निर्वाचन मिति घोषणामा सहमत हुन मोर्चा नेतालाई देउवाको धम्की

संसदमा संविधान संशोधन विधेयक दर्तापछि बढेको गतिरोध फुकाउने प्रयासस्वरुप मंगलबार बसेको सत्तारुढ दल नेपाली कांग्रेस, माओवादी केन्द्र र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठक स्थानीय निर्वाचनमा केन्द्रित भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालको अगुवाइमा बसेको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले जति प्रयास गर्दा पनि एमाले सहमतिमा नआएकाले तत्काल स्थानीय निर्वाचन मिति घोषणा गर्नुपर्ने बताएका थिए।

२०७४ माघ ७ गतेसम्म तीन तहको निर्वाचन गर्नुपर्ने संवैधानिक बाध्यता छ । संविधानअनुसार निर्वाचन गर्न चैत÷वैशाखसम्म स्थानीय निकाय गरिसक्नुपर्ने देउवाले बताएका थिए । विगतमा हुने छलफलमा भन्दा कडा ढंगले प्रस्तुत भएका देउवाले पटकपटक निर्वाचन मिति घोषणामा सहमत हुन सहभागी दललाई आग्रह गरेका थिए ।

‘देउवाजीले मंगलबारको बैठकमा स्थानीय निकाय निर्वाचन मिति घोषणामा सहमत हुन आग्रह र धम्की दिइरहनुभयो,’ बैठकमा सहभागी एक नेताले भने । देउवाले पहिला स्थानीय निकाय निर्वाचन गर्नुपर्ने निर्णय कांग्रेसले निर्णय गरिसकेको जानकारी गराउँदै चुनाव हुन नसके आफू र आफ्नो पार्टीले थेग्न नसक्ने भन्दै मोर्चा र सत्ता साझेदार माओवादी नेतालाई घुमाउरो पाराले धम्की दिएका थिए । साउन १९ गते कांग्रेस र माओवादीबीच भएको सम्झौताअनुसार वैशाखसम्म माओवादीले सत्ताको नेतृत्व गर्ने र त्यसपछि कांग्रेसले नेतृत्व लिनेछ । माओवादीले कांग्रेसलाई सरकारको नेतृत्व हस्तान्तण गर्नुअघि स्थानीय निकाय निर्वाचन हुनुपर्ने सहमति पनि दुई दलबीच भएको छ । सोही सहमतिलाई कार्यान्वयन गर्न पनि देउवाले चुनावका लागि धेरै जोडबल गरेको हुनसक्ने बैठकमा सहभागीले ठानेका छन् ।

बैठकमा सहभागी कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले यतिखेर निर्वाचनको घोषणा गर्न अतिआवश्यक रहेको बताए । ‘हामीले निर्वाचन जरूरी रहेको बताएपछि मोर्चाले संविधान संशोधनपछि जान सकिने बताएको छ । निर्वाचनबारे भोलि (बुधबार) नै एमालेसँग पनि कुरा हुँदैछ,’ पौडेलले भने ।

सुरुमा प्रधानमन्त्री दाहालले मोर्चालाई निर्वाचनबारे सहमतिमा आउन आग्रह गरे पनि त्यसपछि करिब पौने तीन घन्टाको बैठकमा अधिकांश समय देउवाले नै बोलेका थिए । दाहालले संविधान संशोधन र निर्वाचन विधेयक एकसाथ अघि बढाउनुपर्ने बताएका थिए । बैठकमा सहभागी मोर्चाका नेतासँग ‘वान टु वान’ छलफल गरेका देउवाले स्थानीय निर्वाचनमा सहमति जनाए मार्सल लगाएर भए पनि संविधान संशोधन र निर्वाचनसम्बन्धी विधेयक संसद्मा टेबुल गर्न सकिने बताएका थिए । सरकारले मंसिर १४ गते संविधान संशोधन र २६ गते स्थानीय निकाय निर्वाचनसम्बन्धी विधेयक संसद् सचिवालयमा दर्ता गरे पनि एमालेलगायत नौ दलको अवरोधले दुवै विधेयक अलपत्र छन् ।

देउवाले पटकपटक निर्वाचनमा सहमत हुन आग्रह गरे पनि मोर्चाका नेताले भने सहमति नजनाएको बैठकमा सहभागी राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले बताए । झाका अनुसार मोर्चाका सबै नेताले संविधान संशोधनबिना मधेसमा फर्कन सक्ने अवस्था नरहेको भन्दै सत्तारूढ दललाई संशोधनमा ध्यान केन्द्रित गर्न आग्रह गरेका थिए । तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले संसद्मा ९० प्रतिशत बहुमत छ भनेर संविधान जारी गरेझै संशोधनको काम नसकी निर्वाचन मिति घोषणामा सहमत हुन नसकिने र निर्वाचन घोषणा गरिए मान्य नहुने बताएका थिए ।

संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधनपछि स्थानीय निकायमात्र नभई तीन तहकै निर्वाचन गर्न समस्या नहुने धारणा राखेका थिए । देउवाको निर्वाचन मिति घोषणा हुनुपर्ने अडानलाई लिएर प्रधानमन्त्री दाहाल र तमलोपा अध्यक्ष ठाकुरबाहेक मोर्चाका अन्य नेतासँग चर्काचर्की परेको थियो । कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले भने स्थानीय निकाय निर्वाचन मिति घोषणा गर्न अझै १० दिन समय रहेको भन्दै त्यस अवधिमा दलबीच सहमति हुनुपर्ने बताएका थिए ।

सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतोले सरकारले संशोधन विधेयक र निर्वाचन प्रक्रिया एकसाथ अघि बढाए मान्य हुनसक्ने बताएका थिए । सत्तासीन माओवादीका नेता नारायणकाजी श्रेष्ठले देशका समस्याको निकासका लागि स्थानीय निकाय चुनाव नगरी नहुने अवस्था रहेको तर त्यसमा मधेसवादी दल प्रस्ट नभएको बताए । ‘निर्वाचनको कुरा गर्दा उनीहरू (मधेसवादी दल) संविधान संशोधन हुनुपर्‍यो भनिरहेका छन्,’ श्रेष्ठले भने, ‘त्यसैले त्रिपक्षीय बैठकमा कुनै सहमति जुटेन । फेरि छलफल गर्ने भनेका छौं।’ बैठकमा प्रधानमन्त्री तथा माओवादी अध्यक्ष दाहाल, नेता नारायणकाजी श्रेष्ठ, मातृका यादव, स्थानीय विकास मन्त्री हितराज पाण्डे, कांग्रेस सभापति देउवा, नेता पौडेल, विमलेन्द्र निधि, कृष्ण सिटौला तथा मोर्चाका तर्फबाट ठाकुर, उपेन्द्र, महेन्द्रर्राय यादव, अनिल झा, केशव झालगायत सहभागी थिए।

सत्तापक्षीय र मधेसी मोर्चाको बैठक निष्कर्षविहीन

सरकारमा सहभागी प्रमुख दल नेपाली कांग्रेस, माओवादी केन्द्र सँगै सरकार बाहिरका मधेशी मोर्चा र संघीय गठबन्धनमा आबद्ध दलको बैठक निष्कर्ष बिहिन टुंगिएको छ । Continue reading “सत्तापक्षीय र मधेसी मोर्चाको बैठक निष्कर्षविहीन”

थारु विद्यार्थी समाजको कडा विज्ञप्ती, भरौटेहरुले विद्यार्थी फुटाएको आरोप

थारु विद्यार्थी समाजले हालै थारु कल्याणकारिणी सभाले गठन गरेको थारु विद्यार्थी सभाको कडा विरोध जनाएको छ। समाजका अध्यक्ष चन्द्रप्रसाद चौधरीले विज्ञप्ती जारी गर्दै विद्यार्थीलाई कमजोर बनाउन र आफ्नो राजनीतिक अभिष्ट पूरा गर्न रचिएको खेलको कडा भर्त्सना गरेका छन्। ‘थारु कल्याणकारिणी सभाका केही व्यक्तिहरुले निहित राजनीतिक अभिष्ट पूरा गर्ने उद्देश्यका साथ थारु विद्यार्थी सभा गठन गरेको कार्यप्रति हामी खेद व्यक्त गर्दै घोर भर्तसना गर्न चाहन्छौं,’ विज्ञप्तीमा भनिएको छ। Continue reading “थारु विद्यार्थी समाजको कडा विज्ञप्ती, भरौटेहरुले विद्यार्थी फुटाएको आरोप”

पुस १७ देखि भादा महाेत्सव, तयारी तिब्र

थारु संस्कृति, थारु भेष भुषा, खानपिनको प्रोमोशन तथा प्रर्वद्धनको लागि यही पुस १७ देखि २१ गतेसम संचालन हुने छैठों भादा महोत्सवको तयारी तिब्र रहेको छ । थारु संस्कृति, थारु भेष भुषा, खानपिनको प्रोमोशन तथा प्रर्वद्धनको लागि यही पुस १७ देखि २१ गतेसम संचालन हुने छैठों भादा महोत्सवको तयारी तिब्र रहेको छ । थारु होमस्टे गाउँ भादा पर्यटन विकास तथा व्यवस्थापन समितिको प्रयासमा २०६७ सालदेखि सञ्चालन हुदै आएको समितिका अध्यक्ष लक्ष्मी नरायणले जानकारी दिए ।

