अमेरिकी राष्ट्रपति ट्रम्पले पहिलो निर्णयमै कटौती गरे नेपाल आउने सहयोग

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरक्षित गर्भपतन गराउने र त्यससम्वन्धी सूचना दिने गैरसरकारी संस्थाहरुलाई दिने सहयोगमाथि प्रतिवन्ध लगाएका छन् । यसको प्रत्यक्ष असर नेपालमा पनि पर्नेछ ।

राष्ट्रपतिको पदभार सम्हालेको पहिलो दिन सोमबार ट्रम्पले कार्यकारी आदेश जारी गरेका हुन् । स्वास्थ्य क्षेत्रमा अमेरिका विश्वकै ठूलो दातृ निकाय हो । र, उसले अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग यूएस एआईडीमार्फत मात्र ३ अर्ब डलर खर्च गर्छ ।

ट्रम्पको यो निर्णयले सुरक्षित गर्भपतनसम्वन्धी कार्यका लागि आइरहेको १ करोड डलर सहायता कटौती हुने अन्तर्राष्ट्रिय परिवार नियोजन महासंघले जनाएको छ ।

गर्भपतनको विरोध गर्नु रिपब्लिकन पार्टीको घोषित नीति नै हो । सन् १९८५ बाट सुरु भएको यो कार्यक्रममाथि हरेक रिपब्लिकन राष्ट्रपतिले प्रतिवन्ध लगाउँदै आएका छन् । जर्ज डब्लू बुसले लगाएको यस्तै प्रतिवन्धलाई डेमोक्रेटिक पार्टीका राष्ट्रपति बाराक ओबामाले सन् २००९ मा हटाएका थिए । अहिले ट्रम्पले आफ्नो पहिलो कार्यकारी आदेशमध्ये एक यही विषयमा जारी गरेका छन् ।

राष्ट्रपति ट्रम्पको यो आदेशले सुरक्षित गर्भपतनका लागि क्रियाशील नेपाल परिवार नियोजन संघ पनि प्रभावित हुने भएको छ । ‘सहयोग रोक्का हुनु भनेको प्रजनन श्वास्थ्यको क्षेत्रमा नेपाल सरकारले गरेको काममा हामीले सहयोग गर्न नसक्नु हो,’ संघका अध्यक्ष अमुसिंह सिजापतिले द गार्डियनलाई भनिन् । उनले भनिन्, ‘हामीले सामुदायद्वारा सञ्चालित क्लिनिक, स्वास्थ्य शिविर गर्न सक्दैनौं ।’

साथै परिवार नियोजन संघमा आवद्ध डाक्टर, नर्सका साथै स्वास्थ्य विशेषज्ञले जागिर पनि गुमाउनेछन् । नेपाल परिवार नियोजन संघका कार्यक्रम निर्देशक सुवास श्रेष्ठका अनुसार २०१९ मार्चसम्मको सहयोगको सम्झौता भइसकेको छ । साथै नयाँ निर्णयबारे पूर्ण विवरण आउन बाँकी रहेको भन्दै उनले भने, ‘सम्झौता भइसकेको सहयोग रोकिँदैन भन्ने आश छ ।’

रोजगारीका लागि भारत जान पनि अनुमति पत्र लिनुपर्ने

वैदेशिक रोजगारीमा गएका नेपाली कामदारको बीमा सुविधा विस्तार हुने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले आज अन्तराष्ट्रिय श्रम बजारमा रहेका नेपालीहरुको बीमा बारे नयाँ घोषणा गर्दै सुविधामा विस्तार गरेका हुन्। सरकारले पहिलो पटक रोजगारीको लागि भारत जाने सबै बालिग नागरिकहरुको अनिवार्य बीमा हुने नयाँ व्यबस्था गरेको छ। Continue reading “रोजगारीका लागि भारत जान पनि अनुमति पत्र लिनुपर्ने”

रिजन चौधरीलाई छुरा हान्ने जयनारायण चौधरी पक्राउ

पुरानो रिसिईवीको कारण सुनसरीको इटहरीमा दिलकुमार भन्ने रिजन चौधरीलाई छुरा प्रहार गरी हत्या पश्चात फरार भएका युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका १५ बस्ने २० वर्षीय जयनारायण चौधरी छन्। Continue reading “रिजन चौधरीलाई छुरा हान्ने जयनारायण चौधरी पक्राउ”

संविधान संशोधन नगरी चुनाव घोषणा नगर्न मोर्चाको दबाब

मधेसी मोर्चाले सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रलाई संविधान संशोधन नगरी चुनाव घोषणा नगर्न दबाव दिने भएका छन् । Continue reading “संविधान संशोधन नगरी चुनाव घोषणा नगर्न मोर्चाको दबाब”

परिवर्तनका निम्ति लडिरहन्छ थारु क्रान्तिकारी !

