सात दिने खिचरा महोत्सव समापन, प्रजिअले भने- थारु समुदाय शान्तिका प्रतिक हुन्

कारी महतो/खैरहनी

पुस २८ देखि माघ ५ सम्म भएको चौथो खिचरा महोत्सवको समापन समारोहमा चितवनका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले थारु समुदायले खिचरा महोत्सव मार्फत उनीहरु शान्तिका प्रतिक हुन् भन्ने सन्देश दिएको बताएका छन्। माघ ५ गते भएको समापन कार्यक्रममा प्रमुख अतिथिको रुपमा आमन्त्रित चितवनका प्रमुख जिल्ला अधिकारीले जिल्ला सदरमुकाम भन्दा टाढा आयोजना गरिएको भए पनि निकै भव्य, सौहार्दपूर्ण रुपमा र शान्त वातावरणमा खिचरा महोत्सव सफल भएकोमा आयोजक कमिटीलाई बधाई तथा धन्यवाद ज्ञापन गरेका छन्। प्रजिअ भट्टले खिचरा महोत्सवको शान्ति सुरक्षाको बारेमा आफुले निकै सचेत भएको र सातदिन सम्म आयोजना भएको खिचरा महोत्सवमा शान्ति सुव्यवस्था कायम गर्न अलि कठिन होला भनी सचेत भएको तर कुनै किसिमको उच्छृङ्खल गतिविधि नभएकोमा खुशी व्यक्त गरेका छन्। साथै प्रजिअले आफू पनि माघ १ गते दर्शकको रुपमा यो महोत्सव अवलोकन गरी थारु संस्कृतिसँग सम्बन्धित थारु फुडको स्वाद लिएको खुलासा गरे। Continue reading “सात दिने खिचरा महोत्सव समापन, प्रजिअले भने- थारु समुदाय शान्तिका प्रतिक हुन्”

‘हैसियत’ नमिल्दा थापा-गच्छदार बाहिरै

राप्रपा अध्यक्ष कमल थापा र मधेसी जनअधिकार फोरम लोकतान्त्रिक अध्यक्ष विजय गच्छदारलाई सरकारमा ल्याउने प्रधानमन्त्री पुष्पकमल दाहालको योजना तत्काललाई टरेको छ। दाहाल बिहीबारै थापा र गच्छदारलाई मन्त्री बनाउने प्रयासमा रहे पनि सफल हुन सकेनन्। Continue reading “‘हैसियत’ नमिल्दा थापा-गच्छदार बाहिरै”

नैहुइल माघी लहृवाई [थारु भाषा]

लखन चौधरी।
पहिले–पहिले बुडु–बुडीहुक्रे कहै–‘बरे जार बा रे लर्को, माघ लहाई सेकजाई कि नाई, यि.., असौंक माघ किहि–किहि लैजाइठ झाने ।’
थारू समुदायके बरस भरिक भाग्य भविष्यके फैसला करुइया माघीहे व्यक्तिगत जीवनके फैसाला हुइना टिहुवारके रुपमे फेन लेहल पुर्खाहुकनके कहाईसे बुझजाइठ । पुर्खनके कहाईके प्रसंग माघके ठन्ठनैना जार हुई सेकि मने मोर मनके जार कलेक नियतिके बज्र प्रहार बने पुगल । अत्रोहि किल हो, माघीक् रौनक भरल समयमे मोर घर परिवारमे उ नियतिके बज्र प्रहार माघहा कुहिरा बनके पैठल ।
ओफिससे आयोजना हुइल पुस ९ गतेक् चुक्की कार्यक्रमपाछे घर विदामे बैठल मै सक्कु तयारीपाछे १६ गते गुन्टी गुन्टासहित गोसिनिया (सिरु) के उपचारके क्रममे नेपालगञ्ज मेडिकल कलेज कोहलपुरके सम्पर्क पुग्नु । नियमित ३ दिनके स्वास्थ्य परिक्षणके बाट उ अस्पताल मोर सिरुहे भर्ना करल । निजी अस्पताल न कहिजाए, जहाँ फेन कमैना धन्ढा ।

