दोस्रो चरणको चुनाव फेरि सर्‍यो, असार १४ गते गर्ने सरकारको निर्णय

सरकारले दोस्रो चरणको स्थानीय चुनाव आगामी असार १४ गते गर्ने निर्णय गरेको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले असार १४ गते चुनाव गर्ने निर्णय गरेको हो । Continue reading “दोस्रो चरणको चुनाव फेरि सर्‍यो, असार १४ गते गर्ने सरकारको निर्णय”

यी हुन् दाङका थारु उम्मेदवार, जो थारु उम्मेदवारसँगै भिड्दैछन्

सन्तोष दहितर/दाङ।

स्थानीय तहको दोस्रो चरणको चुनाव नजिकिदै गर्दा दाङमा पनि चुनावी चहलपहल सुरु भएको छ। खासगरी थारु समुदायको बाहुल्य रहेको जिल्लाको रुपमा चिनिएको दाङमा कुन–कुन पार्टीबाट को–को थारु नेताहरु उठ्दैछन् भन्ने सबैको चासोको विषय बनेको छ। Continue reading “यी हुन् दाङका थारु उम्मेदवार, जो थारु उम्मेदवारसँगै भिड्दैछन्”

अभिनेत्री सोनु थारुको ‘रिल विवाह’

थारु भाषाको फिल्म भौंराको अर्को गीत सार्वजनिक गरिएको छ। थारु विवाहबारे फिरोज चौधरीले लेखेको गीतमा विकास चौधरीले संगीत भरेका छन्। गीतमा विकास चौधरी, समिक्षा चौधरी र कमलराज गिरीले स्वर दिएका छन्। नन्दुराज चौधरीको निर्माणमा बनेको फिल्मको यो गीतमा अभिनेत्री सोनु थारुको विवाह देखाइएको छ। जहाँ निर्माता चौधरीले पनि अभिनय गरेका छन्। Continue reading “अभिनेत्री सोनु थारुको ‘रिल विवाह’”

माग सम्बोधन नभएसम्म दोस्रो चरणको निर्वाचन हुन नदिने लेखीको चेतावनी

राष्ट्रिय जनता पार्टी नेपालका महासचिव राजकुमार लेखीले आफूहरुको माग सम्बोधन नभएसम्म चुनाव हुन नदिने चेतावनी दिएका छन्। थारु पत्रकार संघ नेपालको चितवन शाखाद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा महासचिव लेखीले थारु, मधेसी र समग्र आदिवासी जनजाति समुदायको माग नै आफूहरुको माग भएको दाबी गरे।

अहिलेको निर्वाचन प्राप्त अधिकारलाई पनि समाप्तपार्ने गरी गरिएकाले स्वीकार गर्न नसकिने लेखीले बताए। मधेसवादीदलको मुद्दासँग आफ्नो पार्टीको ऐजेन्ण्डा मेल खाएकाले पार्टी एकता भएको स्पष्ट पार्दै महासचिव लेखीले आफुहरुको मुद्दा र मागको विषयमा प्रतिपक्षसँग वार्ता जारी रहेको बताए।

सञ्चारमाध्यममा आइरहेको मधेसवादीदलहरु निर्वाचनमा जानेकुरा सत्य नभएको समेत लेखीको जिकिर गरे। महासचिव लेखीले माग सम्बोधन नभएसम्म निर्वाचन सफल हुन नदिने बताए।

टीकापुरमा भएको घटनामा ८ जना सुरक्षाकर्मीको हत्या कसले गरेको भन्ने विषय अहिलेसम्म एकीन नभएको अवस्थामा थारुहरुमाथि झुटो आरोप लगाएर थुनामा राख्नु गलत भएको टिप्पणी गरे।

थारु कल्याणकारिणी सभाका सचिवालय सदस्य समेत रहेका नेता लेखीले राज्यको पुनःसंरचनाको क्रममा तराईमाथि चरम विभेद भएको आरोप लगाए। जनसंख्याको आधारमा राज्यको पुनःसंरचना हुनुपर्ने बताए। आधा भन्दाबढी जनसंख्या भएको तराईमा थोरै गाउँपालिका र नगरपालिका र आधाभन्दा कम जनसंख्या भएको हिमाल र पहाडमा बढी गाउँपालिका र नगरपालिका बनाइएकाले यही संरचनामा चुनावमा जान नसकिने भनाई लेखीको छ।

