर्षकै उमेरमा कमलरी बसेकी थिइन् । कमलरी छँदै १६ वर्षमा बिहे भयो, कमैया परिवारमै । पति कृष्ण थारू कमैया बसेकै घरमा उनी पनि कमलरी बसिन् । सरकारले कमैया र कमलरी मुक्तिको घोषणा गरेपछि दिन फेरियो । पेट पाल्नैका लागि गरिएको संघर्षले उनलाई अगुवा बनायो । Continue reading “पूर्वकमलरीहरु नेतृत्व लिने कसरतमा”
कपिलवस्तुको वाणगंगा, बुद्धभूमि र शिवराज नगरमा थारू मतदाता निर्णायक
पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुका तीन नगरपालिकामा थारू मतदातालाई रिझाउने होड चलेको छ । निर्णायक हुने देखिएपछि उनीहरूलाई मनाउन उम्मेदवार लागेका छन् । दलले उनीहरू सामु आफ्ना योजना र रणनीति सुनाउने गरेका छन् । जिल्लाको उत्तरी भेगका वाणगंगा, बुद्धभूमि र शिवराज नगरपालिकामा थारू समुदायको उल्लेख्य बसोबास छ । Continue reading “कपिलवस्तुको वाणगंगा, बुद्धभूमि र शिवराज नगरमा थारू मतदाता निर्णायक”
४४ प्रतिशत थारु रहेको धनगढी उपमहानगरमा थरुहट र अखण्ड सुपको प्रभाव पर्ला?
प्रमुख दलहरूले प्रदेश नम्बर ७ को राजनीतिक तथा आर्थिक केन्द्रका रूपमा विकसित भइरहेको धनगढी उपमहानगरको चुनावलाई आफ्नो प्रतिष्ठाको विषय बनाएका छन् । विगतका चुनावमा कांग्रेस र एमालेका बीचमा तीव्र प्रतिस्पर्धा हुने गरेको भए पनि अहिले यी दुई दलसँगै माओवादी केन्द्र र स्वतन्त्र उम्मेदवारका बीचमा कडा प्रतिस्पर्धा हुने देखिएको छ । Continue reading “४४ प्रतिशत थारु रहेको धनगढी उपमहानगरमा थरुहट र अखण्ड सुपको प्रभाव पर्ला?”
टीकापुर घटनाका सबै आरोपी दोषी हैनन् : पूर्वप्रधानमन्त्री दाहाल
माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले टीकापुर घटनामा पक्राउ परेका सबै दोषी नरहेको बताएका छन। स्थानीय तह दोस्रो चरणको निर्वाचनअन्तर्गत बिहीबार टीकापुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले घटनाका समयमा काठमाडौंमा रहेकाहरू दोषी हुन नसक्ने बताए। Continue reading “टीकापुर घटनाका सबै आरोपी दोषी हैनन् : पूर्वप्रधानमन्त्री दाहाल”
टीकापुरमा मालिकलाई टक्कर दिँदै मुक्त कमैया सुदेशनी चौधरी
मुक्त कमैया सुदेशनी चौधरी संघर्षशील महिला हुन्। २०४० सालमा कैलालीको धनसिंहपुरमा जन्मिएकी उनी आफ्नै मिहिनेतले सफलताको सिँढी चढिरहेकी छन्। १० वर्षको उमेरमा इँटाभट्टामा मजदुरी गर्न थालेकी सुदेशनीको जीवनयात्रा निकै कष्टकर छ। उनी ४ दिदीबहिनी र २ दाजुभाइमा सबैभन्दा कान्छी हुन्। Continue reading “टीकापुरमा मालिकलाई टक्कर दिँदै मुक्त कमैया सुदेशनी चौधरी”
पहिरोले प्रहरीको भ्यान र ट्रक पुर्यो, दुई प्रहरीको शव भेटियो
चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको इच्छाकामना गाउँपालिका वडा नं.६ डेढकिलोमा गएराति खसेको पहिरोले प्रहरीको भ्यान खोलामा खस्दा दुई प्रहरीको मृत्यु भएको छ। घटनास्थलबाट इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी सहायक निरीक्षक निश्चल तामाङ, प्रहरी जवान दीपककुमार मास्केको शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए। Continue reading “पहिरोले प्रहरीको भ्यान र ट्रक पुर्यो, दुई प्रहरीको शव भेटियो”
बारा एमालेमा हंगामा, पार्टीको निर्णयअनुसारै उम्मेदवार छनौट गरेको दाबी
नागेन्द्र चौधरी/बारा
नेकपा एमाले जिल्ला कमिटीले स्थानीय निर्वाचनका लागि बारा जिल्लाका गाउँपालिका, नगरपालिका र उपमहानगरपालिकाका वडाहरुमा अध्यक्ष र सदस्य पदका उम्मेदवारको टुंगो लगाएको छ। Continue reading “बारा एमालेमा हंगामा, पार्टीको निर्णयअनुसारै उम्मेदवार छनौट गरेको दाबी”
बिराटनगरकी उपमेयर उम्मेदवार सुची चौधरी भन्छिन्- ‘मेरो खुनमा राजनीति छ, म जित्छु’
एमाले-लोकतान्त्रिक फोरम गठबन्धनबाट बिराटनगर महानगरपालिकाको उपमेयर बनेकी सुची चौधरीको नाम यसअघि धेरैले सुनेका थिएनन् । तर, बिराटनगरमा राजनीतिक कार्यकर्ताले उनको नाम कमै सुने पनि योगासन र धार्मिक कार्यमा चासो राख्नेहरुले सुचीको नाम पक्कै पनि सुनेको हुनुपर्छ । सुची योग सिकाउने शिक्षिका समेत हुन् । Continue reading “बिराटनगरकी उपमेयर उम्मेदवार सुची चौधरी भन्छिन्- ‘मेरो खुनमा राजनीति छ, म जित्छु’”