घर अंगनामे पेलपेल्ही आइल माघीके सक्कु ओहोर रौनक छैटी रहे । सक्कु मनै आ–आपन प्रियजनसे माघी मनाइक लाग घर फर्कटी रहै कना छनक बस पार्कके यात्रुनहे हर्लेसे पुगे । ओहोर अस्पतालमे बरा डटसे डेरा जमाके बैठल हम्रहनहे माघी मनाई घर जाई मिलिकी नाई । टैहिकोना, अस्पतालेमे माघी बिटनाजाए, कहिके ढिउर छटपटी होए । बेलाबखत यहे बारेम अस्पतालमे भर्ना हुइल बेराम्ह्या ओ कुरुवाबीच माघीके बिषयमे छलफल फेन होजाए । कैलालीके धनसिंहपुर गाविस सुर्यपुरके सियाराम चौधरी, टीकापुर बजारके सखी कस्मेटिकके सञ्चालक पुरन चौधरी, टीकापुर सुकुम्बासी बस्तीके रामकृष्ण बुढालगायतबीच माघ मनाई जाइ नैमिली टे अस्पतालमे एक पसेरी सिकार लेहे माघ मानब कहिके बातचित चले ।

घरमे दुई ठो छोट–छोट बच्चा छोरके अस्पताल पुगल जोरी न पर्ली हम्रे । बच्चन्के याद बहुट सटाइठ, बिचमे बच्चान्हे फेन बेराम परल फोन गैलपाछे डाई बाबान्हे कत्रा छटपटी हुइठ कना पीडा भुक्तभोगीहुकनहे किल पटा रहठ । एक दिन मोर बरकी छाई साधना (साधु) फोन करके कहल ओजु (ओजस्वी छुट्की छाई) खोब उल्टी करल कहिके । गोसिनिया सिरुक् लग्गे फोनमे बाट करे सेक्ना मोर अवस्था नैरहल ।

बाध्यतावंश, नैसेकके बाहेर निक्रे परल रहे । औरे दिन फोन करके–बाबा कहिया अइबो, मोर लाग खैना चीज नानडेहो ना कहुइया मोर ओजु छाई उ दिन फोनमे बात फेन नैकरल अवस्थाहे सम्झटु टे अभिन फेन आँख रसाजाइठ ।

माघीके अवसरमे बहुट बरस पहिलेहिसे कैलालीके गदरिया–६ बेनौलीमे बहुट भारी माघी मेला करिब एक हप्तासम लग्टी आइल बा । हम्रे बेनौलीके स्थानीय जो पर्ली । विगत बरसके मेलाके रौनक, मुह लाल कराके गालेभर पान खैटी हिरोल्ना झुलल याद बहुट सटैटी रहे । बिच–बिचमे साँघरिनसे करल फोन टे झने बेचैन बनाडेहे । धनगढीसे गाउँ जैटी किल गाउँमे तीन पानीके रस पार्टी होए या सामान्य भेटघाटमे भेला होजिना साँघरिया अरविन, दुर्जन, हर्कलगायतके फोनसे टे झने उ अस्पतालके वातावरणमे मोर भौतिक शरीर किल बा कि जसिन लागे । मने का कर्ना हो, आपन उदेश्यमे अडिग हुई परे । मने–मने आपन चित्त बुझाउ जीउ बाँची टे लाखौं कमा लेब, असिन माघ टे कत्रा मनाई मिलि कत्रा । यहे बाटसे गोसिनियाहे सान्त्वना फेन डेटी रहु ।