आदिवासी जनजाति महासंघका पूर्व अध्यक्षसमेत रहेका नेता लेखीले यथास्थितिमा गरिएको चुनावलाई स्वीकार गर्न नसकिने दोहोर्याए। टीकापुर घटनाको विषयमा प्रतिपक्षसँग भएको सहमति कार्यान्वयन हुनुपर्ने माग उनको थियो।

जनआन्दोलनको नाममा १० हजार नेपालीको हत्या गर्ने माओवादीका नेताहरु जेल जान नपर्ने, झापा विद्रोह गर्नेहरु जेल जान नपर्ने तर पहिचान र आफ्नो स्वाभिमान जोगाउका लागि शान्तिपूर्ण आन्दोलन गर्ने थारुहरु आन्दोलन गरेकै कारण जेलजानुपर्ने ? लेखीले प्रश्न गरे।
नेता लेखीले नेपालको न्यायपालिका सर्वोच्च अदालत संवैधानिक अंग मानवअधिकार पनि कुनै न कुनैढंगबाट जातिवादी चिन्तनबाट ग्रसित भएको आरोप लगाए।

नयाँ संविधानमा संरक्षित क्षेत्रको कुरा लेखिएको भएता पनि चितवनका थारु समुदालयले उठाउँदै आएको थारु संरक्षित क्षेत्र सहितको स्थानीय तह निर्माण नभएकोले फेरि पनि भोट बैंकको रुपमा मात्र उपयोग गर्ने, चुनावमा टिकट दिए पनि हराएर प्रतिनिधित्वविहीन बनाउने खेल भएकाले चितवनको थाकसको यसप्रति ध्यान आकर्षण भएको कुरा थाकस चितवनका जिल्ला सभापति विश्राम महतोले बताए।
पत्रकार सम्मेलन थारु पत्रकार संघ चितवनका अध्यक्ष कारी महतोको अध्यक्षतामा सम्पन्न भएको थियो।

‘समानुपातिक समावेशीको कुरा व्यवहारमा देखिएन’

कारी महतो, चितवन।

थारु कल्याणकारिणी सभाका केन्द्रीय सचिवालय सदस्य राजकुमार लेखीले समानुपातिक समावेशीताको कुरा सरकारको व्यवहारमा नदेखिएको बताएका छन्। सीमा क्षेत्र विकास कार्यक्रमअन्तर्गत चितवन जिल्ला समन्वय समितिद्वारा सञ्चालित तथा थारु कल्याणकारिणी सभा (थाकस) चितवनको माडी क्षेत्रले आयोजना गरेको सचेतना कार्यक्रममा जनजाति महासंघका पूर्व अध्यक्ष तथा राष्ट्रिय जनता पार्टी (राजपा) का महासचिव लेखीले पछाडि पारिएका जनतालाई राज्यको मूलधारमा ल्याउनका लागि राज्यको हरेक तह र तप्कामा जनसंख्याको आधारमा समानुपातिक समावेशी प्रतिनिधित्वको सवाल थाकसले उठाएको भएपनि त्यसलाई राज्यले व्यवहारिक कार्यान्वयन नगरेको बताए। विभिन्न निकायमा मनोनित गर्ने क्रममा तीन प्रमुख दलले भागबण्डा लगाई तराई मधेसका जनतालाई विभेद गरेको लेखीले बताए। Continue reading “‘समानुपातिक समावेशीको कुरा व्यवहारमा देखिएन’”

दोस्रो चरणको चुनाव असार ९ गते गर्ने सरकारको निर्णय

आसन्न दोस्रो चरणको स्थानीय तह निर्वाचन असार ९ गतेका लागि सरेको छ। यसले उम्मेदवारी दर्ता लगायतका सबै प्रक्रिया हेरफेर हुनेछ।सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले जेठ ३१ का लागि तय भएको दोस्रो चरणको निर्वाचन असार ९ गते सार्ने निर्णय गरेको हो। Continue reading “दोस्रो चरणको चुनाव असार ९ गते गर्ने सरकारको निर्णय”

सिकल सेल : परिचय ओ रोकथाम [थारु भाषा]

