स्थानीय तहको संख्या र सिमाना निर्धारण आयोगले स्थानीय तहमा बिशेष, संरक्षित र स्वायत्त क्षेत्र निर्धारण गर्ने काम अघि बढाएको छ । स्थानीय तहको संख्या र सिमाना निर्धारण गरेर सरकारलाई बुझाएपछि आयोगले तीनै स्थानीय तहहरुमध्ये कुन-कुन गाउँपालिका/नगरपालिका वा त्यस अन्तर्गतका वडाहरुलाई संरक्षित क्षेत्र, बिशेष क्षेत्र वा स्वायत्त क्षेत्र बनाउनु पर्ने हो, त्यसको अध्ययन थालेको हो । Continue reading “बिशेष संरक्षित क्षेत्र र स्वायत्त क्षेत्र घोषणाको तयारी”
Author: admin
फुटबलर नेइमार अब फिल्ममा, ट्रेलर हेर्नुस्
फुटबल मैदानमा आफ्नो जादुमयी खेल प्रदर्शन गरेर विश्वलाई नै विस्मित तुल्याउदै आइरहेका ब्राजिलका स्टार स्ट्राइकर नेइमारले फिल्ममा पनि आफ्नो खुबी देखाउने भएका छन्। उनलाई ‘ट्रिपल एक्स’ फिल्मको अघिल्लो संस्करणमा देख्न पाइने विदेशी अखबारहरूले जनाएका छन्। बेन डेन्जल र सामुअल एल ज्याक्सनजस्ता खारिएका अभिनेतासँग नेइमारको भूमिका कस्तो हुने हो, यो फिल्मको रिलिज पछि नै थाहा होला? Continue reading “फुटबलर नेइमार अब फिल्ममा, ट्रेलर हेर्नुस्”
तेरिया मगरले जितिन् ‘झलक दिखला जा’ ताज
तेरिया मगरले भारतको चर्चित टेलिभिजन ‘झलक दिखला जा’को ट्रफि जितेकी छिन् । बलिउड अनलाइन ‘बलिउड लाइफ’का अनुसार उनले अन्य २ प्रतिस्पर्धीलाई उछिन्दै उनले यो शो जितेकी हुन् । तेरियाले चर्चित रियालिटी शो जितेको समाचार बलिउड लाइफले जनाएको छ । Continue reading “तेरिया मगरले जितिन् ‘झलक दिखला जा’ ताज”
जबरजस्ती चुनाव गरिए अर्को टीकापुर घटना घट्ने गंगाको चेतावनी
सांसद गंगा थारुले अर्को टीकापुर घटना दोहोरिनसक्ने चेतावनी दिएकी छन्। ब्यवस्थापिका संसदमा शुक्रबार बोल्दै उनले थारुको मुद्दा पूरा नगरी चुनावको तयारी गरेको भन्दै कडा आपत्ति जनाइन्। Continue reading “जबरजस्ती चुनाव गरिए अर्को टीकापुर घटना घट्ने गंगाको चेतावनी”
धनगढीमा खोज्नी बोजनी मेला सुरु
प्रेम चौधरी/धनगढी।
कैलालीको धनगढी उपमहानगरपालिकामा तीन दिने माघी डेवानी तथा खोज्नीबोज्नी कार्यक्रम सुरु भएको छ। कला संस्कृतिको संरक्षण तथा सम्बर्द्धन र राज्यबाट पाउनु पर्ने अधिकारको माग गर्दै यहाँका थारु समुदायले माघी खोज्नीबोजनी मेला आयोजना गरेका हुन्। Continue reading “धनगढीमा खोज्नी बोजनी मेला सुरु”
धनगढीमा थरुहटको आमसभा हुँदै, बाबुरामसहित थारु-मधेसी शीर्ष नेताले सम्बोधन गर्ने
लखन चौधरी/धनगढी।
थरुहट-थारुवान संयुक्त संघर्ष समिति कैलालीको आयोजनामा माघ १५ गते धनगढीमा आमसभा हुने भएको छ। कैलाली–कञ्चनपुरसहित तराई भुगोललाई थरुहट प्रदेश बनाउनु पर्ने माग गर्दै लामो समयदेखि आन्दोलनरत उक्त संघर्ष समितिले आन्दोलनलाई निर्णायक बनाउने भन्दै आमसभा आयोजना गर्ने निर्णय गरेको छ। Continue reading “धनगढीमा थरुहटको आमसभा हुँदै, बाबुरामसहित थारु-मधेसी शीर्ष नेताले सम्बोधन गर्ने”
केन्यामा ‘नो सेक्स’ अभियान
निर्वाचनमा सहभागी हुन र भोट हाल्नका लागि एउटा नेताले कस्तो अभियान चलाउन सक्छन् ? जागरण अभियान, प्रशिक्षण अभियानजस्ता सामान्य कुरा हामीले अनुमान गर्न सक्छौँ । तर, केन्याको सन्दर्भमा यस्तो अनुमान फेल खान सक्छ । किनकि केन्याकी एक सांसद्ले महिलाहरूसँग अपिल गरेकी छिन्– ८ अगस्टमा हुने निर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता नगरेसम्म श्रीमान्सँग सेक्स नगर्नू । यस्तो अभियान चलाउने महिला सांसद् हुन्, मिसि मबोको ।