दिनप्रति दिन सुधरटी गैल गोसिनियाके अवस्था ओ औषधोपचारके क्रममे संलग्न डाक्टरके डिस्चार्ज नोटिस्से अस्पताल रुपी पिजरामे कैद हुइल पंक्षी उरसेकल रहे । आपन सपना संसार सयर करसेक्ले रहे । ओ पुस २८ गते मजासे माघी लहैना संगे मनाई मिलि कना आशा ओ सपना बोकके घर पुग गैल । करिब १३÷१४ दिनके सिहरल जीउ सन्ठाई नैपैटी २९ गते सुव्वर मर्ना दिन परगैल । सबजहन घर जैना हतार । सक्कु जहन गाउँ जैना बसमे बैठाईलपाछे हम्रे छुट्की छाईसहित बड्डा–बड्डी धनगढी रहल घरसे माघ लहाके विहन्नी ढिरेढिरे गाउँ जैना मनस्थिति बनैटी बेरी खा खुके सुट्ली ।

नियतिके लिला कना हो कि, दैवके खेल । हमार सुट्ले १५ मिनेट हुइल रहे कि नाई । फोन आइल–‘राजकुमार टे घर नैपुग्टी बाइक एक्सिडेन्टमे परगिनै, बहुट खुन बहगिलिन् गाउँमे उपचार नैहुइल आब, धनगढी अइना तयारीमे बाटी’ फोन करुइया पारोसी भटिजुवा संजिप कहलै । मोर टे होस उरगैल, सुटल मनै उठ गैनु, मजासे चिक्कन नैहुइल मोर बड्डीके रोहाढाही सुरु । काठमाडौंसे माघी मनाई धनगढी पुगके गाउँ नेगल मोर भैया घर नैपुग्टी फेरसे धनगढी पुगल ओ सेती अञ्चल अस्पतालमे भर्ना हुइल । दाहिन आँखिक टरे, नाकेक् पाँज्रे डोडर परल रहिस ।

भैयाक् उपचारके लाग दौरधुप करट–करट माघ लहैना भुल गैल कना हो कि, फुर्सद नैमिलल । आघेक् दिन बहुट रौनक छाइल माघी एकाएक फिक्कल होगिल । गाउँ जैना आशा मरगिल । टाटुल–टाटुल ढिक्री संगे सुरिक सिकार खैना, घरेक पस्गाक् आगी टप्टी डफला बजाके ढमार गैला रहर टुट गैल । बेलाबखत गाउँसे भैयाक् हालखबर कसिन बा ? कना बाबाक् सवालसे मुटुमे टेगारी मारल हस किल लागे । बाध्यताबंश जवाफमे ठोरचे छोट लागल बाटिस, काल टे पक्का फेन घर पुगब कहे परे ।

एफएमसे बोजल–हर साल आउँछ माघी, सखियै हो माघीके पिबी गुरीगुरी जार कना गीत ओ कहु–कहु धनगढी बजारमे माघौटा नाच नचुइया टोलीहुकन डेखके किल माघी आइल बा, कना अभास हुइल ।

तीन दिनके अस्पताल भर्नापाछे अस्पतालसे विदा लेहल हम्रे तीन गते साँझ्याके किल गाउँ पुग्ली । उ बेलासम डाई बाबा बेचैन होगिल रहिट ।
विपत्ति पक्का फेन घण्टी बजाके नैआइना हुइलओरसे कब का हुई अनिश्चित बा । नियतिके प्रहारे–प्रहारके दुष्चक्र कब किहिके घेरी पटा नाई हो । मने विपत्तीसे बचेक् लाग हरेक् पाइला फुकके किल टेकहो रे लर्को कना पर्खनके कहाई आज फेन ओत्रहि सान्दर्भिक लागठ ।

टीकापुर पीडितका लागि माघी महोत्सवमा १६ हजार बढी संकलन

टीकापुर घटनामा आरोपित राजबन्दीका छोराछोरीहरुको शिक्षाको लागि रकम संकलन अभियानबाट १६ हजार ८ सय २१ रुपैया संकलन भएको छ ।महोत्सवको अवधिमामा संकलन गरिएको रकमको बक्स थारु राट्रिय माघी महोत्सवका आर्थिक संयोजक शिव चौधरी, उप संयोजक सिताराम र नव ज्योति नेपालका अध्यक्ष रेनुका श्रेष्टको रहोबरमा खोलिएको थियो। Continue reading “टीकापुर पीडितका लागि माघी महोत्सवमा १६ हजार बढी संकलन”