कृष्ण समर्पण
सिकल सेल र्वाग विश्व भर ओ नेपालम देखा पर्लक एक प्रकारक बँशाणुगत रोग हो।नेपालम यी रोग ह हँसिया रक्तकोष रोग कैख चिन जा जाईट।बँशाणुगत ओ जिनसे सम्बन्धित रोग दाई बाबान्से लर्कावनम हुईना हुईथा। यी सरुवा रोग नि होक, बँशाणुगत रुपम दाई बाबान मसे लर्कावनम पुग्ठा।नेपाल म ढ्यार मननै यि रोग लागल रलक सम्भाबना रलसेफे ढ्यार मनै यी रोगक बारेम आम्हिन सम आबश्यक जानकारी नि पाईल हुईट।
नेपालम ५ साल आघ यि रोग देखा परल रह। नेपालम यी रोगक पत्ता लगुईया डक्टरुवा राजन पाण्डे हुईट। श्ाुरुक अध्ययनम यी रोग नेपालक थारु जातिनम लागल हुँकाहार सोधम देखा गैल रह। थारुहुँक्र धर्ति पुत्र हुईत। पहिल थारु हुँक्र बन्वाँ फँर्ल ,मच्छर किटपटिङ्गसे कत्वा पैल,उपचार नि पैल,रोग पचैटि गैल व उह रोग सिकल सेल रोगक रुपम बिकाश लिहल कना गलत धारणा व थारुहुँक्र सुरिक सिकार खैठ उहमार असिन सोग लग्लिन कना गलत धारणा फे समाजम पा जईथा तर यी सक्कु बाटमन कौनो सत्यता नि हो।
उहफे बिशेष कैख थारु जातिनम देखपर्लक यी रोग आजकाल और जातिन मफे देखा पर्टि बा। दाङ्गम करगैलक एक परिक्षणम यि रोग ढ्यार जैसिन थारु जातिनम देख पर्लसेफे,परियार,मगर मफे डेख परल बा। यी रोग लागल बिरम्या हुकन सक्रमणसे बचक लाग ओ दुखाईसे बचक लाग बिरुवा खाई पर्ना आबश्यक रठा।
यी रोगसे सक्रमित बिरम्या कत्राजे बाट कना एकिन तथ्याङ्गक नि रलसेफे यि रोग ढ्यार जाहानम रह सेक्ना एक अध्ययनम पा गैल रह। दाङ्ग जिल्लाक देउखर उपत्यकाम सि.पि.नेपालसे यि रोगक बारेम अध्ययन,परिक्षणम कै गैल रह। उक्त अध्ययन,परिक्षण देउखर उपत्यकाक ३ हजार ४३ जहनम करबेर १३३ जहनम सिकल सेल रोग लागल पागैल रह। वस्तहक दाङ्गक राप्ती उपक्षेत्रिय अस्पतालक तथ्याङ्गक हेर्ना हो कलसे आब ६९ जे बिरम्याहुक्र यी रोगक नियमित उपचार करैटि बात। यी रोगक उपचारम नेपाल सरकारसे १ लाख सम्मके उपचार खर्च निशुल्क पाजैठा।
हँसिया रक्तकोष रोग कलक का हो?
हँसिया रक्तकोष रोग एक प्रकारक बँशाणुगत रोग हो। यि रोग दाई बाबानमसे लर्कावनम हुईथा। हमार शरिरम सामन्य अबस्थम लाल (रातो) रक्तकोष गोल आकारक रठा तर हँसिया रक्तकोष रोग लग्लसे यि लाल रक्तकोष गोल आकारक नि होक हँसिया आकारक ओ एकदम आँख्खर फे रठा। याकर कारण रक्तकोष बर्ह्यागसे बैठ नि पैईना,शरिरके रक्त सञ्चारम अबरोध कर्ना ओ शरिरक बिभिन्न अँगम अक्सिजन पुग नि स्याकट। ज्याकर कारण ब्याला ब्याला शारिरीक दुखाई हुईना ओ बिरामि पर्ना हुईथा।
हँसिया रक्तकोष कसिक लागट?
हँसिया रक्तकोष रोग पारिवारिक रुपम आघ बहर्था का करकि यि मानब शरिरम रहल जिनके कारणसे हुईट। जिन कलक शिरिरम रहल एकठो असिन तत्व हो जुन बँशाणुगत गुण,शारिरक बनावट,आँखीे रङ्ग ओ ढ्यार चिजक निर्धारण ओ नियन्त्रण करट। हँसिया रक्तकोष रोग ध्यार प्रकारक बा, यि रोगक सब्से जोखिम अबस्था कलक हँसिया रक्तकोष रोगके कारण मानब शरिरम हुईना रगतके कमि हो।ढ्यार मनैनम यि रोग लाग्ाल रलसेफे नि देख पर्ठन तर हुँक्र यि रोगक बाहक रठ। बाहक कलक हुँकहनके म यि रोगक जिन रठिन ओ पाछ लर्कावनम देख पर्ठन।
यदि ठरुवा ओ जन्निकम डुनु किसिमक जिन बाटिन अर्थाट जिन (क) जुन असामान्य अर्थात हँसिया रक्तकोष बनाईट ओ जिन (ख) अर्थात सामान्य रक्तकोष बनाईट कलसे उ डुन ठरुवा ओ जन्नि ह बाहक क जाईठ।लर्का बच्चन तब केल हँसिया रक्तकोष रोग लग्ठिन जब हुक्र दाई बाबा डुनु जाहनसे असामान्य (क) प्रकारक जिन पैईठ। यदि दाई ओ बाबा डुनु जान्ह हँसिया रक्तकोष रोगक बाहकबाट कलसे यात हँसिया रोगी,या बाहक या स्वस्थ जन्म सेक्थ।उ बच्चानम किउ बाहक बाट कलसे समान्यतया बच्चा स्वस्थ रठ तर किहु किहु भर ,पिडा संक्रमण या उर लक्ष्यण देख पर्थ।तर हुँकहनके बच्चनम भर रोग पुग्ा सेक्ठन।
