थरुहट तराई पार्टी नेपाल महाधिवेशन सरेको छ। केन्द्रीय सचिवालय बैठकले चैत ४, ५ र ६ गते हुने भनिएको महाधिवेशन चैत २३, २४ र २५ गतेका लागि सारिएको हो। बैठकले महाधिवेशनको स्थान भने साबिककै ठाउँ कैलालीमा हुनेछ। Continue reading “थरुहट तराई पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता, आन्दोलन सशक्त पार्न आह्वान”
Author: admin
थारु राष्ट्रिय मोर्चाले भन्यो- ‘टीकापुर घटनाकै शैलीमा योजनाबद्ध तरिकाले सप्तरी घटना घटाइयो’
संयुक्त थारु राष्ट्रिय मोर्चाले सप्तरी घटनाको विरोध गरेको छ। संयोजक श्रवन थारुले एक विज्ञप्ती जारी गर्दै घटनाको भर्त्सना गरेका छन्। ‘टीकापुर घटनाकै शैलीमा योजनाबद्ध तरिकाले सप्तरी घटना एकल जाति, वर्गको संरक्षण, सम्बर्द्धनको लागि सिंगो सुरक्षा निकाय प्रयोग भएकोप्रति संयुक्त थारु राष्ट्रिय मोर्चाको ध्यानाकर्षण भएको छ,’ विज्ञप्तीमा भनिएको छ। Continue reading “थारु राष्ट्रिय मोर्चाले भन्यो- ‘टीकापुर घटनाकै शैलीमा योजनाबद्ध तरिकाले सप्तरी घटना घटाइयो’”
सप्तरी काण्डपछि जेलबाटै गर्जिए लक्ष्मण थारु, अहंकारी केपी ओलीलाई कारबाहीको माग
टीकापुर घटना घटाएको अभियोगमा पुर्पक्षको लागि जेल चलान गरिएका थरुहट नेता लक्ष्मण थारू र लाहुराम चौधरी सप्तरी गोली काण्डको विरोध गर्दै जेलबाटै गर्जेका छन्। कैलाली कारागारमा रहेका उनीहरुले मंगलबार एक विज्ञप्ती जारी गर्दै नेकपा एमालेको अहंकारी, अडम्बरीपन र प्रशासनको जंगलीपनको कारण सप्तरीमा सर्वसाधारण आन्दोलनकारी उप्पर गोली चलाइएको ठहर गरेका छन्। Continue reading “सप्तरी काण्डपछि जेलबाटै गर्जिए लक्ष्मण थारु, अहंकारी केपी ओलीलाई कारबाहीको माग”
टीकापुर घटनामा डीआइजी खडानन्द चौधरीलाई विभागीय कारबाही गर्न सिफारिस
राष्ट्रिय मानवअधिकार आयोगले कैलालीको टीकापुरमा घटनाको विषयलाई लिएर सशस्त्र प्रहरीका डीआईजी खडानन्द चौधरी र एसपी लक्ष्मणबहादुर सिंहलाई कारबाही गर्न सिफारिस गरेको छ । सप्तरीमा तीन जनाको ज्यान जाने गरी घएको घटनाको भोलिपल्ट मंगलबार आयोगले टीकापुर घटनामा क्षति रोक्न प्रयास नगरेको भन्दै डीआईजी चौधरी र एसपी सिंहलाई विभागीय कारबाही गर्न सिफारिस गरेको हो । Continue reading “टीकापुर घटनामा डीआइजी खडानन्द चौधरीलाई विभागीय कारबाही गर्न सिफारिस”
थारुहटले भन्यो- ‘सद्भाव विथोल्न एमालेद्वारा मेची-महाकाली अभियानको नाटक’
थारुहट तराई पार्टी नेपालले अधिकारको लागि सडकमा निस्केका निहत्था मधेसीहरुको अावाजलाई बन्दुकका नालले दबाउन सप्तरीको घटना घटाएको बताएको छ । सरकारले संविधान संशोधन गरेर मधेसी तथा थारुहरुको माग सम्बोधन नगरेर स्थानीय तह निर्वाचनको घोषणा गरेर मुठभेड निम्त्याएको थारुहटको भनाइ छ । Continue reading “थारुहटले भन्यो- ‘सद्भाव विथोल्न एमालेद्वारा मेची-महाकाली अभियानको नाटक’”
सप्तरीको घटनापछि रौतहटमा एमाले नेतालाई कालोमोसो दलियो