सरकारमा जाने हल्लापछि फोरम लोकतान्त्रिकमा खैलाबैला

फोरम लोकतान्त्रीकका अध्यक्ष विजयकुमार गच्छदार उपप्रधानसहित सुुचना तथा संचार मन्त्रीको रुपमा सरकार सहभागी हुने चर्चासंग सो पार्टीभित्र विवाद चर्किएको छ । Continue reading “सरकारमा जाने हल्लापछि फोरम लोकतान्त्रिकमा खैलाबैला”

एकै गाविसका पैँतिस जनामा ‘सिकल सेल’

बाँकेको टिटिहिरीया गाविसका ३५ व्यक्तिमा ‘सिकल सेल’ रोग देखा परेको छ । कोहलपुरस्थित राष्ट्रिय सेवा दल वार्षिक क्याम्पले आज बाँकेको टिटिहिरिया गाविसमा आयोजना गरेको चेतनामूलक स्वास्थ्य शिविरमा परीक्षणका क्रममा शङ्कास्पद ५३ जनामा गरिएको सिकल सेल स्कीन टेष्टमा ३५ जनामा सो रोग देखिएको भेरीअञ्चल अस्पतालका डा राजन पाण्डेले बताए । Continue reading “एकै गाविसका पैँतिस जनामा ‘सिकल सेल’”

मौलिकता बचाउन कस्सिए थारु युवती

चितवनको खैरहनी–१७ सिसवारकी १९ वर्षीया रेश्मा चौधरी अघिपछि भन्दा फरक देखिएकी छिन् । अहिले कक्षा १२ को पढाइ पनि सकेकी उनी सधैँ स्कुल पोसाकमा हिँड्थिन्, तर यो पटक उनको पोसाक फेरिएको छ । Continue reading “मौलिकता बचाउन कस्सिए थारु युवती”

मधेश बिद्रोहको दश वर्ष

दीपेन्द्र झा।

मधेस आन्दोलनले आज १० वर्ष पूरा गरेको छ। गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा तत्कालिन सात पार्टीले सन् २००७ मा अन्तरिम संविधान जारी गरे। अन्तरिम संविधानमा संघीयता थिएन। सद्भावना पार्टी सरकारमा थियो। फरक मत लेखेर सरकारमा बस्ने सद्भावना पार्टीको निर्णय अन्ततः आत्मघाती नै सावित भयो। मधेसी अधिकारको सवालमा लामो इतिहास बोकेको एकल परिचय बनाएको सदभावना पार्टीलाई उछिन्दै मधेश राजनीतिमा मधेशी जनअधिकार फोरम र उपेन्द्र यादवको उदय भयो। भुल्नै नसक्ने नोट अफ डिसेन्टको दुर्गती सम्भवतः सद्‌भावनाले अहिले पनि अनुभूति गरिरहेको होला।

उपेन्द्र यादवको नेतृत्वमा माइतीघर मण्डलामा अन्तरिम संविधान जलाइयो। यादवलगायतका केही नेताहरुलाई तत्कालिन सरकारले गिरफ्तार गर्‍यो। यो गिरफ्तारीको विरोधमा मधेस बन्द घोषणा भयो। अहिलेका सञ्चारमन्त्री राम कार्कीको नेतृत्वमा माओवादी पार्टीको सम्मेलनमा भाग लिन आइरहेका गाडीलाई लाहानमा प्रदर्शनकारीले रोके। बन्दको बेला गाडी जबरजस्ती हाँक्ने पक्ष र गाडी चल्न नदिने मधेसी युवाको समूहबीच झडप भयो। सोही झडपमा चलेको गोली लागेर रमेश महतोको निधन भयो। उनी मधेस आन्दोलनको प्रथम सहिद भए। मधेस पुरै आन्दोलित भयो। एकल जातीय पहाडी राष्ट्रवाद र मै खाउँ मै लाउँ भन्ने सत्तासिन पहाडी समूहविरुद्ध वर्षौदेखि गुम्सिएको आक्रोशको विष्फोट भयो र मधेसमा विद्रोहको शुरूवात भयो।

