‘स्वतन्त्र मधेस’ माग्ने सीके राउतलाई कारबाही गर्न गच्छदारको माग

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारलेे सीके राउतलाई कारबाही गर्न माग गरेका छन् । राउतले स्वतन्त्र मधेसको माग राख्दै गतिविधि गरिरहँदा सरकार मुखदर्शक बनेको उनले बताए । Continue reading “‘स्वतन्त्र मधेस’ माग्ने सीके राउतलाई कारबाही गर्न गच्छदारको माग”

तराई मधेसमा एमालेमुक्त अभियान चलाऔं : सुरेन्द्र चौधरी

नयाँ शक्ति नेपालका नेता सुरेन्द्र चौधरीले तराई मधेशमुक्त अभियान चलाउनुपर्ने बताएका छन्। टुडिखेलमा माघी महोत्सवको अवसरमा आयोजित कार्यक्रममा उनले सबैले एमालेमुक्त अभियानको शपथ खानुपर्ने बताए। Continue reading “तराई मधेसमा एमालेमुक्त अभियान चलाऔं : सुरेन्द्र चौधरी”

‘मैले थारुविरोधी गतिविधि गरेको छैन, मलाई थारुविरोधी भन्न पाइँदैन’

नेकपा एमालेकी नेतृ शान्ता चौधरीले आफू थारुविरोधी नभएको बताएकी छन्। उनले आफूले थारुविरोधी गतिविधि गरेको भेटिए सार्वजनिकरुपमै माफी माग्ने बताएकी छन्। ‘मलाई थारुविरोधी भनेर पटक पटक आरोप लगाउँदै आएको छ। मैले फेसबुक ट्विटर कतैपनि थारुविरोधी गतिविधि गरेको छैन। गरेको भेटाउनुभयो भन्ने भन्नुहोस्, म माफी माग्न तयार छु। मलाई थारुविरोधी भन्न पाइँदैन,’ माघी महोत्सवको क्रममा शान्ताले भनिन्। Continue reading “‘मैले थारुविरोधी गतिविधि गरेको छैन, मलाई थारुविरोधी भन्न पाइँदैन’”

नेपाली खेलकुदमा थारुको उपस्थिति

प्रदिप लेखी।

नेपाली खेलकुदमा थारु समुदायका खेलाडीको महत्वपूर्ण योगदान छ । सिमित स्रोत साधानबाट सञ्चालन भइरहेको नेपाली खेलकुदमा थारु समुदायबाट उत्पादन भएका खेलाडीहरुले ओलम्पिकमा समेत सहभागिता जनाएका छन् । विशेष गरी एथलेटिक्स, फुटबल, भलिबल, मार्शल आर्टलगायतका खेलमा थारु समुदायका खेलाडीको उच्चस्तरका प्रदर्शन देख्न पाइन्छ । हालः फुटबलमा क्रियाशिल रहेका भरत खवासले चर्चित थारु खेलाडी हुन् भन्दा फरक पर्दैन । एथलेटिक्सका ओलम्पियन तिलकराम थारु, देवी चौधरी, सविता चौधरीलगायतका खेलाडीले नेपाली खेलकुदमा महत्वपूर्ण योगदान दिएका छन् ।

नेपाली खेलकुदका विज्ञ् दीवाकरलाल अमात्यसमेत थारु समुदायले नेपलाको खेलकुदमा महत्वपूर्ण योगदान दिएको स्वीकार्नुहुन्छ । नेपाली खेलकुदमा थारु समुदायको विषयमा अनुसन्धान गरेर अगाडि बढ्ने हो भने क्षमतावान खेलाडी उत्पादन गर्न सकिने उनको तर्क छ । एथलेटिक्सको ४०औं राष्ट्रिय खेलकुदमा पनि थारु खेलाडीहरुको राम्रो उपस्थिति रहेको थियो । त्यसको रिजल्टलाई अध्ययन गर्ने हो भने ३० प्रतिशत पदक विजेता खेलाडी एक्लो थारु समुदायबाट मात्र छ । यति धेरै समुदाय बसोबास गर्ने मुलुकमा ३० प्रतिशत थारु समुदाय आउनु भनेको ठूलो कुरा हो । एथलेटिक्सको १०० देखि १५ सय मिटरसम्मको दौडको मेडल तालिकालाई अध्ययन गर्ने हो भने अधिकांश राष्ट्रिय रेकर्ड थारु समुदायको खेलाडीको नाममा छ । आकल झुक्कल अन्य समुदायका खेलाडीको नाममा रेकर्ड बनेको देखिन्छ नत्र सबै थारु समुदायको हातमा रेकर्ड छ ।