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताले रौतहटमा एमालेका कार्यकर्तालाई कालोमोसो दलेका छन् । सद्भावना पार्टीका केन्द्रीय सदस्य योगेन्द्र यादवका अनुसार एमाले जिल्ला प्रचार विभाग प्रमुख मणीशंकर निधिलाई कालोमोसो दलेर बजार घुमाइएको छ । Continue reading “सप्तरीको घटनापछि रौतहटमा एमाले नेतालाई कालोमोसो दलियो”
मोर्चाद्वारा दुई दिने तराई-मधेस बन्दको घोषणा
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सप्तरीमा भएको घटनाप्रति भर्त्सना गरेको छ। सोमबार बेलुका सङ्घीय समाजवादी फोरम नेपालको पार्टी कार्यालय तीनकुनेमा बसेको आकस्मिक संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठकले सप्तरीमा जनताले गरिरहेको शान्तिपूर्ण विरोध कार्यक्रमको सिलसिलामा प्रहरीले दमनकारी कार्य गरी सञ्जन मेहता, दीगम्बर यादव, पीताम्बर लाल मण्डल र आनन्द साहलाई गोली हानेर हत्या गर्नुका साथै दर्जनौंलाई घाइते बनाएको घटनाप्रति मोर्चाले घोर निन्दा एवम् भत्र्सना गर्दछ मोर्चाद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ। Continue reading “मोर्चाद्वारा दुई दिने तराई-मधेस बन्दको घोषणा”
स्वरोजगार लघुवित बैंकद्वारा एक करोड ७७ लाख बढी लगानी
नागेन्द्र चौधरी/बारा।
स्वरोजगार लघुवित विकास बैंक लिमिटेड लक्ष्मिनीया केन्द्रको प्रथम भेला अाज सम्पन्न भएको छ। छ महिना अगाडिमात्र स्थापना भएको केन्द्रले हालसम्म एक करोड ७७ लाख १८ हजार पाँच सय ८८ रूपैया लगानी गरेका छन्। केन्द्रले सात सय ७२ जनालाई सदस्य बनाइसकेको छ। केन्द्रले चार सय ९४ जनालाई ऋण लगानी गरेको छ। त्यसैगरी केन्द्रमा रहेका सदस्यहरूले हालसम्म १५ लाख ६२ हजार ९ सय ७४ रूपैया बचत गरेका छन्। Continue reading “स्वरोजगार लघुवित बैंकद्वारा एक करोड ७७ लाख बढी लगानी”
न्यायाधीश नन्दलाल महतोलाई नयाँ संविधानले दिएको पीडा
कारी महतो, चितवन।
नेपालको नयाँ संविधानले सबैको अस्तित्व, पहिचानका साथै सबै जनताको फलिफाप हुने सबैलाई आशा थियो। तर त्यही नयाँ संविधानले न्यायाधीश नन्दलाल महतोको जागिर खाइदिँदा उनी फेरि वकालत गर्न बाध्य भएका छन्। पूर्वन्यायाधीश नन्दलाल महतो २०७० सालको फागुन महिनामा पुनरावेदन अदालतका लागि अतिरिक्त न्यायाधीश पदमा नियुक्ति पाएका थिए तर अढाई वर्ष नपुग्दै २०७२ को मंसिर महिनामा अवकाश पाए। Continue reading “न्यायाधीश नन्दलाल महतोलाई नयाँ संविधानले दिएको पीडा”
अपडेट : प्रहरीको गोलीले मर्नेको संख्या चार पुग्यो
सप्तरी घटनामा मर्नेको संख्या चार पुगेको छ। सप्तरीमा प्रहरीको गोली लागि घाइते भएका तीन दुई जनाको धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएपछि मृतकको संख्या चार पुगेको छ। मृत्यु हुनेमा आनन्द साह, पिताम्वरलाल मण्डल र दिगाम्बर झा छन्। यसअघि घटानस्थल गजेन्द्र नारायण सिंह औधोगिक क्षेत्रमा प्रहरीको गोली लागेर संजन मेहताको मृत्यु भएको थियो। Continue reading “अपडेट : प्रहरीको गोलीले मर्नेको संख्या चार पुग्यो”