हँसिया रक्तकोष रोग कसिक पत्ता लगैना?
अप्ने हँसिया रक्तकोष रोगके रोगी हुईटि कि नाई कैक पत्ता लगाईक लाग रगतक परिक्षण कराई पर्ठा।हेमोग्लोबिन इलेक्टा्रेफोरेसिस (एक प्रकारक रगत परिक्षण) करैलसे अप्नकम हँसिया रक्तकोष रोग बा कि नाई कैक पत्ता लागट यि करैलसे अप्ने बाहक हुईटि कि नाई कना फे पता लागट।
याद करि अप्न आपन कौनो फे उमेरम हँसिया रक्तकोष रोगके चेक जाँच कराए सेक्ठि। यि परिक्षण बच्चा,युबा या बुढेसकालम कौनो फे उमेरम करैलसे फे हँसिया रक्तकोष जान पाजैठा। रगतक परिक्षणसे अप्न बाहककेल हुईटि कलसेफे आपन गोसिन्या,लर्का बच्चन व घर परियार सक्कु जाहानक परिक्षण कर्ना आबश्यक रठा।स्याकट सम्म बच्चा जन्मैनासे पहिल डाक्टरके सल्लाह अनुशार रगत परिक्षण करैलसे बर्ह्याठ हुईठा। असिक कर्लसे हँसिया रक्तकोष रोग अईना सन्तति हुकहनकेम लाग नि पैठिन।
हँसिया रक्तकोष रोग लग्लसे कसिन लक्षण डेखा पर्ठा?
हँसिया रक्तकोष रोग लग्लसे सामान्यतया निम्न लक्षण डेख पर्ठा;
१.दुखाईके समस्या— हँसिया रक्तकोष रोग लागल मनैनम हाड जोर्नी बथैना व प्याट बथैना फे हुईथा।दुखाई नम्मा समयसम रना फे हुईथा।
२.ढ्यार रोग लग्ना— हँसिया रक्तकोष रोग लागल बिशेष कैख बच्च्ान रुघाखोकी लग्ना,मेनेन्जाईतिस(दिमागके वा ढाडक हड्डीम लग्ना रोग),हेपाटाईटिस(कलेजोके रोग) लग्ना फे हुईथा।
३.हात ग्वारम डेख पर्ना लक्षण— हँसिया रक्तकोष रोग लग्लसे शरिरम रगतके सञ्चारम बाधा पुग्नाके कारणसे हात ग्वारा सुन्निना ओ जरो अईना हुईथा।
४.जन्डिस हुईना— नेपालक ढ्यार जैसिन हँसिया रक्तकोष रोग लागल मनैनम जन्डिस लागल पागिल बा। जन्डिस हुईलसे आँखि,नङ्ग व छाला हरड्यार हुईना हुईठा।
५.आँखिक रोग लग्ना— यी रोग लग्लसे आँखिक रक्तकोषिकाम नोक्सान पुग्ना हुईना हुईलकमार आँखिक रोग व आँखिम ढ्यार समस्या आई स्याकट।
६.छातिम ढ्यार पिडा हुईना— हँसिया रक्तकोष रोग लग्लसे फोक्सोम रगतक बहाबम रुकावट हुईना कारणलेक छातिम तिब्र पिडा हुईना हुईठा।यी रोगक लक्षण निमोनिया रोगक जसिन रलसेफे छातिके दुखाई,खोकी,साँस प्ा्केर्ना गाहा्रे हुईना हुईथा। असिन हुईलसे अस्पतालम उपचार कराए पर्ठा।
६.पक्षघात हुईना— हँसिया रक्तकोष रोग लग्लसे दिमागम रगतक बहाबम रुकावट हुईना कारणलेक पक्षघात हुईना हुईठा।
डक्टरुवासे सम्पर्कम रना—
यी बात एकदम महत्वपुर्ण हो कि यि रोग हुईल कौनो फे मनै कौनो फे ब्याला या आपतकालिन अबस्था आई सेक्था, उहमार तत्काल सहयोग पाईसेक्ना सुबिधाके ब्यबस्था कर पर्ठा।याकर लाग नियमित डक्टरुवक सम्पर्कम रह पर्ना जरुरी रठा।यदि जर १०३ डिगी्रसे ढ्यार हुईल,साँस लिह गाहो्र हुईल,छातिम दुखाई हुईल,तरक प्याट दुखल कलसे,ढ्यार मुन्टा बठाईल कलसे या अचानक कमजोर हुईना या चेतना गुमैलसे तत्काल अस्पतालके आपत्कालिन कक्षम पुग पर्ठा,ओ डक्टरुवासे उपचार कराए पर्था।
हँसिया रक्तकोष रोगके उपचार
हँसिया रक्तकोष रोगके उपचार के उद्धेश्य कलक यि रोगसे हुईना पिडा ह जो समाधान कर्ना हो। यी रोगके उपचार बिरामिनके लक्षणअनुसार कर जैठा। याकर उपचारम रगत चरैह्ना,स्लाईन पानी चरैह्ना,दुखाई ठिक पर्ना औषधि खैना ओ कबुकाल डक्टरुवक सल्लहअनुसार फोलिक एसिड,पेन्सिलिन व हाईड्रोक्ष्युरिया जसिन औषधिफे खाई पर्ठा। यी रोगके उपचार करैलसे बिरम्या पुर्ण रुपम निको निहुईलसेफे रोगक रोकथाम भर हुईठा।
(स्रोतःसिकल सेल सोसाईटि नेपाल)