‘एथलेटिक्सको छोटो र मध्यदूरीको दौडमा थारु समुदायको विलक्षण प्रतिभा देखिएको छ । त्यस विषयमा सम्बन्धित निकायले अनुसन्धान गरेर अगाडि बढ्ने हो भने हामीले थारु समुदायलाई खेलकुदको माध्यमबाट अगाडि बढाउन सक्छौं,’ श्रेष्ठ भन्छन्, ‘उनीहरुको जीवनशैली, शारीरिक बनावटले पनि खेलकुदमा महत्वपूर्ण योगदान दिनसक्ने पुष्टि हुनछ ।’ अमात्यका अनुसार थारु समुदायका खेलाडिको शरिरको तल्लो भाग लामो हुने गर्छ ।

अमात्यका अनुसार देशका ६ जिल्लामा बसोबास गर्ने थारुहरुको विषयमा महत्वपूर्ण अध्ययन गरेर खेलकुदमा विशेष अभ्यास दिलाउने हो भने थारु समुदायले महत्वपूर्ण योगदान दिन सक्छन् ।

फुटबलमा थारुको योगदान
नेपालकै सर्वाधिक लोकप्रिय फुटबल खेलमा पनि थारु समुदायका खेलाडीहरुको महत्वपूर्ण भूमिका रहेको पाइन्छ । मोरङका देवनारायण चौधरी कुनै समय नेश्नल टिमका नायक थिए । उनलाई हेडर बादशाहका उपनामले पनि नेपालमा चिनिथ्यो त्यसबेला देवनारायणले गरेको उत्कृष्ट हेड गोलकै कारण नेपाललाई कतिपय अन्तर्राष्ट्रिय उपाधि दिलाउन सफल बनेको थियो । यसका साथै देवनारायण महेन्द्र पुलिस क्लबका एउटा खम्बा खेलाडीका रुपमा पनि स्थापित थिए ।

अहिले भरत खवास एन्फा एकेडेमीबाट छनोट भएर राष्ट्रिय स्तरका खेलाडी बनेका छन् । उनी आर्मीमा छन् । उनी पनि चौधरी झैँ मोरङमा नै हुर्केका हुन् ।

भरत नेपाली राष्ट्रिय टिम बाट साग र सोलिडारिटी कप जस्ता प्रतियोगिताहरुमा गोलगर्दै दशकै पछि नेपाली फुटवल इतिहाँसमा अन्तर्राष्ट्रि«य उपाधिको खडेरी तोड्दै आफूलाई स्टार खेलाडीका रुपमा स्थापित गराउन सफल बनेका छन् ।

त्यसैगरी सर्लाहीका आदित्य चौधरी पनि एन्फा एकेडेमीमा छनोट भएर यु–१४ बाट आफ्नो फुटबल करियरको सुरुवात गरेका खेलाडी हुन् । यु–१४ हुँदै यु–१६ र यु–१९ खेल्दै आफूलाई नेपाली राष्ट्रिय टिममा डिफेन्डरको भूमिकामा स्थापित गराउन सफल भए । बंगबन्धु गोल्ड कप, साग र सोलिडारिटी कपमा महत्वपूर्ण भुमिका निर्वाह गर्दै एउटा सफल डिफेण्डरको रुपमा नेपाली फुटबल इतिहासमा स्थापित गराउन सफल भइसकेका छन् ।

नवलपरासीका अमृत चौधरी गाउँबाट खेल्दै हिमालियन शेर्पा क्लबमार्फत पहिचान बनाउन सफल भएका खेलाडी हुन् । उनी पछि एपिएफ टिमा आबद्ध भएका छन् । उत्कृष्ट गोलरक्षकका रुपमा आपनो परिचय बनाएका अमृतले बंगलादेशमा भएको बंगबन्धु र भारतको गोहाटीमा भएको साग गेममा राष्ट्रिय टिममा छनोट भएर गोल रक्षकको भूमिका निभाउने मौका पाएका थिए । अहिले उनी नेपाली गोलरक्षकहरुमा तेस्रो स्थानमा पर्ने गरेका छन् ।