नेपाली राज्य सत्ताले थेग्नै नसक्ने विद्रोह थियो त्यो। झण्डै ४८ जना मधेसी युवाले त्यो आन्दोलनमा सहादत प्राप्त गरे। झण्डै दुई महिनासम्म चलेको सो आन्दोलनको भार थेग्न नसकेपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको सरकार मधेसी शक्तिसँग ऐतिहासिक २२ बुँदे सम्झौता गर्न बाध्य भयो।

२२ बुँदेले खासगरी मधेस स्वायत्त प्रदेश, संघीयता, समावेशी समानुपातिक राज्य प्रणाली, समानुपातिक निर्वाचन प्रणाली, मधेसी युवाको सेनामा प्रवेश र बहुभाषिक राज्य प्रणाली हुने सुनिश्चितता प्रदान गर्‍यो। सो २२ बुँदेकै कारण संघीयतालाई प्रत्याभूत गर्ने धारा १३८ अन्तरिम संविधानमा राखियो। निर्वाचन प्रणालीमा परिवर्तन गरियो र ६० प्रतिशत प्रतिनीधि समानुपातिक निर्वाचन प्रणालीको आधारमा निर्वाचित हुने व्यवस्था गरियो। पहिलो संविधान सभाको निर्वाचनमा मधेसी राजनीतिक दलहरू महत्वपूर्ण राजनीतिक शक्तिको रुपमा चुनाव जितेर आए। राष्ट्रपति, उपराष्ट्रपतिमा मधेसी निर्वाचित भए। संविधानसभा–१ मा परिवर्तनकामी मधेसी जनजातिको राम्रो उपस्थिति थियो। यो सभाले प्रगतिशिल संविधान निर्माणको बाटो समात्यो। यसपश्चात् शुरू भयो मधेसी दललाई फोड्ने, बद्नाम गर्ने र संविधान सभा–१ लाई जसरी पनि सफल हुन नदिने षड्यन्त्र। यो षड्यन्त्रमा मुलधारका राजनीतिक शक्तिको आडमा देशी विदेशी शक्ति पनि प्रयोग भए। अन्तत: पहिलो संबिधानसभाले संविधान लेख्न सकेन। मुलुक दोस्रो संबिधान सभामा गयो।

संविधान सभा–२ को निर्वाचन प्रतिगमनको सुरूवात थियो। यो जालमा फसे मधेसवादी दलहरू। सरकारमा जान देखाएको टुटफुट, सत्ताको लालच आदि कारणले गर्दा संविधानसभा दोस्रो निर्वाचनमा नराम्री पराजय भोगे। त्यसपश्चात् सबै प्रगतिशील एजेण्डाहरु उल्टाउने खेलको सुरूवात भयो। संविधानसभा–१ मा सहमति भइसकेका विषयहरू उल्टाइयो। समानुपातिक समावेशी अन्तरिम संविधानले दिइसकेको अधिकार खोसियो। पाँच जिल्ला मात्र विवादित भएको ठाउँमा जबरजस्ती नवलपरासीदेखि बर्दियासम्मको भागलाई लगेर माथि गाँसियो। प्रदेशका अधिकारहरु कटौती गरेर स्थानीय र संघमा लगियो, बहुभाषिक नीतिलाई अल्मल्याइयो र खसआर्यलाई संवैधानिक समुदायको दर्जासहित विभेदकारी संविधान बनाइयो। मधेसी दलहरू आफ्नै कम्जोरीले चुनाव हारे, तर मारमा मधेसी जनता परे, उनीहरुको हक अधिकार कटौती गरिएको संविधान जारी भयो।

