अल्ट्रा धाविका मीरा राई नेशनल जियोग्रफीको ‘साहसी वर्ष व्यक्ति’ घोषित

नेपालकी अट्रा धाविका मीरा राई ‘साहसी वर्ष व्यक्ति’ घोषित भएकी छन् । नेशनल जोग्राफीले राईलाई एड्भेन्चर अफ दि इयर २०१७ घोषणा गरेको हो । यो अवार्डका लागि विश्वभरका साहसी खेलसँग आवद्ध मध्ये १० जना मनोनयनमा परेका थिए । अनलाइन भोटिङका आधारमा मीरा विजयी भएकी हुन् । भोजपुरकी मीराले दुई बर्षदेखि अल्ट्रा रनरको रुपमा राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा निक्कै सफलता पाएकी छिन् ।

पूर्वी नेपालको भोजपुरमा जन्मिएकी २७ बर्षीय मीरा तत्कालिन नेकपा माओवादीकी लडाकु थिइन् । शान्ति सम्झौतापछि सेनामा अयोग्य बनेकी उनी विदेश जाने योजनामा काठमाडौं आएकी थिइन् । तर, कराते प्रशिक्षक ध्रुवबिक्रम मल्लको सम्पर्कमा पुगेपछि मलेसियाको भिसा रद्ध गरेर खेल क्षेत्रमा लाग्ने प्रण गरिन् । काठमाडौं वरपर शिवपुरी जंगलको ट्रेलबाट अल्ट्रा रनिङ सुरु गरेकी उनले सन् २०१५ मा हङकङ, स्पेन, इटली, अष्ट्रेलिया लगायतका मुलुकमा अल्ट्रा दौडमा सहभागी भई सफलता हासिल गरेकी छन् ।

सन् २०१६ को सुरुमा इटलीमा भएको स्काइरनिङ अल्ट्रारेसमा दोस्रो स्थान हासिल गरेपछि निक्कै चर्चित बनेकी राई अल्ट्रारनरको विश्व बरियतामा दोस्रो स्थानमा आइन् । दुई महिनाअघि इटलीमै दौडका क्रममा चोटग्रस्त बनेकी उनी एसिएल इन्ज्युरीको उपचारपछि पुनः ट्रेलमा फर्कन संघर्षरत छन् ।

गच्छदारको नजरमा प्रचण्ड इतिहासकै ‘निरीह’ प्रधानमन्त्री

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले प्रधानमन्त्री पुष्पकमल दाहालजस्तो निरीह प्रधानमन्त्री आफूले नेपालमा कहिल्यै नदेखेको बताएका छन् । अघिल्लो साता भएको शीर्ष नेताहरुको एउटा अनौपचारिक जमघटमा गच्छदारले प्रधानमन्त्री प्रचण्डसँग तीव्र आक्रोश पोखे । आफूले केपी ओली र शेरबहादुर देउवालाई पनि प्रधानमन्त्रीका रुपमा भोगेको भन्दै गच्छदारले प्रचण्डलाई कुनै पनि निर्णय लिन नसक्ने र जसलाई भेट्यो, उसैका कुरा ठीक भन्नेखालको प्रधानमन्त्रीका रुपमा पाएको चित्रित गरे । Continue reading “गच्छदारको नजरमा प्रचण्ड इतिहासकै ‘निरीह’ प्रधानमन्त्री”

सिजनमा पनि बढेनन् शुक्लाफाँटामा पर्यटक

अविनाश चौधरी/कैलाली।
गतवर्ष भारतले लगाएको अघोषित नाकाबन्दीका कारण प्रभावित भएको शुक्लाफाँटा वन्यजन्तु आरक्षको पर्यटन व्यवसाय यसवर्ष सिजनमा पनि खासै चल्न सकेको छैन । विश्वकै सबैभन्दा ठूलो बाह्रासिङ्गाको झुन्ड रहेको कञ्चनपुर स्थित शुक्लफाँटामा सिजनको बेला पनि पर्यटक आगमन निकै कम रहेको छ । Continue reading “सिजनमा पनि बढेनन् शुक्लाफाँटामा पर्यटक”

च्याउसँगै फक्रँदै बजारी चौधरीको परिवार

अविनाश चौधरी/कैलाली।
हँसिलो मुहारकी बजारी चौधरीलाई देखेर लाग्छ संसारै जितेको खुशी उनीसंग छ । सुख, सयलको माला गाँसेर जीवन चलेको होला । तर, जब विगतको कुरा जोडिन्छ । उनको धपक्क बलेको अनुहारमा एकाएक दुःखको तुवाँलो लाग्छ । भावुकताले नयन छचल्किन्छन् । किनभने कमैया, कमलरी दुवै अवस्थाको पीडा बजारीको मनमा ताजै छन् । Continue reading “च्याउसँगै फक्रँदै बजारी चौधरीको परिवार”

