राजकुमार लेखी नेतृत्वको नागरिक समाजवादी पार्टीले सरकारले दर्ता गराएको संविधान संसोधन प्रस्तावको विरोध गरेको छ। उक्त संसोधन प्रस्ताव थारु, आिवासी-जनजाति, मधेसी, मुस्लिमको अधिकार नसमेटी छलछाम र उल्लु बनाउने नियत ल्याएको जारी विज्ञप्तीमा उल्लेख छ। Continue reading “उल्लु बनाउने नियतले संसोधन प्रस्ताव : राजकुमार लेखी”
Author: admin
संविधान संशोधन विधेयकलाई समर्थन गर्दैनौं : उपेन्द्र यादव
उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले संसदमा दर्ता भएको संविधान संशोधन विधेयकलाई समर्थन गर्न नसकिने बताएको छ ।सरकारले मंगलबार अबेर संसदमा सीमांकन हेरफेरसहित संविधान संशोधन दर्ता गराएको छ । फोरम अध्यक्ष यादवले आफूहरुको माग बमोजिम संशोधन दर्ता नगरेर सरकारले गल्ती गरेको बताए । संशोधन विधेयकले मधेसी मोर्चा र संघीय गठवन्धनले उठाएका कुनै पनि मागको पूर्ण सम्बोधन गरेको छैन, उनले विज्ञप्ति जारी गर्दै भनेका छन् । Continue reading “संविधान संशोधन विधेयकलाई समर्थन गर्दैनौं : उपेन्द्र यादव”
यसकारण याे संविधान असफल हुन्छ [विचार]
सीताराम चाैधरी।
प्रोसेस र कन्टेन्टमा त्रुटि
आठ÷आठ वर्षमा संविधान बनाउन हतार नहुने केही राजनीतिक दल र शासकहरुले महाभूकम्पपछि देश दुःखीरहेको बेला एकाकए छोटो बाटो अबलम्वन गर्दै फास्ट ट्रयाकको नाममा संविधान जारी ग¥यो । वर्षाको समय बाढी र पहिरोबाट आक्रान्त मुलुक, त्यसमा पनि किसानहरु वर्षदिनको धानवाली लगाउनमै व्यस्त भएकाबेला मस्यौदाउपर सल्लाह सुझावको लागि भन्दै जनताबीचमा नाटक प्रहसन ग¥यो । छोटो समयमा जनताबाट आएका लाखौंलाख सुझाव आत्मसाथ नगरी डस्विनमा मिल्काइयो । संविधानसभाको सार्वभौम अधिकारलाई अपहरण गर्दै ठूला दलका शीर्ष नेताहरुले सभासदहरुलाई आफ्नो योजना र चाहना अनुरुपको संविधानको पक्षमा हस्ताक्षर गर्न उर्दी जारी गरे । दलीय ह्वीप नमान्नेलाई कारबाहीको चेतावनी दिए, अघिपछि ठूल्ठूला कुरा गर्ने सभासदहरु ‘जसोबसो बाहुन बाजे उसैउसै स्वाहा’ भनेजस्तै उनीहरुको पक्षमा समर्थन गरे । संविधान जारी गर्ने बेलामा संविधानसभामा सुरक्षाको हवाला दिदै मार्सल अत्याधिकरुपमा थप गरियो । त्यसैगरी सशस्त्र, जनपद, अनुसन्धानका प्रहरी अधिकमात्रामा परिचालन गर्दै संविधानसभालाई प्रहरीका व्यारेक र गणजस्तै बनाएर कडा सुरक्षा घेराकाबीच संविधान जारी गरियो । संविधान जारी गरिएको खुसियाली भन्दै सेनाका तोप सलामी आतिशबाजी गर्दै बनावटी दीपावली गर्न सिंहदरमा कर्मचारीहरुलाई उर्दी जारी गरियो । आधाभन्दा धेरै जनसंख्या ओगटेको थरुहट तराई, मधेसीलगायत आदिवासी जनजाति, मुस्लिम, दलित, अल्पसंख्यक, सिमान्तकृत जाति, वर्ग, लिंग, क्षेत्रका समुदायले कालो संविधानको घोषणा गर्दै विरोधमा ब्ल्याक आउट गरे । संविधानलाई अश्विकार गर्दै संघर्षमा होमिएको आज डेढ वर्ष पुग्नै लागेको छ । संविधान बनाउने प्रक्रिया र भित्रको गुदीलाई हेर्ने हो भने छिटो संविधान संविधान बनाउने नाममा जसरी संविधान जारी गरियो यो नै प्रोसेस र कन्टेण्ट दुबैमा त्रुटि भएको मान्न सकिन्छ । Continue reading “यसकारण याे संविधान असफल हुन्छ [विचार]”
‘तारेख धाउँदैमा जीवन बित्यो’
गंगापरस्पुर ३ कटियान गाउँका ६५ वर्षीय जनकलाल चौधरीले मोहियानी हकका लागि भूमिसुधार कार्यालयमा तारेख बोक्न थालेको १२ वर्ष भइसक्यो तर अहिलेसम्म उनले हक पाएनन् । २ बिघा १७ कट्ठामा मोही रहेकोमा जग्गाधनी तयार नहुँदा जग्गा बाँडफाँड हुन सकेको छैन । उनले अझै न्याय पाउने आस मारेका छैनन् । ‘भूमिसुधार कार्यालयले मिलेर आउनुस् भन्छ । जग्गाधनीले मिल्ने कुरा गर्दैनन् । जग्गा दिनै मान्दैनन्,’ उनले भने, ‘कति वर्षसम्म तारेख धाउने हो, केही थाहा छैन । हैरान भइसक्यौं ।’ जग्गाधनीले मोहीलाई धम्क्याएर जग्गा आफ्नो हातमा पार्ने षड्यन्त्र गरिरहेको उनले बताए । Continue reading “‘तारेख धाउँदैमा जीवन बित्यो’”