सम्पूर्ण विधि विधान र प्रक्रिया छलेर एउटा सिंगो समुदायलाई संविधान निर्माणभन्दा बाहिर राखेर संविधान जारी गरियो। मधेस एक वर्षसम्म आन्दोलित भयो। दुर्भाग्यपूर्ण मधेसी नाकाबन्दी गर्न बाध्य भए। सदरमुकाममा गरिएका आन्दोलनमा आन्दोलनकारीलाई छाति र टाउको ताकी ताकी गोलि हानियो, र झण्डै चार दर्जनको हत्या भयो। तर अझै पनि मधेस मान्ने मुडमा छैन। उनीहरुको मनमा एउटा कुराले जरा गाडेको छ– विभेद र असमानताको विरूद्ध यो पुस्ताले लडेन भने मधेसीहरुका भावी सन्तानले निकै कष्टकर जीवन विताउनुपर्नेछ। त्यसैले नेपाली राज्यप्रति ‘सेन्स अफ एलिनेशन’ बढेर गएको छ। दुर्भाग्यबस, काठमाडौंले फेरि पनि मधेस बुझ्न ढिलो गरिरहेको छ। खासगरी नेकपा एमालेको पहाडी जनमत एकतृत गर्ने महेन्द्रीय राष्ट्रवादको नाराले अन्ततः मधेसलाई यस्तो कर्नरमा पुर्याउँदैछ जहाँबाट मधेसलाई फर्किन गाह्रो हुन्छ ।

दश वर्षपश्चात् मधेसको राजनीति फेरि सन् २००७ को पूर्वको अवस्थामा आएर उभिएको छ। त्यस्तो ठाँउमा आएर उभिएको छ, जहाँ अधिकांश मधेसी युवा जमातले अहिलेको नेपाली राज्य संरचनाबाट हामीले केही पाउन सक्दैनौं भने निष्कर्शमा पुग्न थालेका छन्। समाजिक सञ्जालमा गरिएका टिप्पणीमा सिके राउतकै लाइन ठीक छ भन्ने मधेसी युवा जमातको संख्या दिनानुदिन बढ्दै गइरहेको छ। तर मलाई लाग्छ, वहुसंख्यक मधेसी जनता अहिले पनि नेपाली राज्य सत्ताको नश्लीय संरचना (भर्खर भएको न्यायाधीश नियुक्तिमा ८० मध्यै ६८ खसआर्य समुदायका व्यक्तिहरु छन्) समानुपातिक समावेशी नीतिको अक्षरशः कार्यान्वयनबाट फेर्ने कुरामानै विश्वास राख्छ। केन्द्रमा साझा शासन र प्रदेशमा स्वशासनको माध्यमले अगाडि बढ्नुपर्छ भन्नेमा नै विश्वास गर्छ।

उनीहरुको यो विश्वास र लाइनलाई कति लामो समयसम्म टिक्छ भन्ने कुरा अहिले संविधान संशोधन कसरी हुन्छ भन्नेमा निर्भर गर्छ। मधेशी युवाहरुलाई सेनालगायत राज्यका विभिन्न अंगहरुमा समानुपातिक समावेशी नीतिको आधारमा कसरी प्रतिनिधित्व गराइन्छ र मधेसीलाई नेपाली राष्ट्रियताको मुलधारमा कसरी जोडिन्छ भन्ने नीतिमा भरपर्छ। त्यस्तै सत्ताधारीहरुले मधेसलाई अझ ‘कर्नर’ गर्छन् कि मधेसीहरुको आकांक्षालाई सम्बोधन गरेर अघि बढ्छन् यसमा पनि निर्भर गर्छ। त्यस्तै, मधेसी दलहरु एक भएर फेरि चुनाव लडी नेपाली राजनीतिको मुल केन्द्र बन्नसक्छ कि सक्दैन त्यसमा पनि भर पर्ने कुरा हो।