गाजासहित श्रीकिसुन पक्राउ

नागेन्द्र चौधरी/बारा।

पर्सा वन्यजन्तु आरक्षको सुरक्षामा खटेको आर्मीको गस्ती टोलीले गाजासहित एकजनालाई पक्राउ गरी इलाका प्रहरी कार्यलय निजगढमा बुझाएको छ । पक्राउ पर्नेमा बाराको मनहर्वा गाविस ५ श्रीपुर बस्ने ३४ वर्षका श्रीकिसुन राम रहेका छन् । Continue reading “गाजासहित श्रीकिसुन पक्राउ”

गायक संजय चौधरीको ‘आइ एम सरी’ सार्वजनिक

पपगायक संजय चौधरीको नयाँ गीत सार्वजनिक भएको छ। ‘आइ एम सरी’ बोलको गीत उनले सङ्स नेपालबाट सार्वजनिक गरेका हुन्। आफ्नै शब्द संगीत रहेको उक्त गीतमा कृष्ण लिम्बुले संगीत संयोजन गरेका छन्। Continue reading “गायक संजय चौधरीको ‘आइ एम सरी’ सार्वजनिक”

देउवा पक्षीय मन्त्रीले दाङका थारुलाई भने- माग पूरा हुँदैनन् कि भनेर कत्तिपनि शंका नगर्नुस्

परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले थारुलगायत संविधान प्रति असन्तुष्ट सबै समूदाय वा समूहको माग सम्बोधन हुने बताएका छन्। दाङको चखौरामा मंगलबारदेखि सुरु भएको दुईदिने थारु महोत्सवमा बोल्दै मन्त्री महतले पहिचान संरक्षणका लागि चिन्तित थारुको पहिचान नखोसिने बताए। आँफूहरुका माग पूरा हुँदैनन् कि भनेर संविधानप्रति शंका नगर्न थारु समुदायलाई आश्वस्त पारे। Continue reading “देउवा पक्षीय मन्त्रीले दाङका थारुलाई भने- माग पूरा हुँदैनन् कि भनेर कत्तिपनि शंका नगर्नुस्”

नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको छैन : राजदूत राय

नेपालका लागि भारतीय राजदूत रञ्जित रायले नेपाल-भारत सम्बन्धलाई थप मजबुद बनाउने भन्ने विषयमा चुनौती रहेको बताएका छन्। उनले त्यसतर्फ दुवै पक्षले सोच्नुपर्ने पनि बताए। द्विपक्षीय सम्बन्धमा समय समयमा केही समस्याहरु पैदा हुनु स्वभाविक भएको उल्लेख गर्दै राजदूत रायले भने,‘हामीवीचको सम्बन्धमा केही समस्याहरु आउँछन्, हामीवीच यति निकट सम्बन्ध छ, प्रगाढ सम्बन्ध छ, तर अब हाम्रो सम्बन्धलाई विकासको ट्रेण्डमा अघि बढाउनुपर्छ।’ Continue reading “नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको छैन : राजदूत राय”

माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालालाई भारतको पद्मश्री सम्मान

माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालालाई भारतले पद्मश्री पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ । गणतन्त्र दिवसको अवसरमा भारतले पद्म सम्मान पाउनेहरुको सूची सार्वजनिक गरेको छ । यो वर्ष सर्वोच्च नागरिक सम्मान भारत रत्न भने कसैलाई पनि प्रदान गरिने छैन । Continue reading “माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालालाई भारतको पद्मश्री सम्मान”

बालुवाटार बैठकमा सम्बन्ध विच्छेद गर्ने मोर्चा नेताको धम्की

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आहृवानमा बसेको सत्तारुढ कांग्रेस, माओवादी र मधेसी मोर्चाको बैठकको सुरुवात तनावपूर्ण रहृयो । तर, समापन भने केही सहमतिका साथ भएको छ । स्थानीय चुनाव घोषणा गर्ने तयारीप्रति आक्रोस बोकेर पुगेका मोर्चाका नेताहरु पनि प्रचण्डको आश्वासन बोकेर फर्किएका छन् । Continue reading “बालुवाटार बैठकमा सम्बन्ध विच्छेद गर्ने मोर्चा नेताको धम्की”