दिलीप गच्छदारसहति कांग्रेसका दश राज्यमन्त्रीको नाम सिफारिस
नेपाली काँग्रेसले वर्तमान सरकारमा पार्टीका तर्फबाट पठाउने १० राज्यमन्त्रीको नामको टुङ्गो लगाएको छ । काँग्रेसले पठाउने राज्यमन्त्रीमा दीर्घराज भाट (भौतिक पूर्वाधार तथा यातायात), सीताराम मेहता (वन तथा भू–संरक्षण), कञ्चनचन्द्र वादे (उद्योग), सुरेन्द्र आचार्य (सिँचाइ), दीपक खड्का (खानेपानी तथा सरसफाइ), इन्द्र बानियाँ (संस्कृति, पर्यटन तथा नागरिक उड्डयन), मिठु मल्ल (वाणिज्य), तारामान गुरुङ (स्वास्थ्य), सुवर्ण ज्वारचन (सहरी विकास) र दिलीप गच्छदार (श्रम तथा रोजगारी) हुनुहुन्छ । Continue reading “दिलीप गच्छदारसहति कांग्रेसका दश राज्यमन्त्रीको नाम सिफारिस”
संविधान संशोधन प्रस्ताव संसदमा दर्ता [यस्तो छ प्रस्ताव]
सङ्घीय गठबन्धनले उठाएका मागलाई सम्बोधन गर्दै मन्त्रिपरिषद्को आज साँझ बसेको बैठकले संविधान संशोधनका लागि विभिन्न चार विषयमा निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले भाषा, नागरिकता, प्रादेशिक सिमाङ्कन र राष्ट्रिसभामा समानुपातिक प्रतिनिधित्वको विषयमा संविधानमा संशोधनका लागि प्रस्ताव गर्ने निर्णय गरिएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले जानकारी दिनुभयो । Continue reading “संविधान संशोधन प्रस्ताव संसदमा दर्ता [यस्तो छ प्रस्ताव]”
बाबुराम र उपेन्द्रको संयुक्त मोर्चाबन्दी, संसोधन प्रस्तावको विरोध
नयाँ शक्ति पार्टी, नेपाल र संघीय समाजवादी फोरमले संविधान संशोधन गर्दा वर्गीय, जातीय, लैंगिक, भाषिक, साँस्कृतिक, धार्मिक र क्षेत्रीय भेद्भावहरुलाई अन्त्य गरिनुपर्ने संयुक्त धारणा सार्वजनिक गरेको छ । आज नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराई र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले संयुक्त वक्तव्य जारी गर्दै संविधान संशोधनको विषयमा संयुक्त धारणा सार्वजनिक गरेका छन्। Continue reading “बाबुराम र उपेन्द्रको संयुक्त मोर्चाबन्दी, संसोधन प्रस्तावको विरोध”
राजधानीमा माघी महोत्सव मनाइने
राजधानीमा बस्ने थारु युवाहरुले यसवर्ष पनि माघी महोत्सव मनाउने भएको छ। थारु विद्यार्थी समाजका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद चौधरीको अध्यक्षतामा शनिबार बसेको बैठकले १ सय १ सदस्यीय ‘माघी महोत्सव-२०७३ मूल आयोजक समिति’ गठन गरेको छ। जसमा २५ भन्दा बढी संघसंस्था आबद्ध छन्। बैठकले महोत्सव भब्यसभ्य तरिकाले सम्पन्न गर्न विभिन्न उपसमिति पनि बनाएको छ। Continue reading “राजधानीमा माघी महोत्सव मनाइने”
सुनसरीका थारु पत्रकारहरु सम्मानित
सुनसरीको झुम्कास्थित थारु कल्याणकारी सभा भवनमा एक कार्यक्रमबीच ४ जना थारु पत्रकारसहित एक जना थारु लेखक पनि सम्मानित भएका छन्। थारु पत्रकार संघले आयोजना गरेको कार्यक्रमको प्रमुख अथिति थारु कल्याणकारिणी सभाका पूर्वअध्यक्ष रामराज चौधरी थिए। Continue reading “सुनसरीका थारु पत्रकारहरु सम्मानित”
युद्धको अन्त्य गरौं [विचार]
दिल बहादुर चौधरी।
थरुहट आन्दोलन (पहिचानको आन्दोलन) भइरहेको अहिले ठीक १० वर्ष पुग्दैछ। आज भन्दा ठीक एक दशक अगाडि ०६३ साल चैत १२ गते सेती समाचार दैनिक र चैत २५ गते थारु भाषाको पत्रिका पहुरा दैनिकमा ‘दासताबिरुद्धको महासंंग्राम’ शीर्षकमा यो पंक्तिकारको लेख छापिएको थियो। त्यो महासंग्राम अर्थात महाभारत युद्ध अहिले पनि जारी छ। कहिले अन्त्य हुने हो, थाहा छैन। तर यसको अन्त्य चाँडै हुन जरुरी छ। यदि अन्त्य चाँडै भएन भने देशको लागि राम्रो हुनचाहिं सक्तैन। Continue reading “युद्धको अन्त्य गरौं [विचार]”