भीम रावल प्रवृति देखेर म डराउँछु। उनी गृहमन्त्री रहेको बेला मधेसमा धेरै युवाहरु प्रहरीसँगको दोहोरो भीडन्तमा मारिएका थिए र ठूलो संख्यामा युवाहरुले हातहतियार खरखजाना मुद्दा खेपेका थिए। अहिले मधेसीहरुले देश टुक्र्याउन थाले, पटनामा बैठक गरे जस्ता भ्रमहरु फैलाएर उनी मधेसीलाई होच्याउने काम गर्दैछन्, आफूलाई मात्र नेपाली राष्ट्रियताको एकल ठेकेदार भएको देखाउन खोज्दैछन्। भीम रावलले, सप्तरी र महोत्तरीमा आएर हेरे हुन्छ, सीमा मिच्नबाट कसरी मधेसीहरुले जोगाएका छन्। बरू तपाईहरुले लिपुलेक र कालापानी बचाउन सक्नुभएन। अझ नेपाली राष्ट्रियता र सम्प्रभुताको पाठ हामी मधेशीलाई सिकाउनुहुन्छ! के यो देश मेरो होइन, तपाईको मात्र हो?

तपाई राष्ट्रपतिज्यूले बोलाएको गरीमामय वैठकमा मधेशीहरु देश टुक्राउने योजनामा लाग्दैछन् भन्नु सम्पूर्ण समुदायकै दानवीयकरण गर्नु हो। तपाईँलाई जसले सूचना दियो त्यसको र तपाईको ‘माइन्डसेटमा’ खोट छ। नागढुंगा तल कहिले नझर्नेहरुले मधेशीप्रति भम्र पालेर बसेका छन्। भोटका लागि पहाडमा मधेशीप्रति फैलाइएको घृणा, भम्र र आशंकाका पछाडि नलाग्न म गुल्मी, पाल्पा, अर्घाखाँचीका जस्ता जिल्लाका दाजुभाई तथा दिदी बहिनीलाई अनुरोध गर्न चाहन्छु। तपाईँहरु ढुक्क हुनुहोस्, मधेसीहरुले खोजेको विभेदको अन्त्य र समानतामात्रै हो। तपाईहरुजस्तै मधेसीहरुले पनि मर्यादित जीवन बाँच्न मात्र खोजेका हुन्। यसमा साथ दिनुस्। विभेद रहे दाजुभाईको भान्सा छुट्टिने हो, गाँउ नै छुट्टिने होइन। यसकारण हुँदै नभएको कुरा गरेर मधेसमाथि दमनको अर्को बहाना बनाउनु भनेको देशलाई फेरि द्वन्द्वमा धकेल्नु र देशलाई पछाडि पार्नु हो। त्यसै पनि द्वन्द्वकालमा मारिएका २० हजार मानिस र त्यसपछिको मधेस आन्दोलनमा मारिएकाहरुले न्याय पाउने अवस्था छैन।

एउटै घटनाको पनि छानबिन भएर दोषीले सजाय पाएको उदाहरण छैन। पहिला न्याय नपाए गोर्खा जानु भन्थे अहिले अन्याय र दण्डहीनता हेर्न नेपाल जानु भन्नुपर्ने भएको छ। अव दमन गर्ने वा सुरक्षाकर्मी परिचालन गरेर मधेशका राजनीतिक मागलाई दमन गर्ने प्रयास पनि गर्नुभयो भने त्यसवाट आउने परिणाम थेग्नै नसक्ने हुन सक्छ। यसकारण दमन, हिंसा वा जबरजस्ती होइन बार्ता, संवाद, सहकार्य र सहअस्तीत्वको बाटो रोजौँ। अल्झाउने, बल्झाउने र फकाउने जुनसुकै अस्त्र प्रयोग गरेर मधेसीदललाई त आफ्नो रणनीतिमा सहमत गराउन सकिएला, तर मधेशी जनतालाई अब झुक्याउन सकिन्न। मधेसी जनताको चेतनाको स्तर यतिमाथि उठेको छ उनीहरुलाई झुठा सहमति, आश्वासन र आयोगको ललीपपले झन् चिढायाउने छ।