Continue reading “पुस १७ देखि भादा महाेत्सव, तयारी तिब्र”

बाबु-छोरा दुबैले एकअर्काको लाज ढाकौ [विचार]

किशोर चौधरी।
पत्रकारिता सधैं हक्का हाक्कीको पेसा हो। लुकेर गरिने पेसा होइन। मेरो लेखलाई भ्रमपूर्ण भन्नु नै सीतारामजीको भ्रम हो। तपाईँले एकलौटि विचार राख्दा भ्रामक नहुने मैले कुरा राख्दा भ्रामक देखिने तपाईँमा सकरात्मक सोँचको अभाव देखिएको छ। आज माघी महोत्सवमा फुट किन भयो? वास्तविक यथार्थ के हो? रहस्योद्घाटन गर्दैछु। सिकाईको अन्त्य कहिल्यै हुँदैन र परिपक्व आफैँमा कोही पनि हुँदैन। मेरो लेखमा त्रुटि, कमिकमजोरी होला तर सत्य र यथार्थलाई देखाउन पछि पर्दिन। Continue reading “बाबु-छोरा दुबैले एकअर्काको लाज ढाकौ [विचार]”

हुलाकी चौधरी दाईको कथा

सन्तोष दहित/दाङ।
त्रिपुर नागरपालिका–१, लमडुरुवाका बुझौना चौधरीलाई गाउँदेखि शहरसम्म सबैले ‘हुलाकी चौधरी दाई’ भनेर चिन्ने गर्छन्। २०४५ सालमा हुलाक प्रवेश गरेका चौधरी निरन्तर २८ वर्षसम्म हुलाकमा आबद्ध छन्। उनी हुलाकमा जागिर सुरुवात गरेदेखि विभिन्न ठाउँबाट हुलाकमा आएका चिठ्ठी पत्रको आफन्तहरु खोजी गर्दै गाउँ पुग्छन्। उनलाई घोराही नगरपालिका र हाल त्रिपुर नगरपालिकाका प्रायः गाउँकाले चिन्ने गर्छन्। त्यसैले होला उनी बुझौना चौधरीभन्दा पनि ‘हुलाकी चौधरी दाई’ को रुपमा चिनिन्छन्।

‘पहिलाको जमनामा न फोन थियो, न मोबाइल,’ उनी भन्छन्, ‘आफन्तहरुको खबर पठाउने, ल्याउने एकमात्र थियो, त्यतिबेलाको सञ्चार हुलाक।’ ‘अहिले त धेरै सुविधा भैसकेको छ, घर घरमा ल्याण्डलाइन फोन, हात हातम मोबाइल, इन्टरनेट, डिजिटल पत्रपत्रिका छन्,’ चौधरीले भने, ‘केही खबर पठाउनुपर्योा या ल्याउनुपर्योइ भने फोन गरे भइहाल्यो, देशमा के भैराछ भनेर इन्टरनेटबाट सूचना हेरे सबै कुरा थाहा भैहाल्छ।’

‘पहिला हुलाकमा किन जाँगिर खा हुम्ला भन्ने लाग्थ्यो तर अहिले अरु जागिरभन्दा धेरै सजिलो हुलाक जागिर छ, चिठ्ठी पत्रहरु पनि धेरै हुँदैनन्, भए अफिसियलमात्र हुन्छन्, पहिलाजस्तो घर घरमा जानु पर्दैन्,’ उनले भने।

५० वर्षीया चौधरी हुलाकी जागिरेमा मात्र परिचित छैनन्, उनी वैद्यको रुपमा पनि उत्तिकै चिरपरिचत छन्। करिब साढे तीन दशकदेखि वैद्यको काम गर्दै आएका चौधरीलाई ‘चौधरी वैद्य दाई’ को रुपमा पनि उतिकै चिन्ने गर्छन्। १५ वर्षको उमेरदेखि आफूले वैद्य काम गर्दै आइरहेको चौधरीले बताए। ‘सानोमा मेरो बुबा, बाजेले पनि वैद्यको काम गर्नुहुन्थ्यो, उहाँहरुको पछि पछि म पनि जान्थे र संगसंगै सहयोग पनि गर्थे,’ उनले भने, ‘गर्दै जाँदा अहिले वैद्य पनि भइयो।’

‘हाँत, खुट्टा, ढाँड मर्केकोलाई मालिस गरेर ठीक पार्छु, भाँच्चिको, हड्डी फुटेका बिरामीलाई मालिससँगैं बेन्या उज गरेर जडिबुटीको ‍औषधिले ठीक पार्दै आइरहेका चौधरी बताउँछन्। ‘अहिलेसम्म निकै जटिल बिरामीहरुको संख्या हेर्ने हो भने करिब ३ हजारभन्दा बिरामीलाई ठीक पारिसकेको छु,’ चौधरीले भने, ‘सान तीना त कति हुन रेर्कड नै छैन।’