फुटबलमा अमिट छाप छोड्न सफल भएका यी खेलाडीहरुले अवसर र मौका पाएका कारण आफ्नो क्षमता प्रस्तुत गरे । यस्ता थुप्रै उत्कृष्ट थारु समुदायका खेलाडीहरु अझै पनि आँखा पर्न सकेका छ्रैनन् । यो हाम्रो विडम्बना नै हो ।

कतिपय क्षमतावान खेलाडीले आफ्नो घर परिवारको दैनिकी गुजारा गर्नका लागि खेल जीवनलाई तिलाञ्जली दिएर अर्कै पेसाामा लाग्नुपरेको अवस्था छ । विलक्षण प्रतिभावान खेलाडीलाई समेत राज्य संरक्षण गर्न नसक्नु हाम्रो लागि अर्काे विडम्बना हो ।

नेपालको खेलकुद राजधानीमा केन्द्रीत छ । उपत्यकाका पुहँचवालाहरुको नियन्त्रणमा खेलकुद गतिविधि नियतन्त्रण हुने भएकाले पनि थारु समुदायका उत्कृष्ट खेलाडीले अझै अवसर पाउन सकेका छैनन् ।

हामीले माथि फुटबलका स्टार खेलाडीहरुको विषयमा केही चर्चा गर्यौं । तर फुटबलबाहेक भलिबल, एथलेटिक्समा पनि नेपालका उत्कृष्ट थारु खेलाडीहरुले अन्तर्राष्ट्रिय जगतमा देशको इज्जत जोगाइराखेका छन् । तर पनि उनीहरुलाई विशेष सुविधाको विषयमा भने आनाकानी गरिन्छ । जुन थारु समुदायमात्र नभएर सम्पूर्ण खेलाडीका लागि दुखको कुरा हो ।

खेलकुद क्षेत्रमा थारु समुदायले महत्वपूर्ण योगदान दिन सक्ने कुरालाई राज्यले अझै पहिचान गरेर विशेष किसिमको योजना तथा कार्यक्रम नल्याएनु विडम्बना भएको खेलकुद विज्ञ् दिवाकरलाल अमात्य बनाउछन् । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ पनि खेलकुदमा थारु समुदायले उत्कृष्ट पदर्शन गर्दै आएको र सो समुदायमा फरकखालको प्रतिभाव भएको स्वीकारे । त्यसविषयमा ओलम्पिक कमिटीले विशेष ध्यान दिने समेत प्रतिबद्धता व्यक्त गर्न उनी पछि पर्दैनन् ।

थारु समुदायको खानपानदेखि विशेष साँस्कृतिक क्रियाकलापले समेत खेलकुदमा योगदान दिनसक्ने भएकाले ती विषयमा राज्यस्तरबाट विशेष अनुसन्धान र अध्ययन गरि विशेष प्रशिक्षणको सुविधा दिएको खन्डमा नेपाली खेलकुदलाई यो समुदायले नयाँ उचाईमा पुर्याउनेमा दुई मत रहँदैन । (थारु पत्रकार संघ नेपालको मुखपत्र फूलरियाबाट साभार)
लेखक थारु पत्रकार संघ नेपालका केन्द्रीय उपाध्यक्ष हुन् ।

संसद्को अध्ययन प्रतिवेदन भन्छ- नेताहरूको अभिव्यक्तिले टीकापुर घटना

कैलालीको टीकापुरमा २०७२ भदौ ७ मा भएको घटनामा संलग्न र मतियार सबैलाई सरकारले प्रचलित कानुनबमोजिम कारबाहीको दायरामा ल्याउनुपर्ने सुझाव संसद्को राज्यव्यवस्था समितिको टीकापुर घटना अध्ययन गर्न गठित उपसमितिले दिएको छ । २०७२ साउन २८ मा विभिन्न दलका नेताहरूले थारूवान संघर्ष समितिको आमसभामा दिएको अभिव्यक्तिका कारण भदौ ७ मा टीकापुर घटना भएको उपसमितिले निष्कर्ष निकालेको छ । घटनामा प्रहरी वरिष्ठ उपरीक्षकसहित ७ प्रहरी र एक बालकको मृत्यु भएको थियो । Continue reading “संसद्को अध्ययन प्रतिवेदन भन्छ- नेताहरूको अभिव्यक्तिले टीकापुर घटना”