यसकारण अब त्यस्ता भुलभुलैयाको हतियार प्रयोग नगरौं, इमान्दारीपूर्वक असन्तुष्टि सम्वोधन गर्न तिर अघि बढौं। एमालेले संविधान संशोधन हुन नदिने भन्दैछ। नेपाली कांग्रेस र नेकपा माओवादीभित्र पनि यस्ता सोच भएका केही नेताहरु छन्। यो संविधान कार्यान्वयनले कसलाई फाईदा पुग्छ, विचार गरौं। संविधान संशोधनले त हामीलाई भन्दा पनि सिंहदरबारको सत्ता निरन्तरतालाई फाइदा पुग्छ। खसआर्यको स्वार्थको नै रक्षा गर्छ यो संविधानले। त्यसैको स्वीकार्यता बढाउछ यो संशोधनले। संविधान कार्यान्वयन नभए हुने खानेलाई नै धेरै असर पर्ने हो। केही सीमित मधेसीहरुलाई पनि असर पर्ला, तर अधिकांश मधेसीहरुसँग केही छँदै छैन, उनीहरुलाई के नै असर पर्छ, उनीहरुको के नै गुम्छ? यो पनि नभुलौं, संविधानमा संशोधन खोज्नेलेनै संविधानलाई चिर स्थायी बनाउँछन्।

नेपाली कांग्रेसले २००४ को संविधानमा संशोधन मात्र खोजेको भए राणाविरुद्धको प्रजातान्त्रिक आन्दोलन हुने थिएन। कांग्रेस र कम्युनिष्टले पंचायती संविधानमा संशोधन खोजेको भए वहुदलीय व्यवस्था आउने थिएन। माओवादीले २०४७ सालको संविधानमा संशोधन खोजेको भए, त्यसमा सुधार आउथ्यो होला, तर संवैधानिक राजतन्त्र कायम रहन्थ्यो। संघीय लोकतान्त्रिक गणतन्त्र आउँदैनथ्यो होला।

त्यसकारण संविधान संशोधन भनेको बिद्यमान ब्यवस्थालाई स्थिरता र निरन्तरता दिने हो। संशोधन भनेको असन्तुष्ठीको सम्बोधन गर्ने प्रक्रिया मात्र हो, चित्त बुझाउने मेसो हो। तपाईहरुले संशोधनलाई इन्कार गरिरहनुभयो भने, एक दिन मधेसले पनि भन्नेछ, हामीलाई पनि संशोधन चाहिन्न, यो संविधान नै चाहिन्न। त्यसपछि के हुन्छ? त्यसपछि आउने असन्तुष्टिको ज्वारभाटाले संविधान मात्र होइन धेरै कुरा फेर्छ। संशोधन अस्वीकार गरेर एमालेले खोजेको त्यही हो?

माघीमा थारु ब्यक्तित्व सम्मानित

थारु कल्याणकारिणी सभा र थारु महिला सभाले सुनसरीका विभिन्न स्थानमा माघी पर्व मनाएका छन्। थारुहरुको भाषा, संस्कृति र रीतिरिवाजलाई संरक्षण गर्ने उद्देश्यका साथ माघी आयोजना गरिएको थियो। महोत्सवमा थारु नृत्य, पौराणिक नाच, थारु खानपान, थारु संस्कारको विशेष प्रस्तुती रहेको थियो। Continue reading “माघीमा थारु ब्यक्तित्व सम्मानित”

कतारमा मनाइयो भब्य माघी, थाकस अध्यक्षमा अरविन्द चौधरी चयन

थारु कल्याणकारिणी सभा कतार च्याप्टरले थारुहरुको नयाँ वर्ष माघी मनाएका छन्। ‘जातीय पहिचानको संरक्षण प्रवर्द्धन, शैक्षिक आर्थिक सामाजिक उत्थान हाम्रो समर्पण’ भन्ने मूल नाराकासाथ माघी महोत्सव मनाएका हुन्। कतार च्याप्टरका सभापति इन्जिनियर अन्जनी कुमार पञ्जियारको अध्यक्षतामा भएको कार्यक्रम मञ्जु चौधरीले सञ्चालन गरेकी थिइन्। Continue reading “कतारमा मनाइयो भब्य माघी, थाकस अध्यक्षमा अरविन्द चौधरी चयन”