साँझ बिहान वैद्यको काम गर्छन् भने, दिउँसोको समयमा जिल्लाको सदरमुकाम घोराहीमा रहेको जिल्ला हुलाक कार्यालमा। तर, उनलाई खोज्न बिरामीहरु हुलाकको कार्यालयमा आउने गर्छन्। ‘अफिसको काम एकछिन थाँति रोखेर भए पनि बिरामीलाई सेवा गर्छु,’ चौधरीले भने, ‘तर, अहिलेसम्म यो सेवा गरेबापत यति पैसा दिनुस्, उति दिुनस् भनेर कहिल्यै भनेको छैन। स्वइच्छा जति दिनुहुन्छ, त्यति लिन्छु, कसैले धन्यवाद दिनुहुन्छ त्यसैमा पनि खुसी हुन्छु।’

‘मेरो काम भनेको सेवा गर्ने हो, मैले जानेको काम ब्यवहारमा लागू गरेको छु,’ उनले भने, ‘ फेरि मेरो यो मुख्य पेसा पनि हैन, मैले जानेको कामले कसैको जीवन बन्छ भने किन सेवा नगर्ने भनेर अहिलसम्म यो काम गरिरहेको छु।’

Nepali actress Keki Adhikari visit Wajah Al Baraa Al Jameela Ladies Saloon

Famous Nepali actress Keki Adhikari visited the Sharjah based Wajah Al Baraa Al Jameela Ladies Saloon in Dubai. Actress Adhikari put on a makeup at the saloon of Vice-chairman of Non-Resident Nepali Association (NRNA), Dubai, Netra Thanet. Continue reading “Nepali actress Keki Adhikari visit Wajah Al Baraa Al Jameela Ladies Saloon”

केशरी चौधरीको ‘स्वर्ण’ ह्याट्रिक

ट्रिपलजम्पमा स्वर्ण जित्दै केशरी चौधरीले सातौं राष्ट्रिय खेलकुदमा स्वर्ण संख्या तीन पुर्‍याइन् । १ सय १० मिटर हर्डल्समा भने उनी पहिलो हुन सकिनन् । ‘चोटका कारण पनि मैले ३ स्वर्ण जित्न सकेँ, त्यसमा म खुसी छु,’ नेपाल प्रहरीकी केशरीले भने, ‘चोटबाट निको भएपछि थोरै इभेन्टमा मात्र केन्द्रित भएर खेल्छु ।’ Continue reading “केशरी चौधरीको ‘स्वर्ण’ ह्याट्रिक”

गंगाको प्रष्टीकरण- ‘हो, सांसद पदको प्रलोभनमा परेँ, सांसद पदको मोह त्याग्न सकिनँ’

थरुहट तराई पार्टी नेपालबाट निष्काशनमा परेकी केन्द्रीय उपाध्यक्ष एवं सांसद गंगा चौधरीले पार्टीलाई लेखेको स्पष्टीकरण पत्र थारुवानलाई प्राप्त भएको छ। पत्रमा उनले सांसद पदको मोह त्याग्न नसकेर अलग दल दर्ता गरेको उल्लेख गरेकी छन्। ‘न म कसैको उक्साहटमा लागे न कुनै चिजको प्रलोभनमा परेँ। प्रलोभन भन्ने हो भने त्यही सांसद पदको मोह त्याग्न नसकी अलग पार्टी दर्ता गरेँ,’ पत्रमा उल्लेख छ। Continue reading “गंगाको प्रष्टीकरण- ‘हो, सांसद पदको प्रलोभनमा परेँ, सांसद पदको मोह त्याग्न सकिनँ’”

टीकापुरकी सीमा चौधरी, जसले खाली खुट्टा दौडेर पदक जितिन्

एकातिर चार महिनाअघि रियो ओलम्पिकमा राष्ट्रिय कीर्तिमान बनाएर फर्किएकी सरस्वती भट्टराई, अर्कातिर नेपाली सेनाकी जब्बर खेलाडी सानुमाया कार्की। बीच ट्रयाकमा सुदूरपश्चिमकी १५ वर्षीया सीमाकुमारी चौधरी। इटहरीको निर्माणाधीन रंगशालामा सोमबार एथलेटिक्सअन्तर्गत ८ सय मिटर दौडमा सुदूरपश्चिमकी सीमाकुमारीलाई ट्रयाकमा देख्दा कसैले पत्याएका थिएनन्, उनले यो स्पर्धामा पदक जित्छिन् भनेर। Continue reading “टीकापुरकी सीमा चौधरी, जसले खाली खुट्टा दौडेर पदक जितिन्”