सुरज चौधरी।

त्यो निशा, त्यो जमिनदारी, त्यो अन्धकार।

निरंकुशता सहन्न

अत्याचार सहन्न

परिवर्तनका निम्ति लडिरहन्छ

थारु क्रान्तिकारी।। Continue reading “परिवर्तनका निम्ति लडिरहन्छ थारु क्रान्तिकारी !”

थारु महिला सभा नवलपरासीमा नयाँ नेतृत्व चयन, हेर्नुस् भिडियो

थारु कल्याणकारिणी सभाको भातृसंस्था थारु महिला सभा नवलपरासी जिल्ला अधिवेशनले टीका कुमारी महतो नेतृत्वमा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ। ‘समानुपातिक सहभागिता, आजको आवश्यकता, पहिचानसहितको संघियता, लोकतन्त्रको विशेषता’ भन्ने मूल नारासहित सम्पन्न दोस्रो जिल्ला अधिवेशनले उपाध्यक्षमासम्झना महतो, सचिवमा गंगा महतो, सहसचिवमा दयावान्ति कुमारी राय र कोषाध्यक्षमा हरिमाया महतोलाई चयन गरेको छ। Continue reading “थारु महिला सभा नवलपरासीमा नयाँ नेतृत्व चयन, हेर्नुस् भिडियो”

अवसरको खोजीमा सुरिलो स्वरकी अन्नु चौधरी

अविनाश चौधरी/धनगढी।

नेपाली र हिन्दी ‘कभर गीत’ गाएर पछिल्लो समय धेरैको मन जित्न सफल सुरिलो स्वरकी अन्नु चौधरी अवसरको खोजीमा छिन्। कैलालीका एक मध्यम वर्गीय किसानको चेली अन्नु आफ्नो प्रतिभा उजागर गर्ने आशाका साथ यतिखेर राजधानी पसेकी छन्। थारु गायिकाको रुपमा आफूलाई चिनाएको १९ वर्षीय अन्नुले आफूमा प्रतिभा रहे पनि अवसर भने नपाएको सुनाइन्। Continue reading “अवसरको खोजीमा सुरिलो स्वरकी अन्नु चौधरी”

समानुपातिकमा ‘तीन प्रतिशत थ्रेस होल्ड’

सरकारले स्थानीय, प्रदेश र केन्द्रको निर्वाचनमा कुल मतको तीनदेखि पाँच प्रतिशत मत नल्याउने पार्टीले समानुपातिक सदस्य नपाउने गरी निर्वाचन विधेयक मस्यौदा तयार गरेको छ। साना दल थ्रेस होल्डका विपक्षमा रहे पनि प्रमुख ठूला दलको दबाबमा मस्यौदा गरिएको हो। Continue reading “समानुपातिकमा ‘तीन प्रतिशत थ्रेस होल्ड’”

थरुहटका ५ जिल्लालाई थारु सांस्कृतिक भिलेजकोरुपमा विकास गरिने

महतवा, बडघर र भलमन्सा महासंघ नेपालले पश्चिम नेपालका ५ जिल्लालाई थारु सांस्कृतिक भिलेजकोरुपमा विकास गर्ने भएको छ । यही उदेश्यले महासंघले दाङमा २ दिने वृहत् ऐतिहासिक थारु सांस्कृतिक महोत्सवको तयारी थालेको छ ।  Continue reading “थरुहटका ५ जिल्लालाई थारु सांस्कृतिक भिलेजकोरुपमा विकास गरिने”

१६ जना विद्युत चोरहरु पक्राउ

विभिन्न उपकरणको प्रयोग गरी गैरकानुनी रूपमा मिटर बक्सको अङ्क घटाई विद्युत् चुहावट गर्ने कार्यमा संलग्न विद्युत् प्राधिकरणका पूर्व तथा बहालवाला कर्मचारी र व्यवसायी गरी १६ जनालाई आज प्रहरीले पक्राउ गरेको छ । विगत लामो समयदेखि दर्जनौं उद्योग, कलकारखाना, गार्मेण्ट, होटल, लज तथा व्यक्ति विशेषका घरमा जडित बिजुलीका मिटर बक्स मिलेमतो गरी मिटरको अङ्क घटाउने कार्यमा संलग्न १० जना बहालवाला कर्मचारी र दुई जना पूर्वकर्मचारी तथा चारजना व्यवसायीलाई महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले काठमाडौँ उपत्यका र हेटौँडाका विभिन्न स्थानबाट पक्राउ गरेको हो । Continue reading “१६ जना विद्युत चोरहरु पक्राउ”