थारु कल्याणकारिणी सभा केन्द्रीय कार्यसमितिको बैठकले उपमहामन्त्रीलाई पदमुक्त गरेको छ। महामन्त्री अमिरी चौधरी दुर्घटनामा परी सिकिस्त अवस्थामा रहेकाले दिइएको उक्त जिम्मेवारी बहन नगरेको भन्दै उपमहान्त्री इन्दिरा चौधरीलाई पदमुक्त गरेको सभाले विज्ञप्ती जारी गर्दै उल्लेख गरको छ। उनको सट्टामा बाँकेबाट प्रतिनिधित्व गर्ने नेमनारायण सिंह थारुलाई मनोनयन गरिएको विज्ञप्तीमा उल्लेख छ। Continue reading “थाकसले गर्यो तीन महत्वपूर्ण निर्णय, उपमहामन्त्रीलाई जिम्मेवारीबाट हटाइयो”
Author: admin
थारु पत्रकार संघ मोरङ अध्यक्षमा गच्छदार
सुनिल चौधरी/मोरङ।
थारु पत्रकार संघ नेपालले तराईका २६ वटा जिल्लामा आफनो शाखा बिस्तार गर्ने क्रममा पूर्वको मोरङमा बुधबार शाखा गठन गरेको छ। संघका केन्द्रीय कोषाध्यक्ष शैलेन्द्र चौधरीको प्रमुख आतिथ्यमा एल.एन गच्छदारलाई अध्यक्ष पदमा सर्वसहमतिले चयन गर्दै सात सदस्य समिति रहनेगरी मोरङ शाखा गठन गरेको हो। Continue reading “थारु पत्रकार संघ मोरङ अध्यक्षमा गच्छदार”
बाराको नरहीमा दुई कोठे बर्थिङ सेन्टर
नागेन्द्र चौधरी/कलैया।
बाराको गाविस नरहीको स्वास्थ्य चौकीमा बर्थिङ सेन्टरको लागि दुई कोठे भवनको शिलान्यास गरेका छन् । गाउँ विकास समितिका बुद्धिजीवी किशोरी प्रसाद चौधरीको प्रमुख अतिथिमा उक्त भवनको बिहीबार शिलान्यास गरेका छन् । Continue reading “बाराको नरहीमा दुई कोठे बर्थिङ सेन्टर”
कैलाली, कञ्चनपुरका थारुको मागलाई सम्बोधन गर्नुपर्छ : गच्छदार
मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले राष्ट्रिय मुद्दाका विषयमा मुख्य तीन दलबीच सहमति आवश्यक रहेको बताएका छन् । विराटनगर विमानस्थलमा बुधबार पत्रकारसँग कुराकानी गर्दै उनले मुलुकको गतिरोधलाई अन्त्य गर्नका लागि तीन दलबीच सहमति भएपछि असन्तुष्ट पक्षसँग सहमति गरेर संविधान कार्यान्वयनतर्फ अग्रसर हुनुपर्ने विषयमा जोड दिए । Continue reading “कैलाली, कञ्चनपुरका थारुको मागलाई सम्बोधन गर्नुपर्छ : गच्छदार”
कुख्यात अपराधी प्रहरीको नियन्त्रणमा
नागेन्द्र चौधरी/कलैया।
वास्तवमा भन्ने भरेका छन् कि पाप धुरीबाट कराउछ यो कुरालाई बाराका प्रहरीले एक कुख्यात अपधारीलाई पक्रिएर प्रमानित गरेका छन् । जिल्ला बारा गा.वि.स.दहियार वडा नं.७ बस्ने २७ वर्षको दिनेश भन्ने सावन जैसवालले मिति २०६३ पुस ११ गते मनकामना तेल उद्योगमा कार्यरत ना.१ ख. ७६७५ नं.को ट्रक चालक अजय भन्ने अवध प्रसाद कुर्मीलाई कर्तव्य गरी फरार रहेका अपधारीलाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेका छन् ।
मृत्क चालकलाई उनकै खलासी दिनेश भन्ने सावन जयसवालले नै मिति २०६३ पौष ११ गते बिहान पौने १० बजेतिर कर्तव्य गरी मारेको थियो । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक राजेन्द्र बाबू रेग्मीका अनुसार दिनेश भन्ने सावन जयसवालले जिल्ला बाराकै गाविस बहुअरी वडा नम्बर ६ गण्डक स्थित मनकामना तेल उद्योगमा ट्रक चालक जिल्ला पर्सा गा.वि.स.मुडली वडा नं.३ घर भई हाल विरगंज उप महानगरपालिका वडा नं.१७ बस्ने ५० वर्षको अजय भन्ने अवध प्रसाद कुर्मीलाई मारेका थिए । साथै जैसवालको विरूद्वमा चालका श्रीमती ४१ वर्षकी परमा देवी कुर्मीनले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए ।
प्रहरी नायब उपरीक्षक रेग्मीका अनुसार मनकामना तेल उद्योगको कम्पाउण्ड भित्र सोही उद्योगको सामान आयात निर्यात गर्ने ना १ ख ७६७५ नं.को ट्र«कको चालक अजय भन्ने अवध प्रसाद कुर्मिलाई अभियुक्त दिनेश भन्ने सावन जैसवालले टाउकोमा रड समेतले प्रहार गरी कर्तब्य गरी मारी, मृतकको साथमा रहेको नगद नौ लाख २० हजार समेत लुटी भागी फरार रहेका थिए । त्यसैगरी ट्रक चाकललाई मारी पाँच लाख ६० हजार नगद सहित मुम्बई शहरको पनवेल पुलिस स्टेशनमा पक्राउ परी ३ महिना जेलमा बसेको ईन्टरपोलले जानकारी दिए ।
