कृष्णराज सर्वहारी।
थारू भाषा नेपालको चौथो ठूलो भाषा हो। गएको वैशाख ३ र ४ मा दाङको घोराहीमा थारू साहित्यिक मेलाको पहिलो भाग सम्पन्न भएको थियो। यसपाली मेलाको दोश्रो भाग कैलालीको पटेला (धनगढीबाट ५ किमी पूर्व) मा आगामी चैत १९ र २० गते हुँदैछ। यसबारे थारूवान डटकममा सामचार आएपछि थरुहट तराई पार्टी नेपालका केन्द्रिय अध्यक्ष भानुराम थारूको फेसबुकमा प्रतिक्रिया आयो– आफ्नो पुस्तक (ऐना कथा संग्रह) मा थारू चेलीको गर्नुसम्म बेइज्जत गर्ने रामलाल जोशीलाई थारू साहित्यकारहरुले आफ्नो कार्यक्रमको प्रमुख वक्ता बनाएको देख्दा हाम्रा साहित्यकाहरु पनि दासत्व मानसिकताबाट पार पाएका छैनन् भन्ने बुझिन्छ। Continue reading “थारू साहित्यिक मेलाको उत्साह”