१७ वर्षीया स्वस्तिका चौधरीको विश्व च्याम्पियनसिप खेल्ने सपना

स्वस्तिका चौधरी धेरैको लागि नयाँ नाम हुनसक्छ। तर उनले कलिलै उमेरमा राष्ट्रको प्रतिनिधित्व गरेर विदेशमा आफ्नो प्रतीभा देखाइसकेकी छन्। नवलपरासीकी १७ वर्षीया स्वस्तिका स्पोर्ट्स क्लाइम्बिङ गर्छिन्। उनले एकवर्षअघि मात्र यो खेल सुरु गरेकी हुन्। Continue reading “१७ वर्षीया स्वस्तिका चौधरीको विश्व च्याम्पियनसिप खेल्ने सपना”

थारुका लागि उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथको विशेष प्याकेज घोषणा

भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले त्यहाँस्थित थारु जनजातिका लागि विशेष प्याकेज ल्याउने घोषणा गरेका छन्। नेपाल भारत सीमामा रहेको बलरामपुर जिल्लामा थारु गढमा पुगेर उनी थारु समुदायका लागि विशेष प्याकेजको घोषणा गरेका हुन्। उनले त्यहाँ थारु सांस्कृतिको भब्य प्रदर्शनीको अवलोकन गरेका थिए। Continue reading “थारुका लागि उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथको विशेष प्याकेज घोषणा”

स्थानीय तह चुनावको विरोधमा राजपाको प्रदर्शन

दोस्रो चरणको स्थानीय तहको निर्वाचनको विरोधमा रहेको राष्ट्रिय जनता पार्टीले तराई मधेसमा आइतबार लाठि (भाटा) जुलुस प्रर्दशन गरेको छ।  Continue reading “स्थानीय तह चुनावको विरोधमा राजपाको प्रदर्शन”