तथा अभियुक्त जैसवालले नेपाल फर्कि तराई जनतान्त्रिक मुक्ति मोर्चामा कार्यरत रही विभिन्न लुटपाट तथा चोरी कार्यमा संलग्नता रही जिल्ला प्रहरी कार्यालय रौतहटबाट डाँका मुद्दामा पक्राउ गरी १४ महिना जेल चलान समेत भएका छन् । हाल आएर अपराधिले आफ्नो अपराध लुकाउनको लागि काठमाण्डौ तथा पोखरा स्थित वडा एरियामा पेन्टिङ्ग काम गर्दै लुकिछिपी बस्दै आएको सुचनाको अाधारमा अाफूहरूले पक्राउ गर्न सकेका जिल्ला प्रहरी कार्यालय बाराले बताए ।
जिल्ला प्रहरी कार्यालय कास्कीसँग संमन्वय गरी अपराधी जैसवाललाई पोखराबाट मंसिर ०१ गते पक्राउ गर्न सफल भएका प्रहरी श्रोताले जानकारी दिए । अपराधी जैसवालले आफ्नो अपराध लुकाउनको लागी एकिन जन्ममिति भन्दा ४ वर्ष कम उमेर बनाई जिल्ला प्रशासन कार्यालय बाराबाट सावन जयसवालको नामले नागरिकता समेत बनाउन भयाईसकेका छन् । त्यसैगरी उनले अध्ययन गरेको भोला उच्च माध्यमीक विधालयमा २०६६ सालमा दिनेश जयसवाललाई गा.वि.स.को सिफारिसमा सावन जयसवाल भनि अभिलेख समेच सच्चयाई सकेका छन् ।
उक्त अपराधीलाई अावश्यक अनुसंधान गरि जिल्ला अदालतको अादेशले पुर्व पक्षका लागि विरगंज कारागार चलान गरेका जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक रेग्मीले जानकारी दिए ।
थारु समुदायमा ‘प्रभु’को प्रलाेभन
केही समय अघि जिल्लाको डुरुवामा एक चौधरी बृद्ध बिरामी परे। गाउँका स्थानीयले पुरानै ‘रित’ बमोजिम धामी झाँक्री डाक्न भने। मृतकका छोराले मानेनन्। गाउँलेले अस्पतालमा लैजान भने। उनले त्यो पनि मानेनन्। इसाई धर्मका अनुयायी उनले सख्त बाबुलाई प्रभुको शरण (चर्च) मा पुर्याए। केही दिनपछि उपचार नपाएर उनको चर्चमै मृत्यु भयो। Continue reading “थारु समुदायमा ‘प्रभु’को प्रलाेभन”
थरुहट नेता माधव थारुको उपचारका लागि सहयोगको अपिल
थरुहट तराई पार्टी नेपालका केन्द्रीय सदस्य एवं थारु कल्याणकारिणीसभा कैलालीका सचिव माधव थारुको उपचारको लागि सहयोगको अपिल गरिएको छ। काठमाडौंको न्यूरोडस्थित ट्रमा सेन्टरमा उपचाररत थारुका उपचारमा सहयोग गर्न परिवारका सदस्य, बर्दियाली थारु विकास मञ्च र थारु नगिक समाज कैलालीले सहयोगको अपिल गरेका हुन्। अपरेशनमा बढी खर्च लाग्ने देखिएपछि आर्थिक संकलन अभियान सुरु गर्नुपरेको बताइएको छ। शल्यक्रिया ट्रमा सेन्टर काठमाडौंमा हुने भएको छ। Continue reading “थरुहट नेता माधव थारुको उपचारका लागि सहयोगको अपिल”
लोकसेवामा एकैपटक ५ सय ४ शाखा अधिकृतका लागि दरखास्त आह्वान
लोक सेवा आयोगले एकैपटक ५ सय ४ शाखा अधिकृतका लागि दरखास्त आह्वान गरेको छ । ब्यवस्थापिका संसद, न्याय, प्रशासन, लेखा, लेखापरीक्षण, परराष्ट्र लगायतका सेवा र समूहहरूका लागि यत्तिको संख्यामा अधिकृत माग गरिएको हो । Continue reading “लोकसेवामा एकैपटक ५ सय ४ शाखा अधिकृतका लागि दरखास्त आह्वान”
मलेसियामा थारुहरुको ‘प्रवासी थारु सेवा समाज’ गठन
मलेसियामा बस्ने थारुहरु भेलाले ‘प्रवासी थारु सेवा समाज’ गठन गरेका छन्। भेलाले आरएन चौधरीको अध्यक्षतामा २२ सदस्यीय कार्यमसति बनाएको छ। Continue reading “मलेसियामा थारुहरुको ‘प्रवासी थारु सेवा समाज’ गठन”
एमालेबाहेकका थारू सांसदको ‘गोप्य’ भेला
नेपाली कांग्रेस, माओवादी केन्द्र, लोकतान्त्रिक फोरमलगायत पार्टीका थारू सांसदले गोप्य बैठक गरी कैलाली र कञ्चनपुरलाई ५ नम्बर प्रदेशमा गाभ्नुपर्ने अडान राखेका छन्। कैलाली र कञ्चनपुरलाई ५ नम्बरमा नराखी संशोधन प्रस्ताव संसद्मा प्रस्तुत गरिए पार्टी ह्विप उल्लंघन गरी विरोधमा उत्रने सहमति पनि उनीहरूले गरेका छन्। थारू सांसदले आइतबार माओवादी संसदीय दलको कार्यालय, सिंहदरबारमा गोप्य बैठक गरी संविधान संशोधन प्रस्तावमा आफूहरू एक ठाउँमा उभिने सहमति गरेका हुन्। Continue reading “एमालेबाहेकका थारू सांसदको ‘गोप्य’ भेला”