केन्याको तटीय सहर मोम्बासाकी यी नेताले विपक्षीलाई खतरामा पार्ने सबैभन्दा बलियो अभियान यही भएको बताएकी छिन् । त्यहाँको निर्वाचनमा मतदान गर्न १७ फेब्रुअरीसम्ममा मतदाता नामावलीमा सूचीकृत भइसकेको हुनुपर्छ ।
मबोकोले भनेकी छिन्, ‘महिलाहरूले यो रणनीतिलाई अपनाउनुपर्ने हुन्छ । यो सबैभन्दा राम्रो अभियान हो । श्रीमान्ले भोटर कार्ड नदेखाएसम्म उनीहरूसँग सेक्स गर्न अस्वीकार गर्नुहोस्, यसले हामीलाई धेरै राम्रो गर्छ ।’ मबोकोले यौनलाई कुनै पनि अभियानको सबैभन्दा शक्तिशाली हतियार हो भनेकी छिन् । र, पुरुष मतदातालाई मतदाता कार्ड लिन दबाब दिन योभन्दा अर्को अभियान सफल नहुने उनले तर्क गरेकी छिन् ।
सोमबारबाट मतदाता सूचीको काम सुरु भएकाले यो अभियान पनि सोमबारबाटै सुरु गर्न मबोकोले महिलाहरूसँग अनुरोध गरेकी छिन् । केन्याका राष्ट्रपति उहुरु केनयट्टा दोस्रो कार्यकालका लागि यस वर्ष पनि निर्वाचन लड्दै छन् । मबोको र अरू दल मिलेको खण्डमा उहुरुलाई कडा प्रतिस्पर्धा सामना गर्नुपर्ने बताइएको छ । तर, केन्यामा यौन अस्वीकार गर्ने यस्तो अभियान चलेको यो पहिलोपटक भने होइन ।
यसअघि पनि सन् २००९ मा यस्तै अपिल गरिएको थियो । त्यतिवेला महिलाहरूले एक सातासम्म ‘सेक्स हडताल’ गरेका थिए । त्यतिवेलाको अजेन्डा थियो– राष्ट्रपति मवाई किबाकी तथा प्रधानमन्त्री राइला ओडिन्गा र उनीहरूका सहयोगीबीचको मनमुटाव अन्त्य गर्नु ।
मटि्टतेल छर्केर अनिशाको शरीरमा आगो लगाएपछि..
नेपालगन्जमा एक व्यक्तिले आफ्नी पत्नीको शरीरमा मटि्टतेल छर्केर आगो लगाएका छन्। नेपालगन्ज-१२ बाँकेगाउँ निवासी राजेन्द्र खटिक (सोनखर)ले पत्नी अनिशा खटिकको शरीरमा बिहीबार राति करिब ९ बजेतिर आगो लगाएका हुन्। Continue reading “मटि्टतेल छर्केर अनिशाको शरीरमा आगो लगाएपछि..”
एउटै डोरीमा झुण्डिएर ‘प्रेमी-प्रेमिका’द्वारा आत्महत्या
समाजमा अन्तरजातीय विवाहले अझै पनि मान्यता पाएको छैन। यदाकदा प्रेममार्फत समाजमा अन्तरजातीय वैवाहिक सम्वन्ध स्थापित हुने गरेपनि पूर्णरुपमा अन्तरजातीय विवाहले मान्यता नपाउँदा आत्महत्यासम्मका घटना समाजमा घट्ने गरेका छन्। Continue reading “एउटै डोरीमा झुण्डिएर ‘प्रेमी-प्रेमिका’द्वारा आत्महत्या”
तिम्रै शासनकालनमा किन बहुलाउँछ बामदेवजी?
सीएन थारु।
जब जब बामदेव जी गृहमन्त्रालय सम्हाल्दो रहेछ, तब तब थारु वहुलाउँछ। २०६५ सालमा थारुलाई मधेसी घोषणा गरेको निहुँमा थारु वहुलाए। फाल्गुन १९ गते देखि चैत्र १ गते सम्म १३ दिन आन्दोलन मार्फत तराई ठप्प पारे। यो आन्दोलनको बेला फाल्गुन २२ गते चितवनको टाँडिमा कमल चौधरी र विपिन खडका क्षेत्री सशस्त्रको गोली लागेर सहादात प्राप्त गरे। त्यसैगरी देउखुरीको लग्ठवामा फाल्गुन ३० गते अर्को घटना दोहरिए जहाँ राम प्रसाद चौधरी र प्रकाश सत्गौंवा थारु सशस्त्रको गोली लागेर सहादात प्राप्त गरे। शायद त्यो वेलामा थारुले प्रहरी चौकी उपर हमला पो गर्ने हुन कि भनेर गोवरडिहा प्रहरी चौकी खाली गराइएको थियो। थरुहट सेनाको नाममा त्यस वेला युवाहरु संगठित पनि थिए। Continue reading “तिम्रै शासनकालनमा किन बहुलाउँछ बामदेवजी?”