बैशाखभित्रै स्थानीय तहको निर्वाचन गर्ने सहमति, मिति घोषणा केही दिनमै

प्रमुख तीन राजनीतिक दल आगामी वैशाखको दोस्रो सातामा स्थानीय तहको निर्वाचन सम्पन्न गराउन सैद्धान्तिक रुपमा सहमत भएका छन् ।मधेसकेन्द्रित दलको माग सम्बोधनका लागि व्यवस्थापिका–संसद्मा टेबल भएको संविधान संशोधनका विषयमा हालसम्म सत्तापक्ष र प्रमुख प्रतिपक्षीले फरकफरक अडान राखे पनि निर्वाचन गराउन एकमत हुनुले त्यो विवादलाई पनि वार्ताबाट मिलाउन उनीहरु तयार देखिएका छन् । Continue reading “बैशाखभित्रै स्थानीय तहको निर्वाचन गर्ने सहमति, मिति घोषणा केही दिनमै”

सीके राउतको पछि नलाग्न आग्रह गर्दै गच्छदारले भने- ‘मधेसभन्दा ठूलो मेरो देश हो’

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छादारले स्वतान्त्र मधेसको कल्पना नगर्न मधेसी मोर्चाका नेताहरुलाई आग्रह गरेका छन् । कसैले हमाल र पहाड विनाको मधेसको परिकल्पना कसैले गर्छ भने त्यो स्विकार्य नहुने उनले बताए । Continue reading “सीके राउतको पछि नलाग्न आग्रह गर्दै गच्छदारले भने- ‘मधेसभन्दा ठूलो मेरो देश हो’”

‘सिके राउतले ‘स्वतन्त्र मधेस’ अभियान चलाउँदा सरकार किन चुप ?’

नेकपा एमालेका उपाध्यक्ष भिम रावलले सरकारले राष्ट्रिय सुरक्षा नीतिको बेवास्ता गरेको आरोप गलाएका छन्। संसदको शून्य समयमा बोल्दै उनले संविधान र कानुन विपरित काम गर्नेहरुलाई छुट दिइएको बताए। ‘राष्ट्रिय स्वाधिनता र अखण्तामा प्रहार गर्नेलाई कुनै कारबाही गरिएको छैन’, उनले भने, ‘सिके राउतले स्वतन्त्र मधेस भनेर अभियान चलाउँदा समेत सरकार चुप लागेको छ।’ नेपालको कानुन र कुटनीतिक मर्यादा विपरितका काम भइरहेको उनले बताए। सुन तस्करीको विषयलाई जोड्दै उनले तस्करिलाई बढावा दिइएको उनको आरोप लगाए। Continue reading “‘सिके राउतले ‘स्वतन्त्र मधेस’ अभियान चलाउँदा सरकार किन चुप ?’”

चन्दा चौधरीसहित तमलोपामा सात पदाधिकारी थपिए

काठमाडौं- तराई–मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) मा चार महामन्त्री र तीन सहमहामन्त्री थपिएका छन् । थपिएका पदाधिकारीमा महामन्त्रीमा डा विजय सिंह, उमाकान्त झा, चन्दा चौधरी र जितेन्द्र सिंह तथा सहमहामन्त्रीमा डा सुरेन्द्र झा, सामीम मिया अन्सारी र राम प्रवेश वैठा छन्। Continue reading “चन्दा चौधरीसहित तमलोपामा सात पदाधिकारी थपिए”

टुडिखेलमा सखियै हो

माघ १ गते टुडिखेलमा आयोजित थारु राष्ट्रिय माघी महोत्सवमा चम्पन सांस्कृतिक समूहले प्रस्तुत गरेको स्वागत नृत्य हेर्नुस्।